22nd July 2019, Monday

एक वर्षअघि उठेका प्रश्न र अहिलेको वास्तविकता



एक वर्षअघि उठेका प्रश्न र अहिलेको वास्तविकता

गएको वर्ष नयाँ वर्षारम्भ गर्दा हामीले कर्णालीको राराबाट विद्यालय भर्ना अभियानको आरम्भ गरेका थियौं । त्यतिखेर मेरो मनमा प्रशस्तै प्रश्नहरू उठिरहेका थिए ।
–यी स–साना नानीहरूका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल कसरी बनाउने ?
–सुत्केरी व्यथालागेका यस्तै भूभागका आमाहरूलाई बचाउने पर्याप्त मानवीय र भौतिक संसाधनको जोहो कसरी गर्ने ?
–कर्णाली नदी र त्यससँगै गडगडाउँदै बगिरहेका अरू नदीहरूबाट बत्ती निकाली गाउँ÷बस्तीको अँध्यारो कसरी भगाउने ?
–सिँचाइको अभावमा बाँझै रहेका यहाँका खेतबारीलाई हरियाली कसरी बनाउने ?
–अर्काेतिर म सोच्दै थिएँ, भर्खरै स्थापित संघीय शासन व्यवस्थाको जग कसरी बलियो बनाउने ? ‘मुलुक बन्दैन, काम हुँदैन’ भन्ने नकारात्मक भावलाई ‘काम पनि हुन्छ–हाम्रै जीवनकालमा नेपाल समृद्ध बन्छ’ भन्ने विश्वास कसरी जगाउने ?
–आज हामी यस्ता प्रश्न गर्ने स्थितिबाट, प्रगति सुनाउने अवस्थामा आइपुगेका छौं । राज्यमा रहेको चरम बेथितिलाई क्रमशः प्रणालीगत स्थायित्वमा विकसित गर्ने तहमा हामी पुगेका छौं । संविधानअनुरूपको कानुन निर्माण गरी, कानुनबमोजिमको संरचनाको परिचालन गर्ने तहमा हामीहरू आइपुगेका छौं ।
संकेतमा भनौं,
–संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले हालै प्रकाशित प्रतिवेदन ‘अ वल्र्ड रेडी टु लर्न’मा पूर्वप्राथमिक शिक्षामा नेपालको विद्यार्थी भर्नादर ८६ प्रतिशत रहेको र यो विश्वमै अगाडि भएको उल्लेख गरेको छ ।
–लगानीका लागि भरपर्दो वातावरण हेरी हालै सम्पन्न लगानी सम्मेलनमा उपस्थित अन्तर्राष्ट्रिय वित्तीय संस्थाका अधिकारीहरूले नेपाललाई दक्षिण एसियाको उदाउँदो अर्थतन्त्र (राइजिङ स्टार) भनेका छन् ।
–विश्वका विभिन्न मुलुकले नेपालको शान्ति प्रक्रिया र प्रतिस्पर्धामा आधारित हाम्रो सहभागितामूलक शासन पद्धतिलाई प्रेरणादायी र अनुकरणीय मानेका छन् ।
–मिश्रित निर्वाचन प्रणालीबाट स्थीर र बलियो सरकार निर्माण हुनुलाई नेपालीहरूको सुझबुझपूर्ण निर्णय र विकास प्रतिको तीव्र भोकका रूपमा लिएका छन् ।
–मैले धेरैचोटि दोहो¥याएको छु, संघीयता हाम्रा लागि बिल्कुल नयाँ अभ्यास हो । सञ्चालनमा चुनौती छन् । तर, यस शासन प्रणालीको सबै तहका सरकारहरू अहिले व्यवहारबाट सिक्दै, कमीकमजोरीलाई चिर्दै अघि बढ्दै छन् ।
हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र जगैबाट उठ्दै छ, आफ्नै भूमिमा उम्रिएको यो टुसा हुर्किंंदै छ । मुलुकको आर्थिक राजनीतिक रूपान्तरणको यस प्रक्रियामा धैर्यतापूर्वक संलग्न हुने र यसलाई संस्थागत र कामकाजी बनाउन सघाउने सबैलाई म शुभकामना तथा बधाई दिन्छु ।
–गत चुनावमा नेपाली जनताले स्थायित्व, शान्ति र विकासको पक्षमा मतदान गरे । त्यसैले हामीले गएको एक वर्ष शान्ति, विकास र समृद्धिको नीतिगत, कानुनी र संरचनागत जग बसाल्न खर्चियौं । अब, त्यही जगमा उभिएर विकास र समृद्धिको यात्रा तीव्र गतिका साथ अघि बढाउँछौं । हामीले हाम्रा सम्पूर्ण स्रोत, साधन र प्रयासहरू यसैमा खर्चेका छौं । तर आफ्नो मात्रै स्रोतसाधनबाट हाम्रा आकांक्षाहरू पूरा गर्न सम्भव नहुने भएकाले नै मित्रहरूसँगको सहकार्य खोजी गरेका हौं । त्यसै खोजीको सुरुवात लगानी सम्मेलनबाट ग¥यौं, जसले बाह्य पुँजी र प्रविधि आमन्त्रण गर्न मद्दत पु¥याएको छ । यसपछिको अभियान, सक्षम जनशक्ति र किटान गरिएको लक्ष्यसहितको कामबाट अघि बढाइनेछ ।
–कसैले निराशा पोख्न सक्छ–‘यो एक वर्षमा के नै भयो र ?’ जिज्ञासु सबैलाई आग्रह गर्छु, आउनुस् हामी प्रश्न गर्ने तरिका नै फेरौं । सरकारलाई यसरी प्रश्न गरौं–यो वर्ष के–के भए ?
–यो वर्ष विधि निर्माणको वर्ष हो भनिएको थियो, कति कानुन बने ? कति संशोधन भए ?
–कति किलोमिटर बाटो कालोपत्रे भयो ? कतिवटा पक्की पुल निर्माण गरियो ?
–तुइन विस्थापन गरी पुल बनाउँदा के फाइदा भयो ?
–पूर्व–पश्चिम रेलमार्गको डीपीआर त तयार भएछ, लिग बिछ्याउनेकाम चाहिँ कहिलेबाट सुरु हुन्छ ?
–पानीजहाज कार्यालय खुलेछ, सतह–जल यातायात कहिले र कहाँबाट चल्छ ?
–पहिले नचलेका कतिवटा विमानस्थल अहिले सञ्चलनमा आए ?
–नेपाल भ्रमण वर्ष मनाइँंदै छ, नेपालसँग अहिले आफ्नै हवाईजहाज कतिवटा छन् ?
–नयाँ युगको सुरुवातका रूपमा थालिएको सामाजिक सुरक्षा कार्यक्रमले नागरिकको जीवनमा कस्तो प्रभाव पा¥यो ?
आजैबाट सुरु हुने जेष्ठ–नागरिक स्वास्थ्य बिमा कार्यक्रमले हाम्रा आमा–बाबाहरूलाई के लाभ दिन्छ ?
–‘खोलौं बैंक खाता’ कार्यक्रम के हो ? यसले कसरी फाइदा पु¥याउँछ ?
–काम र रोजगारीको अभियान कहाँ पुग्यो ? प्रधानमन्त्री रोजगार कार्यक्रमले जनतालाई कसरी लाभ दिने भयो ?
–‘नेपालको पानी, जनताको लगानी’बाट देशलाई र स्वयं सेयर किन्ने व्यक्तिलाई के–कति लाभ हुन्छ ?
–छिमेकी मित्रराष्ट्रका साथै संयुक्त राष्ट्रसंघको महासभा र विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा भएको हाम्रो सहभागिताले मुलुकले के–के लाभ पाएको छ ?
मित्रहरू,
–अबको नेपाली समाजको मूल प्रवृत्ति शान्ति, एकता र विकास हो । विकासका लागि सरकार के गर्दै छ त ? म ठान्दछु, आज नखोजिए भोलि, भोलि नखोजिए पर्सि, यी प्रश्नहरू आफैं उत्तर बनेर जनताको जीवनमा आउनेछन् । हाम्रा कामहरूले आफ्नो जीवनमा ल्याएको परिवर्तन जनताले स्वतः महसुस गर्नेछन् । प्रश्न सोध्नेका लागि सरकार तथ्यतथ्यांकसहित जवाफ दिन तयार छ ।
–हाम्रो राष्ट्रिय आकांक्षा–‘समृद्ध नेपाल, सुखी नेपाली’को केन्द्रबिन्दु जनता र धर्ती (पिपुल र प्लानेट) हो । जनताको जीवनलाई सहज र सुखी बनाउने र हामी रहने धर्तीलाई सुरक्षित राख्ने ।
–समृद्धि सुखको आधार हो । सुख भनेको न्यायोचित जैविक र मानवीय आवश्यकताहरूको सहज उपलब्धता हो । उच्च र दिगो उत्पादन उत्पादकत्व, आधुनिक पूर्वाधार र सघन अन्तरआबद्धता, मानवीय पुँजी निर्माण तथा त्यसको पूर्ण उपयोग, उच्च र समतामूलक राष्ट्रिय आय समृद्धिको सूचक हो । समृद्धि अर्थात् सामजिक न्यायसहितको समुन्नति !
–‘सुशासन, परिष्कृत तथा मर्यादित जीवन, सभ्य र न्यायपूर्ण समाज, स्वस्थ्य र सन्तुलित पर्यावरणीय पद्धति, सबल लोकतन्त्र, राष्ट्रिय एकता र सम्मान’ ‘सुखीपन’का सूचक हुन् । हामीले थालेको रोजगारी र लगानीका विभिन्न कार्यक्रम समृद्धिका हिस्सा हुन् । सुशासन समृद्धिका लागि पूर्वाधार हो । –सुशासनको शत्रु भ्रष्टाचार हो । ‘भ्रष्ट र भ्रष्टचारका सन्दर्भमा मुखमा पानी हालेर नबोल्न भ्रष्टाचारीलाई कारबाही गर्दा त्यसको मुख नहेर्ने’ मेरो दृढ सार्वजनिक घोषणा हो । भ्रष्टाचार र अनैतिकता हाम्रो संस्कार हैन । परम्परा हैन । हामी नेपाली मिहिनेत र पसिनाको कमाइमा विश्वास गर्छौं । तामा–तुलसी छोएर वा कण्ठी समाउँदै धर्म भाकेर, वर–पिपल वा दोबाटाको चुच्चे ढुंगालाई साक्षी राखी गर्दिनँ भनेको कामकुरा नगर्ने इमान भएको जाति नेपाली हो । तसर्थ, भ्रष्ट र अनैतिक मान्छे आचरणले नेपाली होइन, हुनै सक्दैन ।
–गएको साल, बेथिति र भ्रष्टाचारविरुद्धको अभियानको वर्ष पनि रह्यो । एकपटक सोचौं त–सुशासनकै संयन्त्रभित्र रहेर अवाञ्छित कार्यमा निर्लिप्त कुनै ओहोदावाल यसभन्दा अघि यस तह र व्यापकतामा कहिल्यै छानबिनको दायरामा आएका थिए ? एक वर्ष अघिसम्म पनि, पहिलो रोजाइमा पर्ने स्थानहरू आज किन रोजाइमा परिरहेका छैनन् ? शंकाको घेरामा परेका र विगतमा अवाञ्छित कार्यमा संलग्न भनी गन्हाएकाहरू अहिले किन छटपटिएका छन् ? अनपेक्षित ढंगमा तिनीहरू
बुरुकबुरुक उफ्रिँदै किन क्रिया–प्रतिक्रिया दिइरहेका छन् ?
–नयाँ वर्षको आजको दिन म भन्न चाहन्छु, मेरो नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिँदै छ । घरजग्गा कारोबार होस् वा संगठित तस्करी, भन्सार अध्यागमनको विषय होस् वा हुन्डी कारोबार तथा विदेशी विनिमय अपचलन, नक्कली भ्याट बिल प्रकरणदेखि सबै प्रकृतिका अवाञ्छित अनुचित कामको छानबिन जारी छ । जालझेल गरेर कब्जा गरिएका सरकारी जग्गाहरू धमाधम फिर्ता गरिँदै छन्, गरिँदै जानेछन् । राज्यको सम्पत्तिमाथि अनधिकृत दोहनलाई सरकारले छुट दिनेछैन । ती कार्यको परिणामबाट परेको सकारात्मक असर सार्वजनिक नै छ ।
हामीलाई थाहा छ, भ्रष्टाचारविरुद्धको लडाइँ चुनौतीपूर्ण छ र यसले लामै समय लिन्छ । तर जुनसुकै मूल्य चुकाएर भए पनि र जति समय लगाएर भए पनि भ्रष्टाचारलाई उन्मूलन गरी छाड्ने अभियानमा म प्रतिबद्ध छु ।
–बेथिति र भ्रष्टाचारविरुद्धको यस अभियानमा सबै तह र तप्काबाट पाएको समर्थन र सहयोगप्रति म आभार प्रकट गर्दछु । यसमा सघाउने सबै अभियन्ता, सञ्चारमाध्यम र जागरुक नागरिकहरू विशेष धन्यवादका पात्र हुनुहुन्छ । यस वर्षलाई थप उपलब्धिमूलक बनाउन लागि पर्ने संकल्प फेरि एकपटक जाहेर गर्दछु ।
–समृद्धिको अर्को पूर्वाधार शान्ति हो । बितेको वर्षमा मुलुकले राजनीतिक रूपमा महŒवपूर्ण उपलब्धिहरू हासिल ग¥यो ।
–अलग देश, अलग राष्ट्रिय झन्डा, अलग राष्ट्रिय गान र अलग संविधानको अभियान चलाउँदै आएको समूहले नेपालको संविधानअनुरूप राजनीतिक क्रियाकलापमा सहभागी हुने घोषणा गर्नु सामान्य विषय होइन । यससँगै मुलुकबाट पृथकतावादको अन्त्य भएको छ भन्ने सुनाउन पाउँदा मैले सन्तोष अनुभव गरिरहेको छु ।
–अहिले विभिन्न आवरणमा सुरु गर्न लागिएको हिंसा र अतिवाद तथा त्यसमाथि आधारित आपराधिक गतिविधिलाई नियन्त्रण गर्ने राष्ट्रिय अभियान सुरु भएको छ । सबैखाले अतिवाद, अशान्ति, आतंक र गडबडीबाट मुलुकलाई छिट्टै मुक्त गराइनेछ । लामो द्वन्द्व र सब्क्रमणकाल अन्त्य गरेर बल्ल स्थायित्वको बाटोमा हिँड्न लागेको मुलुकमा अर्को हिंसाको दुष्चक्र किमार्थ स्वीकार्य हुन सक्दैन । शान्तिपूर्ण रूपमा गरिने विरोध र असहमतिलाई हाम्रो संविधानले नै प्रत्याभूत गरेको छ । तर अवाञ्छित प्रतिगामी प्रयासहरू र संविधानविरोधी गतिविधिहरू कडाइका साथ नियन्त्रण गरिनेछ । यसलाई बुझेर पनि बुझ पचाउने काम नगर्न, राजनीतिक रङ दिएर हिंसालाई उचित नठह¥याउन र यस सम्बन्धमा दोहोरो मापदण्ड र लोकरिझ्याइँको बाटो नअपनाउन म सबैलाई हार्दिक आग्रह गर्दछु ।
–मलाई मन परेको, यूएईका प्रधानमन्त्रीले आफ्नो पुस्तक ‘माई भिजन’मा चर्चा गरेको एउटा प्रसंग यहाँ स्मरण गर्न चाहन्छु, ‘बिहान घाम झुल्केसँगै अफ्रिकाको जंगलको एउटा सिंह आफ्नो जीउ तन्काउँछ र सोच्छ, यस जंगलको सबभन्दा छिटो कुद्ने हरिणभन्दा ढिलो कुदे भने म भोकै मर्छु । त्यसैले मैले सकेसम्म छिटो दौडनुपर्छ ।’ त्यसैगरी जंगलको कुनै कुनामा सुतिरहेको हरिण पनि ब्युँझिन्छ र सोच्छ, ‘अहो ! अब मैले कुद्नु पर्छ, बेस्सरी कुद्नुपर्छ । यदी यस जंगलको सिंहभन्दा ढिलो भएँ भने म मारिन्छु । मैले बाँच्नुपर्छ ।’
–पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षको स्वागत गरिरहँदा आज म समयलाई हेक्का राखौं भन्न चाहन्छु । हाम्रा सामु अनगिन्ती कामहरू छन् । मैले नेतृत्व गरेको सरकारको यसै कार्यकालमा हामीले हाम्रो मुलुकलाई ‘अति कम विकसित मुलुक’को टिठलाग्दो हैसियतबाट उकास्नैपर्छ । सन् २०३० मा तोकिएको दिगो विकास लक्ष्य भेट्टाउनैपर्छ । यसका लागि हामी–हामीबीचको दौड–प्रतिस्पर्धा अफ्रिकी सिंह र हरिणको जस्तै हुनु आवश्यक छ । जे गर्नु छ, हामीले यही एक दशकभित्र सम्पन्न गरिसक्नुपर्छ । आउँदो १०÷११ वर्षपछि आजको युवा जनसंख्या बुढ्यौलीतिर ढल्कनेछ र हाम्रो विकासको जनसांख्यिक लाभ सकिनेछ । हामीसित समयको सीमा छ, गर्नुपर्ने काम भने असीमित छन् ।
–समयको गति समाउन मैले पनि आपूmलाई, यो तीव्र गतिको दौडमा सामेल गरिरहेको छु ।
प्रत्येक परिश्रमी नेपालीझैं मैले पनि आफुलाई, हरेक दिन सामान्यतः बिहान ६ बजेदेखि राति १२ बजेसम्म सक्रिय राखेको छु । मुख्य औपचारिक कार्यक्रमको मात्रै हिसाब गर्ने हो भने पनि गएको एक वर्षमा म ३ सय १४ वटा विभिन्न कार्यक्रममा सहभागी भएको छु । जनतासँगको संवाद कुनै न कुनै रूपमा जारी राखेको छु ।
–सरकारको नेतृत्व सम्हालेपछि मैले, सडक–सञ्जालको हिसाबले लामो दूरीमा रहेको कर्णाली प्रदेशको राराबाट जनतासँगको संवाद यात्रा थालेको थिएँ । छोटो नै सही डोल्पा, हुम्ला, जुम्ला
र सुर्खेतमा आपूmलाई अड्याएर तपाईंहरूका भावना सुन्ने र मेरा योजना सुनाउने काम गरें । ६ वटा प्रदेशसभाहरूलाई सम्बोधन गर्ने क्रममा त्यहाँका जनप्रतिनिधिहरूसँग संवाद गरें । आज म यी संवादहरूको सकारात्मक परिणाम देखिरहेको छु ।
–गएको साल, ‘दसैंसम्ममा दुनैलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्छौं’ भनेर गरिएको वाचा पूरा हुँदा, त्यहाँका जनतालाई जस्तै मलाई पनि औधी खुसी लागेको छ । सिमीकोटमा सल्लाह गरेबमोजिम ताक्लाकोट हुँदै सीमापार गर्ने नाका व्यवस्थित गर्ने काम सार्थक भएको छ । सीमानदी महाकालीमाथि कम्तीमा पनि झोलुंगे पुल चाहियो भन्ने दार्चुलाका दिदीबहिनी÷दाजुभाइको माग कार्यान्वयन भएको छ र असुरक्षित नदी वारपारलाई सुरक्षित पार्ने हाम्रो अभियानमा मद्दत पुगेको छ ।
–सडकको शिलान्यास वा यस्तै विभिन्न अवसर पारेर प्रदेश १ को पाँचथर, इलाम, झापा, मोरब, सुनसरी र धनकुटाका कार्यक्रममा सहभागी भएको छु । सिरहाको भेला र रौतहटको विशाल सभालाई सम्बोधन गरेको छु । तय भएको औपचारिक कार्यक्रमलाई बीचमै छोडेर अकस्मात् आएको चक्रवातबाट पीडित बारा–पर्साका जनताको दुःख र पीडासँग आफूलाई जोड्न पुगेको छु । व्यावसायिक स्याउ फार्मलाई प्रोत्साहित गर्न मनाङ पुगेको छु, जलविद्युत परियोजना शीघ्र सम्पन्न गराउन दोलखा पुगेको छु । यसरी बितेको एक वर्षमा जनतासँग संवाद गर्न ७७ मध्ये २९ जिल्लामा म सशरीर नै पुगेको छु ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भाग र तराईका अधिकांश भागमा रहेको फरकफरक प्रकृतिका असुरक्षित बस्ती व्यवस्थापनका लागि कार्यविधि लागू गर्न यी जिल्लाहरूको भ्रमणले सरकारलाई प्रेरित गरेको छ ।
–यसरी गएको वर्ष चुनौतीलाई चिर्दै, आशा र उत्साहका साथ हामीबाट बिदा भएको छ । गएको वर्षले हाम्रो आत्मविश्वास थप सुदृढ बनाएको छ । साझा राष्ट्रिय आकांक्षा र सम्पन्न गर्नुपर्ने असंख्य कार्यसूचीसहित नयाँ वर्ष २०७६ ले हामीलाई स्वागत गरिरहेको छ । प्राकृतिक नियममा चलेर आउने वसन्तका लागि हामीले एक वर्ष प्रतीक्षा गर्नुपर्छ । तर सामाजिक विकासका नियम भने जटिल हुन्छन् ।
–प्रकृतिमा जस्तै मानव समाजमा वसन्त आफैं आउँदैन, यसलाई हासिल गर्नुपर्छ । मानव समाजमा वसन्त आगमन विभिन्न शक्ति र प्रवृत्तिद्वारा प्रभावित हुन्छ । तर नेपाली समाजमा पनि दिगो शान्तिको, सामाजिक न्यायसहितको समृद्धिको, लोकतन्त्रसहितको विकासको र सुखसहितको खुसीको वसन्त आउने कुरामा हामी ढुक्क छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

... र यो पनि ...

चक्रपथ

टेलिकमका ग्रहकलाई भारी छुट

ShareTweet काठमाडौं । सम्भव भएसम्म सस्तो मूल्यमा अत्याधुनिक दूरसञ्चार सेवाहरु ग्राहकलाई उपलब्ध गराउँदै आएको नेपाल टेलिकमले असार २७ गते शुक्रबार देखि लागू हुनेगरी- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

कलाको कदर

ShareTweet हरेक सर्जकले एउटा अपेक्षा सँगालेका हुन्छन्– आफ्नो सिर्जनाले उचित मूल्य पाओस् । त्यस्तो मूल्य भौतिक पनि हुन्छ र आत्मिक पनि । अझ, कला–शिल्पीहरूले त त्यस्तो- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

काठमाडौंका चुलीहरूको गाइड

ShareTweet काठमाडौं उपत्यकालाई समृद्ध तुल्याउने अजस्र स्रोतहरू हुन्– वरिपरिका डाँडाहरू । उपत्यकावरिपरिका हरियाली वनजंगलले स्वच्छ हावा दिएको छ, पानी दिएको छ र सुन्दरता- ...
पूरा पढ्नुहोस्

छोटकरीमा