नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको छ : एमाले महासचिव पोखरेल

२ फागुन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस नेतृत्वको गठबन्धन भत्काएर नयाँ सरकार बनेपछि जनतामा आशाको सञ्चार भएको बताउनु भएको छ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
‘पाँच दलीय गठबन्धनले बहुमत ल्याउन सकेन । हामीले सोचेजस्तो मत नल्याए पनि कमजोर भएनौं। चौतर्फि घेराबन्दीका बीचमा पनि हामी पहिलो लोकप्रिय पार्टी हौं,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले भारतले २०७२ सालमा लगाएको नाकाबन्दी पार्टी अध्यक्ष केपी शर्मा ओलीले असफल बनाएको तथ्य पनि राख्नुभयो । एमाले अध्यक्ष ओलीको नेतृत्वमा नाकावन्दी असफल बनाउनुका साथै मुलुकको विकास र समृद्धिको लागि अगुवाइ पनि ओलीले नै गरेको बताउनु भयो ।
‘देशको स्वाधीनता र राष्ट्रिय हितको प्रश्नमा भारतीय नाकाबन्दीलाई असफल बनाउने नेतृत्व हाम्रो पार्टी अध्यक्षले गर्नुभयो, महासचिव पोखरेलले भन्नुभयो, ‘नेपालको राजनीतिमा अराजतकता छ । राजनीतिलाई परिवर्तनअनुसार अगाडि बढाउने हो भने हामीले अवसरवादमाथि विजयी हासिल गर्नुपर्छ ।
महासचिव पोखरेलले मुलुकको बलियो राष्ट्रय शक्ति बन्ने सामथ्र्य एमालेसँग मात्रै भएको बताउनु भयो । एमालेलाई बहुमतप्राप्त पार्टी बनाउन अबको लक्ष्य भएको उहाँको भनाइ छ ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply