विदेशमा रहेका श्रमिकको रगत–पसिनाबाट देश चलिरहेको छ : प्रधानमन्त्री

६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेश जाने श्रमिकको रगत र पसिनाबाट देश चलिरहेको बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं साधारणसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले श्रमिकको हक र हितको लागि वर्तमान सरकारले केही नयाँ गर्न चाहिरहेको बताएका छन् ।
विदेशमा रहेका श्रमिकले पठाएको रेमिट्यान्सबाट देश चलिरहेको भन्दै सरकार उनीहरूको हकहितको लागि अहोरात्र खटिएर काम गर्ने बताए । सरकार ऐन संशोधनदेखि लिएर व्यवसायीहरूका समस्या समाधानका लागि प्रतिबद्द रहेको बताए । वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्न व्यवसायीहरूले सरकारलाई सहयोग गर्नुपर्ने बताए । ‘हामीले मिलेर नयाँ काम गर्नुपर्छ । त्यसका लागि सरकार तयार छ उनले भने ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताएका छन् । ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीहरूको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ’, उनले भने, ‘विदेशमा रहेका नेपालीहरूको बीमा, श्रम स्वीकृति, क्षतिपूर्ति रकममा वृद्धि लगायत महत्वपूर्ण काम भएका थिए । यस पटक विदेशका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु ।
प्रधानमन्त्रीले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताए । देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु,’ उनले भने, ‘देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु ।’ प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गरे ।
अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु । यो व्यवसाय संवेदनशील छ’, उनले भने, यसलाई व्यवस्थित र मर्यादित बनाउनै पर्छ । यसभित्र थुप्रै विकृति र विसंगति छन्, अन्त्य गर्नुपर्छ । मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईहरूको साथ हुनेछ ।’
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply