२० लाख युवाहरुलाई रोजगारी दिने योजना छ
महेश बस्नेत प्रतिनिधिसभा उम्मेदवार, नेकपा (एमाले) भक्तपुर क्षेत्र नम्बर २भक्तपुरको विकासको निम्ति तपाईंको आगामी भूमिका के हुन्छ ?
अहिले सम्म यहाँका स्थानीय जनताहरुको जनप्रतिनिधिहरुले जनताको भावना अनुरुप काम गर्न सकेनन् भन्ने गुनासो रहँदै आएको छ । हाम्रो भक्तपुरको विकास पछाडि नै रह्यो । हामीलाई अप्ठ्यारो पर्दा साथ पाएनौं । कहिले नेमकिपालाई जितायौं । कहिले काङ्ग्रेसलाई जिताएर पठायौं । नेमकिपाले संसदीय प्रणालीलाई बलियो बनाउने भन्दै आएको भएपनि उसले कुनै पनि किसिमले विकासका पहल गरेन । विकास गर्ने काम सांसदको नभइ स्थानीय तहको हो भन्ने मान्यता मात्र राख्दै आयो भन्ने बुझाई मैले जनताबाट बुझेको छु ।
नेमकिपा नेपालको विकासको निम्ति उत्तर कोरिया स्टाइलमा जान चाहन्छ । तर हामीले त चीनको विकास मोडल लागु गरी चामत्कारिक रुपमा मुलुकलाई विकासको दिशामा अघी बढाउने बाटो रोजेका छौं । भक्तपुर क्षेत्रलाई केन्द्रीय पहुँच सम्म पु¥याउने किसिमका योजनाहरु हामीले अघी सारेका छौं ।
भक्तपुर अब कस्तो बनाउनुपर्छ भन्ने सपना छ तपाँइको ?
अहिले भक्तपुरमा मेलम्चीको पानी भण्डारनको निम्ति ट्याङ्की बनाईंदैछ । काठमाडौंको वीर अस्पतालालाई ७ सय रोपनी क्षेत्रफलमा रहने गरी भक्तपुुरमा स्थापना गरिँदैछ । मुहानपोखरीमा ठूलो ड्याम बनाएर आकाशेपानी सङ्कलन गर्ने, पर्यटकहरुलाई आकर्षित गर्ने, भक्तपुरलाई सांस्कृतिक नगरी घोषणा गर्ने लगायतका कामहरु भक्तपुरमा ह्ँदैछन् । यी कामहरुको निम्ति निम्ति करिब ४८ करोड रकम विनियोजन गरिएको छ । केपी ओली सरकारको नेतृत्वमा पनि भक्तपुर विकासको निम्ति प्रर्याप्त कामहरु भएका थिए । भक्तपुर हुँदै चीनबाट भारत लैजाने सडक लगायत बोडे, मूलपानी, सल्लाधारी, दधिकोट, लुभु लगायतको क्षेत्रमा सडक विकासको निम्ति पनि प्रयाप्त पहल भएका छन् ।
युवाहरुको निम्ति तपाईंहरुले कस्ता योजनाहरु अघी सार्नुभएको छ ?
युवाहरुलाई नेपालमा नै रोजगारी सृजना गर्ने सम्बन्धमा पनि हामीले प्रशस्तै काम गर्नुछ । अहिले नेपालमा सक्षम ठूलो सङ्ख्याका नेपालीहरु विदेशमा छन् । नेपालीहरुले विदेश जानुभन्दा नेपालमा नै रहेर सजिलै राम्रो आय गर्न सकिने क्षेत्रमा नेपाली युवालाई काममा लगाउनकोे निम्ति पनि प्रयाप्त पहल गर्नुपर्छ । यसको निम्ति नेपालमा लगानी गर्न चाहने उद्यमशिल युवाहरुको लगानी नडुब्ने वातावरण बनाउनु जरुरी छ । अहिले नेपालका युवाहरुले विदेशमा निकै दुःख गरेर कमाएको रेमिट्यान्स रकमको करिब ८५ प्रतिशत हिस्सा अनुत्पादक क्षेत्रमा नै खर्च भएको छ । यसको अलावा हाम्रो बजेट घाटाको अवस्था १० करोड हाराहारीमा छ । बार्षिक ८ खर्ब रेमिट्यान्स भित्रिएको छ ।
यसको अलावा नेपालका युवाहरुलाई हामीले अध्ययन तथा अनुसन्धानको निम्ति पनि प्रयाप्त लगानी गरिनु जरुरी रहन्छ । अहिलेको अवस्थामा नेपालमा भएको बजेट घाटालाई पूर्ति गर्नको निम्ति हामीले आत्मनिर्भर अर्थनीति कसरी बनाउन सक्छौं त ? जुन निकै महत्वपूर्ण विषयको रुपमा रहेको छ । यो नै हाम्रो मुख्य चुनौतीको विषय हो ।
यदि हामीले कृषि क्षेत्रलाई माथि उठाउनको निम्ति बाँझो जग्गालाई प्रयोगमा ल्याउने नीति अबलम्बन गर्ने हो भने नेपालमा नै करिब १२ लाख युवालाई रोजगारी दिन दिन सकिन्छ । अहिलेकै कुरा गरौं, भूकम्प पश्चात् नेपालमा निर्माण गरिँदै गरिएका करिब ५ लाख घरहरु निर्माणको निम्ति कि त कामदारहरु भारतबाट आएका छन् कि त चीनबाटै आएका छन् । तर नेपालमा भएका युवाहरु नेपालमा नै बसेर घर बनाउने, रङ लगाउने लगायतका श्रममा आधारित काम गर्न भने रुचाएको अवस्था छैन ।
नेपालीहरुमा एउटा बानी बसिसक्यो । त्यो के भने जस्तोसुकै काम भएपनि विदेशमा गएर पसिना बगाउन राजी हुन्छौं । तर नेपालमा राम्रो काम हुँदाहुँदै पनि यहीँ काम गर्न भने रुचि राख्दैनौं । हामी युवाहरुले यो मानसिकताको परिवर्तन गर्नुपर्छ । यसो हुन सकेको खण्डमा नेपालमा नै करिब ७ लाख युवालाई रोजगारी दिन सकिन्छ । यसरी हेर्दा तत्काल नै कृषि र पुनर्निमाणको क्षेत्रमा मात्रै करिब २० लाख युवाहरुलाई रोजगारी दिन सकिन्छ ।
अहिले नेपालमा आवश्यक सामाग्रीहरु मध्ये खाद्यान्न तथा लत्ताकपडाहरु अधिकांश भारतबाट भित्र्याइरहेका छौं भने इलेक्ट्रोनिक्स र इलेक्ट्रिक साधनहरु चीनबाट ल्याइरहेका छौं । अहिलेको खुल्ला बजार अर्थनीतिमा हामी सबै वस्तुमा आत्मनिर्भर हुन सक्ने अवस्था त नरहला तर कम्तीमा हामी खाद्यान्नमा त आत्मनिर्भर हुन सक्छौं नि । कमसेकम सोलारबाट चल्ने गाडी वा विद्युतीय रेल वा जलविद्युतलाई नै व्यापक मात्रामा उत्पादन गरी व्यावसायिक तवरले निर्यात गर्न सक्ने अवस्था सृजना गर्ने हो भने कम्तीमा नेपालमा डिजेल तथा पेट्रोलको निम्ति हाम्रो परनिर्भरतालाई अन्त्य गर्न सक्छौं । यसो हुुन सकेको खण्डमा हामीलाई छिमेकीले दबाउने प्रचलनमा समेत उल्लेख्य कमी आउनेछ ।
यसको मतलब तपाइंहरुले युवा वर्गलाई लक्षित गरेर लगानी गर्दै हुनुहुन्छ ?
हामी भन्दा अघिल्ला पुस्ताले विभिन्न हड्ताल र आन्दोलनमा नै बिताए । अहिले नेपालमा संविधान बनेको २ बर्षमा हामी मुलुकलाई समृद्ध बनाउने भन्ने मान्यताले बामपन्थीहरु एकै ठाउँमा उभिएका छौं । हामीले चाहेबमोजिमको समृद्धि प्राप्तिको निम्ति युवाहरुलाई प्रयाप्त स्थान दिइनुपर्छ, सीप र प्रविधिमा उनीहरुलाई दक्ष बनाइ क्षमता बमोजिमको जिम्मेवारी दिइनुपर्छ । हाम्रो युवा नीतिले पनि युवाहरु भनेका भविष्यका कर्णधार नभइ वर्तमानका हिस्सेदार नै हुन् भन्ने कुरा आत्मसात् गरेको अवस्था छ । यसैकारण युवाहरुलाई अधिक जिम्मेवार बनाई छिटो मुलुकको विकास गर्नु अहिलेको आवश्यकता बनेको छ । अहिले युरोपियन मुलुकहरुको जनसङ्ख्या घट्दो छ । यसैकारण उनीहरु विदेशबाट महँगोमा श्रम किनेर जनशक्तिहरु लिइरहेका छन् । कतिपय जापान वा युरोपमा असफल भएका मकम्पनीहरु पनि चीनमा भने निकै राम्रो तवरले चलेको पाउन सकिन्छ । यसो किन भयो भनेर पनि अध्ययन गर्ने हो भने हामीले निकाल्ने निष्कर्ष भनेको चीनमा सस्तो श्रम मूल्य र प्रयाप्त जनशक्तिको उपलब्धतालाई नै महत्वपूर्ण उपलब्धि मान्न सकिन्छ । जसले गर्दा चीनले विश्वलाई छोटो अवधिमा नै चुनौती दिने क्षमता विकास गरेको छ ।
ठीक नेपालमा पनि त्यस्तै सम्भावना छ । यसैकारण अबको १५–२० बर्षपछि हामी पनि युरोपियन मुलुकको अहिलेको अवस्थामा पुग्नेवाला छौं । यसको कारण भनेको अहिलेको सचेत पुस्ता धेरै सन्तान जन्माउन चाहँदैन । जसले गर्दा जनसङ्ख्या वृद्धिदर निकै कम हुनेछ । यसैकारण हाम्रो अल्पविकसित देशको सूचीमा परेको नेपाललाई विकसित देशको रुपमा विकास गर्नको निम्ति नेपालमा युवा वर्गलाई परिचालन गर्नुको विकल्प छैन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply