लालचमा होस नगुमाऊ
को कति ओभानो छ, पछि कतै उपयुक्त समयमा छलफल गरौंला, निष्कर्ष निकालौंला । मनसुवाबारे आ–आफ्ना दलिल होलान्, परन्तु ऐनामा जो छ, ऊ त देखिन्छन् नै । राम्रो भएको छैन । यो साँचो हो, विधि–थिति सब भाँडमा ग’का छन् र त्यसको सिकार ‘आन्दोलन’ भ’को छ, तलका इमानदार साथी भ’का छन् । उदेक लाग्दो छ्र फेरि पनि बहाना जेसुकै बनाए पनि, अहिलेकै रवैया, अहिलेकै तरिका जारी राख्ने हो भने जन्मिने त ‘यदुवंशी’ विनाश गर्ने ‘मुसल’ न हो । अनि उत्पन्न हुने रिक्तताले अझ के–कति भाँडभैलो ल्याउँछ, कहिल्यै सोचेका छौ ?! अलिक अघिको इतिहास स्मरण गरे मात्रै पनि छर्लङ्ग हुन्छ । मुलुक अहिले जुन संकट र चुनौतीबाट गुज्रिरहेको छ त्यसको प्राथमिकतामा चालु गतिविधिको कहाँनेर संगति छ ?! आत्मरतिको मजा लिन त राम्रै हुँदो हो, कदाचित आफूलाई उकासिरहनेहरूको अनुहार पनि यसो हेर्ने फुर्सद निकालेका छौ ? र यो पनि, विजयी भावमा थपडी मार्न कोको तम्तयार छन् ?! कोको धुप हाल्दैछन् ?! तिनको भावभंगी हेर्दैमा मात्र पनि हामीलाई त आङ सिरिङ्ङ हुन्छ । लालचमा होस नगुमाऊ ! ब्युँझ साथी हो, बेलैमा ब्युँझ !
सम्बन्धित समाचार
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- चार प्रदेशमा विहानैदेखि बर्षा
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव सम्पन्न
- ६८ यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त
- भारतीय बजारमा तीन अकंको आर्थिकबृद्धि हासिल गर्ने मोटोरोलाको दाबी
- के भयो भारत–नेपाल नवौं परियोजना अनुगमन समिति बैठकमा ?
- भारतमा डिजिटल भुक्तानीको नयाँ योजना
- हामीसँग अल्झने समय छैन
Leave a Reply