30th May 2020, Saturday

E-budhabar
Header Right Side NTC Advertisement

पेलेर जाने कि सहमतिमा ?

पेलेर जाने कि सहमतिमा ?

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएको हिजो अर्थात् वैशाख ३ गते ठीक ११ महिना पूरा भएको छ । गत जेठ ३ गते जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिको अवसरमा पार्टी एकता घोषणा भएको थियो । यो एकतालाई आगामी वैशाख ९ गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसर पारेर पूर्णता दिनेगरी पछिल्लो समय छलफललाई तीव्रता दिइएको छ । तर, यसअघि सचिवालयले बनाएको विधि र मापदण्डभित्रै रहेर एकता प्रक्रिया टुंगो लगाउने कि आफूखुसी भन्ने विवादबीच शीर्ष नेताहरूमा कुनै सहमति जुट्न सकेको छैन ।
अध्यक्ष केपी ओली अर्का अध्यक्ष पुष्पकमल दाहालको साथ लिएर विगतको मापदण्डविपरीत एकता प्रक्रिया टुंगो लगाउने कसरतमा छन् भने वरिष्ठ नेता नेपालले मापदण्ड मिच्न नहुने अडान छाडेका छैनन् । सोमबार पनि अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरे । त्यहाँ उनले मापदण्डमा लजिलो भइदिन नेपाललाई आग्रह गरेको तर नेपालले मापदण्डभन्दा बाहिर जाने कुरामा आफू सहमत नहुने अडान राखेपछि नेता नेपाललाई पेलेरै जाने गरी एकताको तयारी भइरहेको बालुवाटर स्रोतले जनाएको छ । त्यसो त वरिष्ठ नेता नेपालसँग छलफल गर्नुअघि अध्यक्षद्वयले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापालाई चन्द्रागिरि लिएर आवासीय छलफल गरेका थिए । त्यसअघि सचिवालयका सदस्य वामदेव गौतम, ईश्वर पोखरेललगायतसँग पनि अलगअलग छलफल गरेका थिए । जुन छलफलमा नेता गौतमले नेपालसँग छलफल नगरी र उहाँलाई पनि सहमतिमा नल्याई गरिने एकताको कुनै अर्थ नरहने बताएका थिए । तीन नेता मिले कुनै समस्या नआउने भन्दै उनले अरूलाई बोलाएर छलफल गर्नुको पनि तुक नभएको जवाफ दिएका थिए । विमारीका कारण करिब एक सातदेखि आराम गरिरहेका नेता नेपालसँग सोमबार बिहान र बेलुकी दुई समय छलफल भए पनि कुनै सहमति नजुटेको बताइन्छ ।
पार्टीलाई एकताबद्ध भएर मिलाएर लैजान अहिले सबै स्थिति सहज छ । पार्टीभित्रको शक्ति केन्द्रका हिसाबले नेकपामा मुख्य तीन नेता हुन् । हिजो तत्कालीन एमालेको नवौं महाधिवेशनमा चुनावबाट निर्वाचित भएर आएको शक्ति र दाहाल नेतृत्वको एमाओवादीबीच एकता भएर नेकपा भएको हो । एमालेमा निर्वाचन हुँदा ओली र नेपाल नेतृत्वका दुईवटा पोलबीच भएको हो । त्यो हिसाबले यी दुवै एउटा एउटा पोलका नेता हुन् भने दाहाल अर्को पोलका नेता हुन् । यो स्थितिमा कुनै दुई नेता मिलेर कुनै एक लाई सिध्याउँछौं भन्ने हो भने त्यसले पार्टीलाई विग्रह र विवादतिर लैजान्छ ।
यदि यस्तो गरियो भने यसको प्रभाव के हुन्छ ? भन्ने कुरा मूलतः नेतृत्वले ख्याल गर्नुपर्ने हुन्छ । हिजो एमालेमा हुँदा अधिवेशन भएका ५६ मध्ये ३६ जिल्लाको नेतृत्व वरिष्ठ नेता नेपाल पक्षले जितेको थियो । तर अध्यक्ष ओलीले तयार गरेर नेता नेपालले थाहा नपाई सुटुक्क दाहाललाई बुझाएको सूचीमा दुई जिल्ला अध्यक्ष मात्र नेपाल पक्षकालाई प्रस्ताव गरिएको छ । त्यो पनि दोलखामा भीम दाहाल सर्वसम्मत भएकाले काट्ने कुरै भएन, अर्का एकजना सिन्धुपाल्चोकमा झम्क नेपाल ।
यदि यसरी एकतालाई अघि बढाइयो भने कार्यकर्ताको यो ढंगको कत्लेआम भएको अवस्थामा नेताको हिसाबले पनि नेपालले टुलुटुलु हेरेर बस्लान् भन्ने आशाा गर्न सकिन्न । त्यो बेला समानान्तर कमिटी बनाउनुपर्ने उनको बाध्यता हुन्छ । त्यसपछि पार्टीभित्रैबाट नेताको र त्यसपछि सरकारको विरोध सुरु हुने कुरामा शंका छैन । अनि यसैमा अल्झिएर सारा दुनियाँ हाँस्ने र हँसाउने काम हुन्छ । भाँडभैलो सुरु हुन्छ । यसमा नेतृत्वले विवेक गुमाउनुहँुदैन । अहिले पनि सबै काम आखिर अध्यक्षद्वय ओली र दाहालकै नेतृत्वमा भइरहेकै छ । पार्टीलाई एकताबद्ध बनाएर लैजाँदा त्यसको जस लिने उहाँहरूले नै हो । त्यसैले पार्टी र मुलुकको हितका खातिर पनि ओली, दाहालले उदारता देखाउनैपर्छ ।
पेलेरै जाने हो भने उहाँहरूले सक्नुहुन्छ । पेलेर जाने संख्या उहाँहरूसँग छ । प्रदेशमा कमिटी निर्माण गर्दा पनि नेता नेपालको असन्तुष्टिका बाबजुद अध्यक्षद्वयले पेलेर गरेका हुन् । तर आखिर त्यसको परिणाम अहिले देखिन थालिसकेको छ । यत्तिका समय भइसक्दा पनि प्रदेश कमिटी चलायमान हुन सकेका छैनन् । त्यो गल्ती फेरि नेतृत्वले दोहो¥याउनुहँुदैन । त्यो गल्ती दोहो¥याउनु भनेको देश, जनता र पार्टीलाई भड्खालोतिर लैजानुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

  • प्रदेश प्रमुखकसँग राष्ट्रपति रुष्ट

    काठमाडौं । संवैधानिक भूमिका र पदीय मर्यादालाई बिर्सिंदै राजनीतिक दलका प्रमुखको निवासमा पुगेर मागपत्र पेस गरेको सूचना पाएपछि राष्ट्रपति विद्या भण्डारी प्रदेश प्रमुखहरूसँग रुष्ट भएकी छन् । प्रदेश प्रमुखहरूको त्यस्तो कदमले लज्जाबोध गराएको भन्दै संविधानविद्ले चिन्ता व्यक्त गरेका छन् भने आमनागरिकसमेत आक्रोशित भएका छन् । प्रसंग गत २ गतेको हो...
  • रोकिएन हायातको मनपरी

    काठमाडौं । २७ वर्षअघि अर्थात् २०४९ सालदेखि आफूखुुसी गर्दै आएको तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको मनपरी अझै रोकिएको छ । होटलले फेरि आफूखुसी सम्पत्ति तथा दायित्व मूल्यांकन (डीडीए) गराउने चलखेल सुरु गरेको छ । घाटा देखाउँदै नेपाल सरकारको लगानी ३९.६७ प्रतिशतबाट घटेर ९.०१ प्रतिशत घटाएको हायातले फेरि चलखेल सुरु गरेको हो...
  • दलाली गर्दै, पुरस्कार दिँदै

    काठमाडौं । साहित्यका नाममा दलाली गर्नेहरूको हामीकहाँ कमी छैन । लामो समयदेखि विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूलाई प्रभावमा पारेर साहित्यकै नाममा दलाली गर्दै आएको नइ प्रकाशनले राखेका विभिन्न पुरस्कारहरूको स्रोतहरू के हुन् भन्नेचाहिँ अहिलेसम्म गुपचुप नै देखिन्छ । नरेन्द्रराज प्रसार्इं र इन्दिरा प्रसाईंले दुई दशकअघि स्थापना गरेको नइ प्रकाशनले हरेक व्यवस्था...

चक्रपथ

बीजकोयाका हाकिमको यो हर्कत

काठमाडौं । प्रजनन पिँढी बीजकोया स्रोत केन्द्र बन्दीपुर तनहुँका हाकिम शंकरप्रसाद न्यौपानेको चर्तिकलाले सीमा नाघेको छ । अवकाशको केही महिना बाँकी रहँदा वरिष्ठ बाली संरक्षण अधिकृतको हैसियतमा रहेका उनले अनियमिता र भ्रष्टाचारको शृंखला नै चलाएको भन्दै सर्वत्र गुनासो आएको छ । माहुरी, च्याउ, रेशम खेतीलगायत बालीको विकास, विस्तार र अनुसन्धानसमेतको...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

‘गीता’ को राजनीति

कुनै वैचारिक मुद्दाका आधारमा नभई व्यक्तिगत टकरावको उत्पत्ति हुँदा विभाजनको पीडा झेल्ने नेपालका सीमित राजनीतिक दलमा पूर्वपञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीले बदनामी कमाउँदै आएको छ । विभाजन र एकताको अनेक अभ्यास गरिसकेको सो पार्टी पछिल्लो समय फेरि एकताको सूत्रमा बाँधिएको छ । पछिल्लो समय तीन समूहमा विभाजित राप्रपा केही दिनपूर्व...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

फरक स्वरध्वनि

तीन दशकयता कविता–कर्म र साधनामै व्यस्त छन्, वीरु बाङ्देल । सिक्किमका बासिन्दा बाङ्देलले नेपाली भाषामा उम्दा काव्य सिर्जना गरेर पृथक पहिचान बनाउँदै आएका छन् । कवितालाई नै लेखनको मूल विषय बनाएका उनले आजको समाज र राजनीतिक परिस्थितिहरूको भित्री यथार्थको अभिव्यक्ति धेरै नै प्रभावशाली ढंगले पस्किँदै आएका छन् । उनको पछिल्लो...
पूरा पढ्नुहोस्

छोटकरीमा

  • चिरायुको कर्जा फाइल किन गायब ?

    काठमाडौं । पदीय दुरुपयोगको चरम नमुना हेर्नुपरे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले आफू पदमा रहँदा गरेका अनियमित कार्यहरू हेरे पुग्छ । विगतमा आफूले गरेका अनियमित कार्यहरूबाट सफाइ पाएको दाबी सिवाकोटीले गरे पनि कतिपय कसुरमा भने उनीमाथि कारबाही भएको छैन । डेपुटी गभर्नर भएपछि सिवाकोटीले चिरायु अस्पतालको कर्जा प्रवाह...
  • म्याट्रेस खरिदको १५ करोड फ्रिज हुने खतरा

    काठमाडौं । सरकारले दिएको पैसा समयमा नै खर्च गर्न नसक्दा नेपाल प्रहरीको म्याटेस खरिदका लागि छुट्याएको १५ करोड ४० लाख रुपैयाँ फ्रिज हुने अवस्था देखिएको छ । आर्थिक वर्ष सकिन अब चार महिना मात्र बाँकी छ । यो चार महिनामा नेपाल प्रहरीले खरिद गर्न सक्ने अवस्था नरहेको बताइन्छ । यो...
  • मुद्दती खाताको परिचय नै फे¥यो एनआईसीले

    काठमाडौं । एनआईसी एसिया बैंकले मुद्दती खातामा उच्च ब्याजदर सँगै २१ लाख रुपैयाँसम्मको बिमा सुविधा पनि दिँदै आएको छ । सर्वाधिक उच्च ब्याजदर पाइने खाताका रूपमा चिनिएको मुद्दती निक्षेप खातामा एनआईसी एसिया बैंकले न्यु सुपर चामत्कारिक मुद्दती निक्षेप खाता खोलेकै आधारमा बिमा सुविधा पनि थप गरेको हो । यसअघि विभिन्न...