विधान लत्याएपछि पार्टीको हालत के हुन्छ ?
बेदुराम भुषाल, स्थायी समिति सदस्य, नेकपा० नेकपाले पार्टी एकता टुङ्ग्याउन बनाएको तपाइ सहित कार्यदलले २ महिनामा पनि केही परिणाम दिन सकेन,तपाँइहरु समस्या समाधान गर्न लायक नभएको हो ?
बाहिर के चर्चा छ भन्नेतिर म जान्न । तर पार्टी भित्र चाँही काम गर्न सकेन भन्ने छैन । हामीले काम गर्न नसकेको पनि होइन । हामीले पार्टीको विधानसंग सम्वन्धीत जुन प्रश्नहरु उठेका थिए, ति प्रश्नहरुको समाधान दिएका छौं । ति कुराहरु हामीले सहमतीका साथै गरेका छौं । सचिवालयबाट जुन प्रदेश कमिटीहरु बनाइएको थियो, ति कमिटीहरु निर्माण गर्दा भएका कमजोरीहरुबारे छलफल ग¥यौं । त्यसमै विवाद भएपछि कार्यदलको बैठक अवरुद्ध भएको हो । अवरुद्ध भएपछि पनि हामीले यो एकता प्रक्रियालाई कसरी टुङ्ग्याउन सकिन्छ भनेर सुझावहरु प्रस्तुत गर्ने काम गरेका छौं ।
० एकताका लागि समाधान दिनुपर्ने कार्यदलमा एकरुपता हुन नसकेको भनेपछि गाँठो कहाँ परेको होला ?
एकता प्रक्रियालाई कसरी अगाडि बढाउने भन्ने विषयमै गाँठो परेको हो । स्पष्ट विधी, पद्दती र मापदण्डका आधारमा पाटी चल्नु र चलाइनुपर्छ भन्ने एउटा मान्यता रह्यो भने अर्को मान्यता भनेको कार्यकर्ताहरुको योग्यता र क्षमताका आधारमा कमिटीहरु निर्माण गर्नुपर्छ भन्ने रह्यो । यि दुइवटा मान्यताका बीचमा मतभेद भएपछि गाँठो यही प¥यो ।
० एक व्यक्ति एक पद भन्ने कुरा लागु हुन सकेन, अहिले पनि यही विषयले विवाद समाधान हुन नसकेको भन्छन् नि ?
मलाई चिन्ताको विषय चाँह्ी विधान लागु नभएकोमा हो । पार्टी चल्ने विधानले हो, विधानको नै उलंघन भएपछि पार्टीको अवस्था के हुन्छ भन्ने हो । यो तपाँइले उठाएको विषयमा विधानको सिमा मिचिएको छ । विधानको धार ४६ को कमा स्पष्ट रुपमा के भनिएको छ भने कमिटीहरुबीच आफ्ना कमिटीका सदस्यहरुलाई जिम्मेवारी बाँडफाँड गर्दा एक व्यक्ति एक मुख्य जिम्मेवारी हुनेगरी गरिनेछ भनिएको छ । सरकारमा जाने हो भने सरकार तिरको जिम्मेवारी हुन्छ, पार्टी चलाउने हो भने पार्टीतर्फको जिम्मेवारी हुन्छ ।
पहिले देखि नै हामीले विधानमा जे व्यवस्था गरिएको छ त्यसलाई लागु गर्नुपर्छ भनेर उठाँएका छौं । अहिले पनि यही कुरा उठाएका छौं । कार्यदलमा त यद्यपि यो विषयमा छलफल गर्ने ठाँउमै हामी पुगेनौं । पहिले बनेका प्रदेश कमिटीकै बारेमा विवाद भयो । त्यहाँ रहेका तर मापदण्ड नपुगेका साथीहरुका कारण मापदण्ड पुगेका साथीहरु छुट्नुभएको विषयले नै विवादमा पा¥यो ।
० त्यसो भए मापदण्ड नपुगेका निश्चीत व्यक्तिहरुकै विषयमा गाँठो परेर कुरा अल्मलीएपछि अरु विषयमा छलफल नै हुन पाएन ?
हो, त्यही कुरा अड्कीयो । यति सम्मकी पार्टी सदस्यता नै प्र्राप्त नगरेकाहरु प्रदेश कमिटीमा परेका छन् । यो हाम्रो सार्वजनिक पार्टी हो । जनताले चुनेको पार्टी हो । त्यसकारण जनतालाई लुकाउनुपर्ने कुरा छैन । कुनै पनि कमिटीमा पार्टी सदस्यता विना त मान्छे आउनु भएन नी भन्ने तर्क एउटा रह्यो । ‘ल्याइ हालियो, राखी हालियो’ भन्ने अर्को तर्क छ । अब हटाउन मिल्दैन भन्ने अर्को तर्क छ । यो निरीह तर्क हो । यस्तो खालको निरीह तर्कले पार्टीलाई राम्ररी चल्न दिँदैन । त्यहाँ पनि विधान मिचियो । त्यो बनाउाँदा पनि विधान मिचियो, एक व्यक्ति दुई जिम्मेवारी गर्दा पनि विधान मिचियो । र, अहिले कार्यदललाई काम गर्नबाट रोक्दा पनि विधान मिचियो ।
० तपाँइहरुले १५ दिनको थप म्याद पाएमा विवाद मिलाएर प्रतिवेदन दिन्छौं भनेको हो ?
१५ दिन पनि भनिएन । केही सयम अर्थात एक हप्ताजति भए हुन्छ भनेका थियौं ।मापदण्डमा जान तयार हुने हो भने एक दिनमा सकिन्छ । अरु साथीले एक हप्ता भन्नुभएको थियो, मैले त दुई–तीन दिन भए पुग्छ भनेको थिँए ।
० सुरुमै कार्यदल बनाएर झारा टार्ने मात्र काम होला की भन्ने तपाँइहरुलाई लागेको थिएन ?
त्यो त लागेको थिएन । किनभने यो स्थायी कमिटीको विषय हो । फेरी पनि स्थायी कमिटीमा छलफल हुन्छ । त्यो कुनै झारा टार्नका लागि स्थायी समितिले बनाएको थिएन ।
० नौ जनाको कार्यदलमा विदेश गएका सदस्यहरुको नाम समेत हालेर बहुमत देखाउन प्रतिवेदन त बुझाउनुभयो, तर यो अवस्थाले आम कार्यकर्तामा त राम्रो सन्देश दिएन ?
यो हाम्रो वाध्यता नै हो । जनता र कार्यकर्तामा यो एकता प्रक्रिया यति लामो हुँदा यसै पनि निराशा उत्पन्न भएको छ । केन्द्रीय कमिटीको पहिलो बैठकबाट हामीले ३ महिनामा गछौं भनेर भनेका थियौं । तर ९ महिना पुग्दा पनि उस्तै अवस्था छ । यसो हुँदा विल्कुलै निराशा हुन सक्छ तर अब यो पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषय प्रमुख विषय हो । कमिटी बनाउने तर नचल्ने स्थिति पनि रहनु हुँदैन ।
० तर अहिले त त्यस्तै संभावना देखियो नी, कार्यदललाई नै पंगु बनाइयो त ?
कार्यदललाई काम गर्न नदिएको यो कुरालाई त म ठुलो कुरा ठान्दिन । तर कसरी जाने भन्ने कुरा ठुलो कुरा हो । फेरी पनि विधी, पद्धती र मापदण्ड मिच्ने काम हुनुहुन्न भन्ने नै हाम्रो अडान हो ।
० यस्तै चलिरह्यो भने यो एकता पनि यही रुपमा लामो ढंगले नजान सक्छ भन्छन् नी ?
यस्तै रहेको अवस्थामा यो विघटनको प्रक्रिया सुरु हुन्छ, एकता हुने नहुने भन्दा पनि । अराजकता फैलने संभावना बढी हुन्छ । मान्छे स्वेच्छाचारी ढंगले चल्न थाल्छ । त्यो खतरनाक स्थिति हो ।
० अध्यक्षद्धयलाई प्रतिवेदन बुझाइसक्नुभयो, उहाँहरको भनाई चाहि के छ त ?
दुबैजना अध्यक्षहरुले तपाँइहरुको प्रतिवेदन हामीले गम्भीरताका साथ अध्ययन गर्छौ, र तपाइले दिएका विषयहरुलाई हामीले आधार बनाएर काम गछौं भन्नुभएको छ । धारा–धारामा त त्यहाँ छलफल भएन, तर उहाँहरु दुबैजनाको भनाईमा धेरै अन्तर छैन । उहााहरुले तपाँइहरुले दिएको प्रतिवेदन आफुहरुले अध्ययन गर्ने र त्यसलाई आधार बनाएर काम गछौं भन्नुभएको छ ।
० विश्वस्त हुनुहुन्छ त तपाँइहरुले दिएको सुझाव लागु हुनेमा ?
यो एक दिनले जिन्दगी जाने त होइन नी ?हामी पनि त यही छौं नी । फेरी बैठक हुन्छन् ।
० स्थायी समितिले बनाएको कार्यदल अध्यक्षले सचिवालय बैठकमा सिधै विघटन भयो भनेर घोषणा गर्न सकिन्छ ?
हामीले त यो सबै प्रक्रिय, विधान र त्यस समेतको आधारमा भनेका हौं ।
० प्रतिवेदन दिँदा विदेश गएको, उपत्यका बाहिर गएको व्यक्तिको समेत नाम हाल्नुभएछ, यो किन , बहुमत पु¥याउन हो ?
हामीले सिङ्गो कार्यदलमा छलफल गर्दा खेरी हाम्रा सबै धारणाहरुमा एक रुपता थियो । त्यो तयार त जब सचिवालयले दिन भन्यो त्यती बेलादेखि नै गरेका हौं । अस्तिको दिन मात्र गरिएको होइन । उहााहरु यहाा रहेकै बेला हामीले तयार गरेका थियौं । र उहााहरु जाने बेलामा पनि हामीले म्याद थपिएन भने के गर्ने हो भनेर हामीले सल्लाह लिएका थियौं । म्याद थपिएन भने म्याद भित्रै यो प्रतिवेदन बुझाउने भनेर हामीले सल्लाह गरेका थियौं । म्याद नथपिएको विषय उठाउनु नपर्ने भए उहाँहरु जानु अघि नै हस्ताक्षर गराउँथ्यौं । तर म्याद माग्दा माग्दै पनि दिइएन भन्नका लागि पछि बुझाइएको हो र त्यसमा हस्ताक्षर हुन नसकेको हो । बाहिर भएपनि उहाँहरुको सहमतिका साथ हामीले यो गरेका छौं । यदी हस्ताक्षर नै माग गरियो भने उहाँहरु आएपछि गर्नुहुन्छ ।
० एकता गरेको यो नौ महिना बीचमा केन्द्रीय बैठक छैन, पद्दती मिचिएको छ तर तपाँइहरुले पनि टुलुटुलु हेर्ने बाहेक अरु केही गर्न सक्नुभएन भन्ने चर्चा छ नी ?
पार्टीमा पद्दती मिचिने कुरा, विधान विपरीत हुने कुराको आन्तरिक रुपमा छलफल गर्ने नै हो । त्यसको आन्तरिक रुपमा प्रतिवनद गर्ने नै हो । त्यो भन्दा बढी हुँदैन । त्यो पाटी अनुशासनकै सिमा हो । त्यसो भएकाले नै हामीले पार्टीभित्रै आन्तरिक जीवनमा छलफल चदलाइरहेका छौं । कतिपय कुराहरु बाहिर सार्वजनिक रुपमा आइसकेपछि त्यसको बारेमा स्पष्ट पार्नुपर्ने कुरा सार्वजनिक रुपमा पनि पारिरहेका छौं । गर्ने त पार्टीमा यही नै हो । यो भन्दा बढी त हुँदैन । पार्टीमा निर्णय प्रक्रियामा सकेसम्म सहमति र नभए बहुमत अल्पमतको प्रक्रियाबाट पनि जान्छ । अहिले सम्म हामीले यो एकताको भावनालाई काँही ठेस नलागोस् भनेर बहुमत अल्पमतको आधारमा नचलौं भनेर कुरा राखेका थियौं । अहिले हामीले यो कार्यदलमा आइसकेपछि पाँच जना सदस्यले छुट्टै प्रतिवेदन बुझाउनुपर्ने स्थिति बन्यो । वाध्यतावश यो काम गरेपनि हामी पक्ष विपक्षमा नजाऔं । एकता को भावनालाई ठेस लाग्न सक्छ भन्ने हाम्रो धारण छ ।
० सरकार समिक्षा कसरी गर्नुभएको छ ?
सरकारले केह केही राम्रा काम पनि गरेको छ । र, चाहेजस्ता काम गर्न नसकेको पनि छ ।
० नराम्रा काम के के देख्नुहुनछ ?
जनताले चाहेजस्तो विकास निर्माणको गति प्रारम्भ भएको छैन । यो सरकार आएपछि केही न केही नयाँ ढंगले मुलुकको विकासको गति प्रारम्भको आश गरेका थिए ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply