देउवाको भ्रमण परम्परागत बिंडो थाम्न मात्र हो
टंक कार्की, पूर्व राजदुत० प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?
– वास्तवमा यो परम्पराको एउटा बिँडो थामिएको हो । सामान्यतया म के ठान्छु भने कुनै पनि देशको यस्ता उच्चस्तरीय भ्रमण भनेको दुई देश बीचका आफ्नो पक्षबाट आवश्यकताको प्राथमिकताले निर्धारण गर्ने हो । जेसुकै होस्, यसले दुई देशबिचको सम्वन्धहरुलाई नविकरण गर्नका लागि यस्ता भ्रमणहरु हुने गर्छन् । सामान्य यो दुइ देशबिचको सम्वन्धलाई नविकरण गर्ने क्रममात्र हो भन्ने ठान्छु ।
० अहिलेको भ्रमण फलदायी भयो कि भएन त ?
–भारतले दर्जनौ वाँध बाँधेर तराइमा जुन डुवान छ, त्यो समस्यालाई प्राथमिकताका साथ राख्नुपथ्र्यो । प्रधानमन्त्री यहाँ चुकेका छन् जस्तो लाग्छ । त्यसले प्राथमिकता पाएन । अरु कतिपय कुराकानीहरु त पहिलेदेखि नै थाति रहेका कतिपय विषयहरुलाई, उल्टिरहेका विषयहरुलाई सुल्ट्याउने काम भएको छ, त्यो राम्रो हो ।
प्रधानमन्त्रीले संविधान संशोधनको विषयमा भारतीय नेताहरुलाई आश्वस्त बनाइराख्नु जरुरी थिएन । यो हाम्रो आन्तरिक मामला थियो । भारतलाई आश्वस्त बनाउने ढंगले हामी संशोधन नै गछौं भनेर जानुपर्ने स्थिति थियो जस्तो लाग्दैन । केही केही पुराना थाती रहेका सहमति सम्झौताहरु कार्यान्वयन गर्ने कुराकानीहरु उच्चस्तरबाट सहमति बनाउनु राम्रै कुरा हो । सबै नकारात्मक म ठान्दिन । तर जुन प्राथमिकताका साथ यसले एजेन्डाहरु उठानुपर्ने थियो । यो त एउटा उच्च स्तरको भ्रमण हो । प्रधानमन्त्री तहको भ्रमण हो । त्यो भ्रमणमा नेपाली पक्षका प्राथमिक एजेन्डामा राखेर जुन ढंगको प्रतिफल दिनुपथ्र्यो, त्यो निस्कीएन भन्ने मात्र मेरो दलिल हो ।
० भ्रमणको सवल पक्ष केही छैन त ?
– उनले गरेको एउटा राम्रो पक्ष भनेको खासगरेर नेपालमाथि चिनको आक्रमण भयो भने हामी सहयोग गर्न आँउछौं भारत चुप लागेर बस्दैनौं भन्ने अभिव्यक्ति भारतीय नेताहरुबाट जुन ढंगले आयो, त्यसमा प्रधानमन्त्री शेरबहादुर देउवाले चिनसंग हाम्रो सुमधुर सम्वन्ध छ, चिनले हाम्रो स्वतन्त्रता र सार्वभौमसत्तालाई सम्मान गरेको छ भन्ने जुन अभिव्यक्ति दिएका छन् त्यो नेपाली राष्ट्रिय भावनाको अभिव्यक्ति हो । यो कुरो उनले राम्रो ढंगले राख्न सके , त्यो चाँही उनको राम्रो पक्ष ठान्छु । यहाँ उनी चिप्लिएनन् ।
खासगरेर दोक्लाम विवादमा पनि नेपाललाई तान्न वा घिसार्नभारतीय प्रयास भएपनि शेरबहादुरदेउवाज्यु यसमा तानिएनन् । नेपालको भावनालाई उनले प्रतिनिधित्व गरे । तटस्थकै नीतिमा रहे । यो राम्रो पक्ष हो ।
० कोशी वाँधकै अशरका कारण नेपालका भूमि डुवानमा परेको सन्दर्भमा पनि त्यसबारे भारतीय पक्षसं केही कुरा भएनन्, यसलाई कुन रुपमा लिनुभएको छ ?
–कोशी वाँधकै बारेमा पनि पहिले राष्ट्रिय सहमति भएर मात्रै त्यसमा कसरी जाने, के गर्ने भन्ने कुरा नेपालले आफ्नो विचार बनाइसके्पछि मात्र त्यहाँ जानुपथ्र्यो । त्यो भन्दा पनि मुख्य कुरो अहिले भारतले नेपाल भारत सिमानामा बाँधेका दर्जनौं वाँधका कारण तराई डुबानको समस्यामा छ । त्यो डुवानको समस्यालाई आइन्दा फेरी उत्पन्न नहोस् भन्नका निम्ति के प्रावधान गर्ने, के त्यस्तो प्रवन्ध गर्ने, त्यसको बारेमा प्राथमिकताका साथ जुन स्तरमा छलफल र त्यसले प्राथमिकता पाउनुपथ्र्यो त्यो प्राथमिकता पाउनेगरी कुरा राख्न सक्नुभएन ।
दोस्रो कुरा संविधानको बारेमा संसदले फैसला गरिसकेपछि त्यसलाई उठान गर्नु जरुरी थिएन । अझ उनले दुई तिहाई बहुमत ल्याएर हामी संशोधन गछौं भन्नु नेपालभित्रकाराजनीतिक शक्तिहरुको एजेन्डा बन्न सक्छ, तर भारतीय नेताहरुलाई त्यो आश्वस्त बनाइराख्नु आवश्यक हुन्न । किनकी यो विशुद्ध नेपालको एजेन्डा हो । यसमा भारतलाई खुशामद गर्नुपर्ने स्थिति छैन ।
० यसको अर्थ के हुनसक्छ, प्रधानमन्त्रीज्युले आफु दिल्लिको एक सच्चा पहरेदार हो भन्ने विश्वासमा लिन गरिएको कोशिस हो ?
– उहाँको वेहोशियारी मात्र होइन की भारतीय चासोलाई नेपालको आन्तरिक मामलामाथि भारतको नाजायज चासोलाई उहाँले नाजायज भनेर महशुस गर्न सक्नुभएन । उहाँले त उनीहरुलाई नै आश्वस्त गर्न खोज्नुभयो । यो त एक सार्वभौम राष्ट्रको कुरा हो । हामीले भारतका कुनै पनि आन्तरिक मामलामा चाहे त्यो काश्मिरको होस्, चाहे अन्य कुनै ठाँउको होस् , ति विषयहरुमा हामीले कहिल्यै पनि केही भनेका छौं र ?
हामीले भन्ने कुरा होइन । भारतका ति आन्तरिक मामला हुन् । उ त्यसलाइ आन्तरिक रुपले नै हल गरोस् । हामी बोल्दैनौं । त्यसैगरेर नेपालका आन्तरिक मामलामा पनि नेपालले आफैं समाधान गर्न सक्छ भन्ने ढंगले त्यो मान्यतामा टिकिदिनु राम्रो हो । नेपाललाई के गर्नुपर्छ, के गर्नुहुन्न भनेर भारतले डिक्टेशन गर्नु राम्रो हुन्न । नेपाल आफ्नो समस्याहरुलाई आफैं समाधान गर्ने क्षमता राख्छ ।
० प्रधानमन्त्री हुनासाथ भारतकै भ्रमण गर्नुपर्ने के हो यो ?
– स्वयम् भारतमा एसडी मुनी जस्ता मान्छेहरु के भनिरहेका छन् भने यो परम्परा तोडिनुपर्छ । यसले नेपाली जनता दवावको महशुस गर्छन् भनेर एसडी मुनी आफैंले ट्वीट गरेका छन् । भारतीय वौद्धिक वृतका मानिसहरुले भारतले नेपाल भारत सम्वन्धमा सुधार गर्नका लागि के के गर्नुपर्छ भनेर वहश थालेका छन् । भारतीय एक स्वराज्य भन्ने साइटमा नेपाल भारतबीच चिसिएको अहिलेको सम्वन्ध सुधार गर्न भारतले के के गर्नुपर्छ भन्ने सुत्रवद्ध उल्लेख गरिएको छ । नेपालीहरु त स्वभाविक रुपमा उनीहरुको दवावमा परेको हुनाले हाम्रा भनाइहरु कतिपय एकतर्फी हुन् की भन्ने हो । स्वयम् भारतीयहरु के भनिरहेका छन् त्यो आवाजलाई सुनुवाई मात्र गरिदिए पुग्छ । नेपाली भनेका कमलो दिल भएका मान्छे हुन् । पूर्वाग्रह राखिराख्ने होइन । यदी दुबै पक्षले एक अर्काका आपसी संवेदनशिलता र चासोलाई पारश्परिक हितका पक्षमा दुबै मुलुक लाग्ना साथ सबै समस्या समाधान भइहाल्छ नी ।
० प्रदेश नम्बर दुइको चुनावको सम्मुखमा प्रधानमन्त्रलिे फेरी भारत गएर संविधन संशोधनको कुरा उठाउनुले हाम्रो आँउदै गरेको चुनाव प्रभावित पार्ने त होइन ?
– नेपाली जनता भनेको २००७ सालका होइनन् । १५ सालका होइनन् । नेपाली जनताका जागृती र चेतनाको स्तर कहाँ पुगेको छ भने अघिल्ला स्थानीय तहका निर्वाचनहरुले नै त्यो अभिमत प्रकट भइसकेको छ । नेपालीहरु आफ्नो राष्ट्रिय स्वार्थ प्रतिको संवेदनशिलतामा कति गम्भिर र जिम्मेवार छन् भन्ने कुरा स्पष्ट छ । स्वयम् भारतीयहरु पनि भारतका कतिपय दवावका कारणले नेपाल भारत सम्वन्ध चिसिएको हो भन्नेकुरा उनीहरु आफैं महशुस गरिरहेका छन् । त्यसले गर्दा उनहिरु जति जति दवाव दिन्छन् त्यति त्यति नेपाली जनमत राष्ट्रिय भावना अझ बलियो, खाँदिलो भएर आइराखेको यर्थाथ पनि हामीले भुल्नुहुन्न ।
० कोशी वाँधसंगै कालान्तरमा अर्को ड्याम बनाउनेगरी सहमति भएको भनिएको छ नी ?
– हाम्रो स्रोत साधनको उपयोग गर्ने कुरामा राष्ट्रिय सहमतिका साथ हुने सहमति र सम्झौता गर्न सकिने कुरा स्वभाविक हो । तर यो मामिलामा त्यसका संभावना र लाभ हानीका बारेमा राम्रो लेखाजोखा गरेर नेपाल पहिले आफैंभित्र गम्भिर गृहकार्य गरेर मात्र त्यसपछाडि त्यो मुद्दामा कसरी सहकार्य गरेर जान सकिन्छ भनेर त्यहाँ छलफल गर्न सकिन्छ । जस्तो कोशी डाइभर्सनकै कुरा आएको छ ।
कोशी डाइभर्सन गर्न सकिने कि नसकिने, त्यो डुवानका समस्याहरुलाई कसरी समाधान गर्न सकिने ? त्यसमा धेरै प्राविधीक गृहकार्य गरेर मात्र एउटा निष्कर्षमा पुग्न सकिन्छ । यसो गरेमा कोशी हाइड्याम पनि बनाउन सकिन्छ । या सकिँदैन भन्ने निष्कर्ष तवमात्र भारतसंग कुराकानी गरे टुङ्ग्याउन सकिन्छ । आफुसंग तातोभुत्लो केही होमवर्क छैन, अनि झट्ट गएर ल्याप्चे ठोकिहाल्ने ?
० एकाथरीले एमालेलाई आसन्न चुनावमा हराउन देउवा दिल्ली भ्रमणमा गए भनेर पनि राजनीतिक अर्थ लगाइरहेका छन्, के त्यस्तो हो ?
– परिकल्पनाको आधारमा कुरा नगरौं । जे भएका छन्, तथ्यहरु जे आएका छन्, त्यसलाई हामीले हेर्ने हो । पहिलो कुरा, नेतृत्व भनेको राष्ट्रिय वाणिसंग, राज्यको आवाजसंग सिमावद्ध भएर नै जाँदैन । प्रधानमन्त्री हुना साथै निरंकुश हो र ? स्वेच्छाचारी हो र ? जानुभन्दा अगाडि राजनीतिक दलहरुसंग, नेताहरुसंग बसेर सुझावहरु लिएर त्यो सुझावहरुको सिमा होला । त्यसको सिमाभित्रै बसेर जाने हो । अतिरिक्त क्रियाकलाप गर्न पाँइदैन ।
शन्तराम बिडारिसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply