आज नेकपाको बृहत् जनप्रदर्शन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिगमनका विरुद्ध आज काठमाडौंमा विशाल जनप्रदर्शन गर्न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा हठात् संसद् विघटन गरेर असंवैधानिक कदम चालेपछि सडक संघर्षमा नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहले काठमाडौं केन्द्रित गर्न लागेको यो तेस्रो सभा हो । काठमाडौं बाहिर प्रमुख सहरहरूमा ठूला सभा आयोजना गरिसकेको छ भने जिल्ला जिल्लामा दिनहुँ ओलीको प्रतिगमनविरुद्ध सभाहरू गरिरहेको छ ।
अध्यक्षद्वय दाहाल, नेपालसहितका शीर्ष नेताहरूले सम्बोधन गर्ने आजको सभामा गत माघ १६ को भन्दा विशाल उपस्थिति रहने बताइएको छ । माघ १६ को जनसभामा १ लाखभन्दा वढीको सहभागता रहेको थियो । रत्नपार्कमा हुने विरोधसभा अगाडि राजधानीका विभिन्न स्थानबाट जुलुस निस्कने भएको छ । नेकपाले आजकोे विरोध प्रदर्शनको जुलुसका नेतृत्वकर्ता र सुरु हुने स्थानहरूबारे विवरण सार्वजनिक गरेको छ ।
नेकपाले आज बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने जानकारी दिएको छ । त्यसमध्ये पुल्चोकबाट निस्कने जुलुसको नेतृत्व कृष्णबहादुर महरा, पम्फा भुसाल र रघुजी पन्त, प्रमेश हमाललगायतले गर्नेछन् । सो जुलुसमा ललितपुरका सबै केन्द्रीय कमिटी सदस्यहरू, सम्बन्धित प्रदेश कमिटीका सदस्यहरू, संघ तथा प्रदेशका सांसदहरू तथा समग्र ललितपुर जिल्लाका कार्यकर्ता तथा सर्वसाधारण सहभागी रहनेछन् ।
त्रिपुरेश्वरबाट निस्कने जुलुस अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, जनार्दन शर्मा, चक्रपाणि खनाल, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, वर्षमान पुन, सुरेन्द्र पाण्डे, विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् । यो जुलुसमा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, धादिङ, चितवन, मकवानपुरका भूगोल कमिटी साथै काठमाडौंका क्षेत्र नं. ८, ९, १० र सम्बन्धित सम्पर्क कमिटीहरू सहभागी रहनेछन् ।
त्यस्तै माइतीघरबाट अमृतकुमार बोहरा, गिरिराजमणि पोखरेल, गणेश शाह, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायत नेताहरूले गर्ने सो पार्टीले जनाएको छ । यो जुलुसमा प्रदेश १, २, भक्तपुर, काभ्रे, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोकका भूगोल कमिटीका सदस्यहरू र काठमाडौं क्षेत्र नं. १, काठमाडांै महानगरपालिका–३२ साथै सम्बन्धित सम्पर्क कमिटीहरू सहभागी रहनेछन् ।
यस्तै केशरमहलबाट सुरु हुने जुलुसको नेतृत्व देव गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्ति बस्नेतलगायत नेताहरूले गर्ने जनाइएको छ । यो जुलुसमा गण्डकी, सुदूरपश्चिम प्रदेश, रसुवा र नुुवाकोटको भूगोल कमिटी, काठमाडौंको क्षेत्र नं. २, ३, ४, ५, ६, ७, महानगरपालिका–९ र सम्बन्धित सम्पर्क कमिटी तथा सम्पूर्ण जनवर्गीय संगठनहरू सहभागी रहने नेकपाले जनाएको छ ।
त्यसैगरी जमलबाट आउने जुलुसलाई लीलामणि पोख्रेललगायत नेताहरूले अगुवाइ गर्नेछन् । यो जुलुसमा पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरू, पेसागत, उद्योग व्यवसायी तथा बुद्धिजीवी संगठनहरू सहभागी रहनेछन् । ती जुलुसहरूले राजधानीका विभिन्न स्थान हुँदै काठमाडौंको प्रदर्शनी मार्गस्थित सभास्थलमा जम्मा हुने कार्यक्रम छ ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
Leave a Reply