हामीसँग अल्झने समय छैन
हामी राजनीतिक आन्दोलनको एउटा चरण पार गरेर अब यस बिन्दुमा आइपुगेका छौं, जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा हाम्रा आजका प्राथमिकता, विचारहरू र कामहरू केमा केन्द्रित गर्नुपर्छ भन्ने कुरामा विचार गरेर अगाडि बढ्नुपर्ने अवस्था छ । हाम्रो समाजको चरित्र पनि मेलमिलापयुक्त ढंगले अगाडि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यौं । जनतामा सार्वभौमसत्ता आइसक्यो । सार्वभौम जनता सबै कुराका अन्तिम निर्णायक शक्ति हुन् । हामीले प्रणाली मात्र होइन, प्रक्रिया पनि (लोकतान्त्रिक) समेत अवलम्बन गरेका छौं, अगाडि बढाएका छौं । जनताका सार्वभौमसत्तालाई संवैधानिक हिसाबले र व्यावहारिक रूपमा समेत संविधान कार्यान्वयनमार्फत निर्वाचन पनि गराएर, संरचनाहरू पनि तयार गरेर र संरचनाहरूलाई संविधान कार्यान्वयनका निम्ति गतिशील बनाउने सन्दर्भमा हामीले बाटो तय गरिसकेका छौं, अगाडि बढिसकेका छौं ।
यस्तो अवस्थामा हामीले अब सुशासन र विकासका प्रश्नहरूमा आफ्ना सम्पूर्ण विचार र प्रयासहरूलाई केन्द्रित गरेर अगाडि बढ्नु जरुरी छ । विभिन्न दल छौं । हामीले रोजेको प्रणाली हो– बहुदलीय व्यवस्था । बहुदल, बहुविचार, बहुलता र विविधता हामीले रोजेको, छानेको र स्विकारेको प्रणाली हो । यसमा स्वाभाविक रूपमा केही मतभेद हुन सक्छन् । तर, हामी आधारभूत र महŒवपूर्ण कुरामा एकताबद्ध भएर, स्वस्थ प्रतिस्पर्धाको बाटोबाट अगाडि जान सक्छौं । हिजो हामी लोकतन्त्रको लडाइँमा थियौं । त्यो लडाइँमा हामी साथसाथै अगाडि बढेका थियौं । हाम्रा तरिकाहरू, बाटाहरू फरकफरक भए पनि गन्तव्य एउटै थियो । त्यसकारण, विभिन्न ठूला असहमतिका बाबजुद हामी सहमतिको बिन्दुमा पुगेका छौं र आज यस ठाउँमा छौं । आज प्रणालीको ग्राह्यता, उपलब्धिहरूको अर्थ र मर्मसहित त्यसको स्वीकार्यता, तीनलाई संस्थागत गर्ने संविधान, तिनको कार्यान्वयन र अब समाजलाई अगाडि बढाउने अभियानमा हामी एउटै यात्रामा अगाडि पनि बढेका छौं । हाम्रो समाजको चरित्र पनि अलिक त्यस्तै छ । हामी संघर्ष गर्दा पनि संघर्षबाट अन्तिममा फेरि सहमतिमा पुग्छौं । हाम्रा संघर्षहरूको र संघर्षका उपलब्धिहरूको टुंगो लगाउने विधि पनि त्यही छ । २००७ सालमा आन्दोलन भयो । सशस्त्र संघर्ष भयो । त्यो संघर्ष सम्झौतामा टुंगियो । राणाशासनविरुद्ध आन्दोलन गरिएको थियो, तिनै राणालाई प्रधानमन्त्री बनाएर, जुन राजा भागेका थिए । तिनलाई फेरि बोकेर ल्याएर आसन ग्रहण गराएर, आन्दोलनकारी शक्ति सरकारमा सहभागी भएर सहमति बनेको थियो । र, सहमितकै बाटोमा देश अगाडि बढेको थियो । जहाँ सहमति भयो र सहमतिका साथ लोकतान्त्रिक शक्तिहरू अगाडि बढे, त्यहाँ हामीले ठूल्ठूला सफलताहरू प्राप्त गरेका छौं । संघर्षका मैदानमा, आन्दोलनका क्रममा सफलता प्राप्त गरेका छौं । पछिल्ला अवधिमा जहाँ हामी एकताबद्ध भएनौं, त्यहाँ हामीले असफलता र पीडा भोग्नुपरेको छ । जहाँ एकताबद्ध भयौं, त्यहाँ सफल भएका छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन्, जतिबेला हामी एकताबद्ध हुन सकेनौं । निर्दलीय निरकुंशतन्त्र त्यतिबेलासम्म चलेको छ, जतिबेलासम्म हामी एकताबद्ध हुन सकेनौं । २०४६ सालमा हामी एकताबद्ध भयौं, ३० वर्षको पञ्चायत ढल्यो । निरंकुशतन्त्र ढल्यो । पछि पनि हामी एकताबद्ध भयौं, माघ १९ जस्ता कदमहरूलाई परास्त ग¥यौं । राजतन्त्रका निरंकुश हुने सपनाहरूलाई हामीले परास्त ग¥यौं । एकताबद्ध भएर नै हामीले संविधान जारी गर्न सकेका हौं । नत्र भने संविधान जारी गर्न सकिने थिएन । एकताबद्ध नभएको भए संविधान जारी भइसकेपछि पनि निर्वाचन सम्भव हुने थिएन । निर्वाचन पनि हामीले एकताबद्ध भएर सम्पन्न ग¥यौं । अब हामी यी सबै काम भइसकेको अवस्थामा आइपुगेका छौं र हामीलाई अनुभवहरूले एकताबद्ध ढंगले अगाडि बढ्न शिक्षा दिएको छ ।
अब हाम्रा एजेन्डाहरू, विषयहरूलाई पनि हामीले सुशासन र विकासतर्फ केन्द्रित गर्न जरुरी छ । यसो गर्दा आइडोलोजिकल आग्रहमा अल्झिन, ती मतभेदले सत्यलाई अस्वीकार गर्ने, सत्यभन्दा संलग्नतालाई माथि ठान्नेजस्ता कुराहरू ठीक होइन । संलग्नतालाई महŒवपूर्ण ठान्ने र सत्यलाई कम महŒव दिने कुराहरू हामीले गर्न यतिबेला अब हामीसँग समय छैन । विकास, विज्ञान प्रविधि, पूर्वाधार, कनेक्टिभिटी, अरू विभिन्न हिसाबले आज दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ । यो तीव्रमा गतिमा अगाडि बढेको दुनियाँको गतिलाई हामीले पक्रन सकेनौं भने हामीले समय खेर फालेका हुन्छौं । समयले हामीलाई पर्खेको हुँदैन, पर्खंदैन । आज हामी विकासको यस गतिलाई समाउन सकौं । यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले बलिदानपूर्ण संघर्षबाट लडेर ल्याएको प्रणाली, त्यस प्रणाली अनुकूलको संविधान, त्यस संविधान अनुकूलका कानुनको निर्माण र कार्यान्वयनजस्ता कुरामा सरकार प्रतिबद्ध छ । हामी यतिबेला, ससाना कुरामा अल्झिने, आग्रहहरूमा अल्झिने, अनावश्यक बहसहरूमा अल्झिनेजस्ता कुराहरू गर्न उपयुक्त हुँदैन ।
केही दिनपछि मैले आजको राजनीतिक अवस्था, अहिले चर्चामा रहेका विभिन्न समसामयिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम, तत्सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आदिबारे छुट्टै आफ्ना विचार राख्नेछु । आज म विषयहरूमा केही प्रवेश गरिरहन आवश्यक ठान्दिनँ । तर, हामी अलिकति विलम्ब भइसकेका छौं । सभामुख चयनकै सन्दर्भमा पनि अलिकति विलम्ब भयौं । अब हामीले विलम्ब गर्नुहँुदैन । र, हाम्रा कामहरूलाई संसदले पनि र सरकारले पनि र हरेक ठाउँबाट तीव्र गतिमा अगाडि बढाउन जरुरी छ । नत्र, हामी वास्तवमै पछाडि पर्छांै । हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर ऐनहरू पारित गर्नुपर्ने छ । प्रस्तावहरू पारित गर्नुपर्ने छ । हामीले धेरै अगाडिदेखि बढ्दै आएका विभिन्न चरणहरू पार गर्दै आएको, ६÷७ जना प्रधानमन्त्रीका कार्यकाल गुजार्दै अगाडि आएको र अहिले संसद्समक्ष अनुमोदनका लागि प्रतीक्षा गरिरहेको एमसिसीजस्ता कुराहरू पारित गर्नुपर्ने छ । यस्ता अनेक विषयहरू हाम्रा अगाडि छन् । जसको सम्बन्धमा म सविस्तार पछि भन्नेछु ।
अहिले हामी नयाँ वर्ष–२०२० मा प्रवेश गरेका छौं । यो वर्षलाई हामीले भ्रमण वर्षका रूपमा अगाडि सारेका छौं । यसमा सुरुमै हामीलाई अलिकति धक्काका संकेतहरू प्राकृतिक हिसाबले देखापरेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नुपर्ने छ । सरकार त्यसको तयारीमा लागेको छ । यस अधिवेशनलाई अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर हाम्रा अगाडिका थुप्रै कामलाई सहज ढंगले अगाडि बढाउनुपर्नेछ । ती काम अगाडि बढाउन हामी सफल हुनेछौं । यस काममा सभामुख महोदयको सफल नेतृत्व सदनमा रहनेछ भन्ने मैले विश्वास लिएको छु ।
(हिजो मंगलबार संसद्मा गरिएको सम्बोधनको अंश)
सम्बन्धित समाचार
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- काठमाडौंमा आज यस वर्षको सबैभन्दा जाडो
- चार प्रदेशमा विहानैदेखि बर्षा
- राष्ट्रसंघका महासचिव गुटेरेस अन्नपूर्ण बेसक्याम्पमा
- बझाङमा फेरी भूकम्प
- देशभरका शिक्षक कर्मचारीहरू आजदेखि काठमाडौंमा सडक आन्दोलन गर्दै
- नेपाल टेलिकमको १९ औं वार्षिकोत्सव सम्पन्न
- ६८ यात्रु बोकेको यतीको जहाज पोखरामा दुर्घटनाग्रस्त
- भारतीय बजारमा तीन अकंको आर्थिकबृद्धि हासिल गर्ने मोटोरोलाको दाबी
- के भयो भारत–नेपाल नवौं परियोजना अनुगमन समिति बैठकमा ?
- भारतमा डिजिटल भुक्तानीको नयाँ योजना
- लालचमा होस नगुमाऊ
Leave a Reply