७१ वर्षको कम्युनिष्ट आन्दोलनलाई ओलीले एक वर्षमै ध्वस्त बनाए
राधाकृष्ण मैनाली, वरिष्ठ वामपन्थी नेता लामो समय राजनीतिमा निस्क्रिय जस्तै हुनुहन्थ्यो, तर पछि माधव नेपाल समूहको राष्ट्रिय भेलामा जानुभयो, किन जानुभएको हो ?
पहिलो कारण त भेलामा माधवजीले अतिथिका लागि बोलाउनुभयो । उहाँले नबोलाएको भए त सायद जाँदैनथे पनि होला ।
अरु राजनीतिक कारण पनि छ कि ?
हो, ओलीजीको सारै ठुलो पेलान र विधान विपरीत, कम्युनिष्ट आन्दोलनको भावना विपरीत पिडित हुनुभयो उहाँहरु । पिडक बन्नुभयो ओलीजी । पछिल्लोचोटी ओलीजीको पिडन मैले पनि खाएकै हुँ । उत्पिडन बढ्दै बढ्दै गएर माधवजीलाई पनि निल्नु न ओकल्नुको स्थिति बनाको बेलामा उहाँहरुले जुन भेला गर्नुभयो र यो एकाधिकारवादी तथा कम्युनिष्ट आन्दोलन भन्दा बाहिरको सोच ल्याएर आफु मात्रै खाँउ, आफु मात्रै लाँउ भन्ने चिन्तन अनुसार निरंकुशता देखिने खालको शैलि ओलीजीको रह्यो र त्यसको विरोधमा उहाँहरुले आवाज उठाउनु भयो । त्यही आवाजलाई नैतिक समर्थन गर्न माधव झलनाथजीहरुको निम्तोलाई स्वीकार गर्न म त्यो भेलामा गएको हुँ ।
त्यो भेलाप्रति तपाईको बुझाई के रह्यो ?
त्यहाँ मैले राम्रो कुरा पनि पाँए । पहिले पहिले पार्टी अध्यक्षले भनेपछि कार्यकर्ताहरु नतमस्तक हुन्थे । जे भनेपनि मान्ने स्थिति थियो । विस्तारै वामपन्थी आन्दोलन भित्र पनि सहि र गलत छुट्याउने खालको र गलत भएदेखि जोसुकैले भनेको कुरो पनि नमान्ने खालको चेतनाको विकास हुन थालेछ । माधव–झलनाथजी त माथिल्लो उत्पीडनमा पर्नु भएकै थियो । तर तल्लो तहको कार्यकर्ताहरुको बिचम पनि त्यस्तो विद्रोही चेतना आएछ र पछिल्लो फागुन २८ गते ओलीजीले जे निर्णय गर्नुभयो त्यो पार्टी पद्दती विरुद्धको निर्णय थियो । यसको खिलापमा हामी उठ्नुपर्छ भन्ने आवाज ति कार्यकर्ताको बीचमा मैले पनि सुन्न पाँए । मलाई पनि खुसी लाग्यो । पहिले पार्टी लाइन विरुद्ध कार्यकर्ताहरु कुरा सुन्न चाहदैनथे । अहिले पार्टी लाइन निरंकुशतातिर गयो भने कार्यकर्ताहरु त्यो कुरालाई ठम्याएर उठ्ने चेतना पार्टीभित्र आएछ । यो राम्रो कुरा हो । यसले कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रीक आन्दोलनलाई पनि जिवित राख्न सक्छ । आन्दोलनमा केही व्यक्तिहरुको निरंकुशता हावी हुने पद्दतीलाई कमजोर बनाँउछ । त्यसकारण म त्यहाँ गएको हुँ ।
नेपालमा तत्कालिन दुइ कम्युनिष्ट पार्टीबीचको एकताले वृहत रुपमा कम्युनिष्ट एकताको ढोका खोलेको बेला पछिल्लो पटक अदालतको फैसला र केपी ओलीको नेतृत्वमा भएको पछिल्लो गतिविधीलाई कसरी हेर्नुभएको छ ?
जुनबेला दुइनेता प्रचण्डजी र ओलीजीको चोचोमोचो मिलाएर उहाँहरुले जसरी एकता गर्नुभयो, मैले त्यतिखेर नै यो पार्टी एकता भएन, सैद्धान्तिक खालको एकता होइन, सो त सत्तामा जाने सिंढी मात्रै भयो भनेको थिँए । त्यतीखेर मेरो कुरा सुन्ने पक्षमा कोही पनि थिएनन् । यसो हेर्दा बाहिर एकताको नारा बडो मिठो देखिए पनि भित्र एकताका सैद्धान्तिक प्रक्रियाहरु केही पनि थिएनन् । मैले त्यतीखेर स्वय् प्रचण्डलाई पनि उधारोमा कुनै काम नगर्नुस्, सत्तामा जाने सिढिंको रुपमा ओलीजीले प्रयोग गर्नुहुन्छ भन्ने आशयले मैले प्रचण्डलाई भनिदिएको थिँए । तर उहाँलाई पनि ओलीजीको स्वास्थ्यकै हिसावले पनि भोली गएर मेरै हालीमुहाली त्यहाँ हुन सक्छ भन्ने कोणबाट पनि उहाँको मनमा विजारोपण रह्यो होला । ओलीजीको मनामा त एकताको नाँउमा प्रचण्डलाई नल्याइकन आफु सरकारमा जान नसकिने, सरकारमा जाने भन्दा अर्को पार्टी एकताको कुनै आशय ओलीजीमा छँदै थिएन । त्यसैले दाृउपेचमा प्रचण्डलाई ल्याएर नजिक राख्नुभयो । कहिले झलनाथजीलाई घोच्ने, कहिले माधवजीलाई घोच्ने, कहिले वामदेवलाई उचाल्ने, कहिले प्रचण्डलाई नै नजिक ल्याउने खेल गर्दै विभिन्न तिकडमहरु प्रयोग गरेर अगाडि जाने शिलशिलामा उहाँले पार्टी एकता होइन, सत्तामा जाने सिढी मात्र बनाएको कुरा त पुष्टी नै भैसक्यो । पार्टी एकता हुनु राम्रो कुरा थियो । तर साँचीकै सैद्धान्तीक एकता हुनुपथ्र्यो । त्यही नभएकै कारणले अहिले दुई तिहाइको सरकार गिर्ने खतरा पनि छ । नेकपा त फुट्यो फुट्यो । हिजोको नेकपा एमाले र नेकपा माओवादी गरी दुइ ठाँउमा त उभिए नै । ओलीजीको गलत महत्वकाँक्षाका कारणले नै नेकपा एमाले पनि एकै ठाँउमा बस्न नसक्ने स्थितिमा पु¥याएका छन् । भलै माधवजीहरु हामी फुट्न तयार छैनौं तर झुक्न पनि तयार छैनौं भन्नुहुन्न्छ । त्यस आधारमा उहाँहरुलाई फुट्न वाध्य बनाउने गरी ओलीजीका गतिविधीहरु अगाडि आएका छन् । स्वाभिमान राख्नुहुन्छ की स्वाभिमान गिराएर ओलीसंग जानुहुन्छ वा फुट्नुहुन्छ की जुट्नुहुन्छ त्यो त उहाँहरुको कुरा हो । तर स्वाभिमान गिराएर कुनै पनि पार्टीको नेता कार्यकर्ता हुँइदैन । त्यो कुरा उहाँहरुले कति बुझ्नुभएको छ । यसो गर्दै कम्युनिष्ट आन्दोलनलाई ठुलो संकट अर्थात ७१ वर्षको उपलव्धीलाई ओलीजीले एक वर्षको हारहारिमा ध्वस नै बनाइदिनुभयो ।
ओलीजीको मनशाय त पार्टी फटाउने नै रहेछ । मलाई त्यस्तै लाग्छ । उहाँलाईजम्मै फुटाएर एक्लै गएँ भने पनि मलाई आम जनताले फेरी दुइ तिहाइ दिन्छन् भन्ने भ्रम दिमागमा परेको देखिन्छ । त्यो गाँजडीको भ्रम जस्तो हो । हिजो मैले एक्लै दुइतिहाई ल्याए भन्ने अर्को भ्रम पनि उहाँलाई छ ।
अब हुने चुनाव उहाँले पालेको भ्रम जस्तै होला कि कस्तो आकलन गर्न सकिन्छ ?
उहाँ बुम¥याङ भएर भुँइमा लड्नुहुन्छ । सबैलाई सिध्याएर एक्लै जनतामा गएर दुईतिहाइ आउने स्थिति त पक्कै बन्दैन । एकातिर सरकार चुनावमा जाने नै स्थिति सजिलो छैन । गइ हाल्यो भने पनि सबैलाई फुटाएर एक्लै जानुभयो भने चुनावमा खैरियत रहँदैन । उहाँलाई लागेको भ्रम के हो भने म एक्लै गए भने पनि जनताले पत्याउँछन् भन्ने छ । किन जनताले पत्याउँछन् ?दुई तिहाई दिएर उहाँलाई पठाँउदा त केही लछारपाटो लाउनु भएन, उल्टै पार्टी तहशनहस पानुभयो भने भोली फेरी फेरी दुइ तिहाइ र सामान्य बहुमत उहाँलाई कुन मुखले दिन्छन् , किन दिन्छन् ? उहाँले के गर्नुभयो, के गर्न नसकेर कुन कारणले फेरी बहुमत लिनको निम्ति जनतामा जानुहुन्छ ? त्यो त कुनै कारण प्रष्टिएको छैन । उहाँले संविधानमा नै अवरोध देख्नुभयो भने किन अवरोध देख्नुभयो ? खाली दाउपेचका कुरा मात्र गनुभएको छ । सत्तामा बस्ने, दाउपेच खेल्ने भन्दा बाँकी राजनीतिक धार उहाँले केही देखाउनुभएको छैन ।
यसको अर्थ के पी ओली कम्युनिष्ट पार्टीलाई विसर्जनको दिशातिर मात्र लैजान उद्यत देखिनुहुन्छ ?
हो । उहाँ जनतामा जाने नाममा कम्युनिष्ट पार्टीलाई विसर्जनको दिशातिर लाँदै हुनुहुन्छ । देशको प्रजातान्त्रिक आन्दोलनलाई संकटमा पार्दै हुनुहुन्छ । देशको अहिले भइराखेको संविधानलाई प्रजातान्त्रिक तरिकाले सुधार गर्ने होइन ध्वंस गर्ने बाटोमा जाँदै हुनुहुन्छ । यसले देशलाई सााँचै ठुलो संकटमा लाँदैछ भन्ने कुरा मलाई लागिरहेको छ । त्यो संकटलाई बचाउन नेकपा एमालेभित्रै रहेका नेताहरुले कति सक्नुहुन्छ । अहिले काँग्रे पनि दाउपेचमा लागेको छ । मधेसी दल पनि दाउपेचमा छ । अलि अलि दाउपेचमा त प्रचण्डजीहरु पनि हुनुहुन्छ । ओली पनि दाउपेचमा छन् । पोलिटिक्स होइन दाउपेचको घेराभन्दा परतिरको आधार आएन । त्यसैले देश संकटमा गयो । राजनीतिक धारमा गएन ।दाउपेचको पोलिटिक्सले देश जहिले पनि संकटमा पर्छ । यो संकट टार्ने भुमिकामा उहाँ देखिनुभएन ।
जेलमा र बाहिर पनि केपी ओलीसंग लामो संगत गरेको आधारमा भन्दा उहाँको काम गराई पहिले पनि यस्तै जिद्दी स्वभावको थियो कि ?
वालपन देखि नै उहाँ काम ठग खालको मान्छे । काम गरें भन्ने नगर्ने । ठुला कुरा गर्ने तर कामबाट पन्छिने उहाँको स्वभाव पहिलदेखिकै हो । पर्चा छरें भन्ने नछर्ने । भित्ते लेखन गरें भन्ने नगर्ने । संगठन बनाए भन्ने तर नबनाउने । यस्तो खालको स्वभाव त झापा आन्दोलन ताकाकै थियो । जिम्मेवारी लिने तर पुरा नगर्ने स्वभाव उहाँकै थियो । त्यही भएर उहाँ आन्दोलनमा टिक्न नसकेर आन्दोलनभन्दा बाहिर गएर उहाँ भारतमा मजदुरी गर्न पनि पुग्नुभयो । पछि फर्किएर आँउदा पक्राउ पर्नुभयो । त्यतीबेलाको निरंकुश शासकले उहाँलाई झापाकै मुद्दा लगाइदियो । त्यस अर्थमा उहाँ झापाली समुहमा जोडिनुभयो । झापा विद्रोहमा साथ दिएर गतिविधी गरेर एउटा क्रान्तिकारी योद्धाको भुमिका पुरा गरेर उहाँ झापा आन्दोलनको नेता भएको होइन । त्यहाँ पनि उहाँको कामचोर प्रवृती नै थियो । जेलमा त केही गर्नु परेन । जेलमा नै उहाँले कुनै खुरापाती गर्नुभयो भन्ने त केही आधार छैन किनकी त्यहाँ राजनीति गर्ने ठाँउ नै हुँदैनथ्यो । बस्ने र खाने मात्र हो । आफ्नो स्वास्थ्य कसरी बचाउने भन्ने मात्र हो । बाहिर आएपछि उहाँको त्यही प्रवृती बढ्दै गयो । महाकाली सन्धी पछाडी त्यो प्रवृतीले अरुलाई मौलाउनै नदिने पििस्थति सिर्जना ग¥यो । उहाँको पार्टीगत पा्ेजिशनलाई पनि गुटगत रुपले उठाउदै लानुभयो । स्वार्थगत रुपले उठाँउदै लानुभयो । आफ्नो पहिलेदेखिका साथीहरुसंग अंगालो हाल्ने होइन तिनलाई छिर्के हानेर लडाउदै जानुभयो । अन्तीममा माधवजीले नै काखी च्यापेर उहाँलाई नेता बनाउनुभयो । शायद त्यतीखेर ओलीजीलाई माधवजीले काखी नच्यापेको भए यो स्थानमा भएर कम्युनिष्ट आन्दोलनलाई यो संकटमा पु¥याउन सक्ने ठाँउमा हुनुहुन्न्नथ्यो । माधवजीले अनावश्यक रुपले काखी च्याप्नु भएपछि पछिल्ला दिनमा गुरु भन्दा बढी चेलो जान्ने भयो । माधवको गुट भन्दा ओलीको गुट ठुलो भयो । दुगुण चाँही उहाँले माधवजीबाट पनि सिक्नुभयो । सद्गुण उहाँ आफुले विकास गर्न सक्नुभएन । कमिटीमा स्तर त बढ्यो तर क्षमता बढेन । उहाँले क्षमता कहिल्यै विकास गर्नुभएन । उही गाँउले दाउपेच खेल्ने क्षमता भन्दा माथी उठेर सबैलाई समेटेर देश र दुनियाको हितमा लाग्ने र समर्पीत हुने चिन्तन उहाँमा पाइएन । निजी र गुटगत स्वार्थ र दलाल–पुँजीपतिहरुसंग संगत गर्ने स्वाथमा उहाँ बसिभुत हुनुभयो । त्यही गलत मनशाय उहाँबाट अहिले पनि प्रकट भइरहेको छ । त्यसले माधवजीलाई पनि पिडा दियो । देशको कम्युनिष्ट आन्दोलनलाई पनि पिडा दियो । संविधानलाई पनि संकटमा पारेको छ ।
अबको सत्ता समिकरणबारे तपाईको बुझाई कस्तो छ नि ?
अब ओलीजीले सरक्क छोडेर बाहिर आए एउटा अर्थ हुन्थ्यो । उहाँ त्यसो गर्न तयार त हुनुहुन्न । अनेकौं जुक्ति लगाएर सरकारमा बसिरहने, जागिर खाइरहने अनि डन्डी चलाइरहने , यो नै आफ्नो शान ठान्नुभएको छ । उहाँलाई अहिले पनि यो दुनियामा सबैभन्दा बेसी जनताको हितको काम मैले नै गरेको हुँ भन्ने भ्रम छँदैछ । यो अवस्थाले उहाँ जति सरकारमा बस्नुहुन्छ, त्यती नै उहााले आफ्नो व्यक्तित्व पनि खुम्च्याउनुहुन्छ । कम्युनिष्ट आन्दोलनलाई पनि संकटमा पार्नुहुन्छ । संविधानलाई पनि संकटमा पार्ने र राजनीतिक संकटको सिर्जना गर्न उहाँ चाहिरहनुभएको छ । त्यसलाई सुधार्ने कुरामा उहाँ लाग्नुहुन्न । देशको राजनीतिक दाउपेचको चक्करले मुलुकमा राजनीतिक संकट देखा पर्दैछ । ओलीको किल्पमा अर्को सरकार बन्यो भने यो संकटबाट मुलुक अघि बढ्थ्यो । त्यो दृष्य पनि प्रष्ट ढंगले अघि आइराखेको छैन । आँउछ कि भन्ने आशा राख्ने र ओलीको सरकारको विकल्प आइदेओस् भनेर चाहना राख्ने मान्छेहरु धेरै छन् ।ओली सरकारको विकल्प छिट्टै बनाउन सकेनन् भने जति ढिलो हुन्छ, त्यती देशमा राजनीतिक संकट गहिरिन्छ ।
यस्तो संकट र अन्यौलको बीचमा राष्ट्र प्रमुख अर्थात राष्ट्रपतिको भुमिका सहयोगी र अविभावकीय हुनुपर्नेमा एकपक्षीय भयो भन्ने गुनासो छ, तपाँइलाई के लाग्छ ?
राष्ट्रपति र प्रधानमन्त्री संस्थागत रुपले दुइवटा महत्वपुर्ण पद हुन् । दुइवटा कै महत्वपुर्ण जिम्मेवारी छ । तर राष्ट्रपतिको भुमिका भनेको प्रधानमन्त्री केपी ओलीजीको निजी कार्यकर्ता भन्दा माथिको हैसियत देखिएन । राष्ट्रपतिको हिसावले उहाँ सम्मानीत मान्छे हो तर कामको हिसावले उहाँ ओलीजीको कार्यकर्ता हुनुभयो । जसले गर्दा उहाँको पदिय दायित्व उहाँले भुल्नुभयो । पदीय दायित्व पुरा गर्न सक्नुभएन । त्यसले गर्दा उहाँ संविधानको संरक्षक पनि हुनुभएन । जसले गर्दा देशि विदेशी शक्तिले पनि विश्वासको केन्द्र बनाउने भन्दा पनि पदीय मर्यादा राख्ने मात्र कुरो अगाडि आयो ।
ओलीले महाधिवेशन समिति गठन गरेको भनिएको छ, उहाँले महाधिवेशन गराउनुहोला भन्ने लाग्छ त ?
न उहाँले चुनाव गराउनुहुन्छ, न महाधिवेशन । वाश्तवमा महाधिवेशन नै गराउनुथियो भने माधवहरु सबैलाई राखेर महाधिवेशमा जाँउ भन्न किन सक्नुभएन । महाधिवेशनको नाँउमा झलनाथ, माधव र वामदेवहरुलाई लखेट्ने मात्र कुरा हो ।
काम गरें भन्ने नगर्ने । ठुला कुरा गर्ने तर कामबाट पन्छिने उहाँको स्वभाव पहिलदेखिकै हो । पर्चा छरें भन्ने नछर्ने । भित्ते लेखन गरें भन्ने नगर्ने । संगठन बनाए भन्ने तर नबनाउने । यस्तो खालको स्वभाव त झापा आन्दोलन ताकाकै थियो । जिम्मेवारी लिने तर पुरा नगर्ने स्वभाव उहाँकै थियो । त्यही भएर उहाँ आन्दोलनमा टिक्न नसकेर आन्दोलनभन्दा बाहिर गएर उहाँ भारतमा मजदुरी गर्न पनि पुग्नुभयो । पछि फर्किएर आँउदा पक्राउ पर्नुभयो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply