काठमाडौं । ग्रान्डी अस्पतालमा स्थायी समितिको बैठक सकेर हतार–हतार शपथका बारेमा कुरा गर्न बालुवाटार पुगेका एमालेका नेताहरूले सोमबार प्रधानमन्त्री सुशील कोइरालाबाट नराम्रो हप्काइ खानुपर्यो । ‘मैले यस्तो गर्नुहोला भन्ने सोचेकै थिइनँ’ भनेर आधा बुझिने–आधा नबुझिने गरी कोइरालाले बोलेको बोल्यै गर्दा एमाले उपाध्यक्ष वामदेव गौतम र सचिव विष्णु पौडेललाई मात्र होइन, कांग्रेस नेता मीनेन्द्र रिजाललाई पनि असजिलो लागेछ ।
१८ फाल्गुन २०७०, आईतवार ०५:५०
बीचमै प्रधानमन्त्री कोइरालालाई रोकेर रिजालले भने– ‘प्रधानमन्त्रीज्यू, कति पुरानो कुरा कोट्याउने ? असमझदारी भएको बेला त्यस्ता कुरा आउँछन्...