लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरीको दाबी पेस
१४ वैशाख, बुटवल । लुम्बिनी प्रदेशमा आठ राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउने गरी दाबी पेस भएको छ ।
आज (बिहीवार) दिउँसो ४ बजेसम्म बहुमतको सरकारका लागि दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयले आह्वान गरेको थियो । सोहीअनुसार कांग्रेस, नेकपा माओवादी केन्द्रसहित आठ राजनीतिक दलसहित ५३ जना सांसदको हस्ताक्षर बुझाइएको कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले जानकारी दिए ।
प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा संविधानको धारा १६८ को ३ अनुसार एमालेले आफ्नो नेतृत्वमा अल्पमतको सरकार बनाउने तयारी थालेको थियो । तर प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार नै नयाँ सरकार गठनका लागि आह्वान गरेपछि बहुमतको सरकार गठन हुन लागेको हो ।
प्रदेशमा ८७ जना सांसद रहेका छन् । जसमा सबैभन्दा ठूलो दल एमाले हो । एमालेले संविधानको धारा १६८ को उपधारा ३ अनुसार ठूलो दलको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउनु पर्ने माग गर्दै प्रदेश प्रमुख शेरचनलाई ज्ञापनपत्र बुझाएको थियो ।
लुम्बिनी प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, राप्रपाका चार, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टीका तीन, जनता समाजवादी पार्टीका तीन, लोकतान्त्रिक समाजवादी पार्टीका तीन, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक-एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
-
कालीमाटी बजार अपडेट: आज तरकारी–फलफूलको भाउ कति?
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
पूर्वमन्त्री दीपक खड्का थुनामुक्त — सर्वोच्चको आदेश
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
बुटवलमा फुटपाथ अतिक्रमण हटाउने अभियान सुरु, डोजर चल्यो
Leave a Reply