पीयूमा मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति

२४ माघ, मोरङ । मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ ।
पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माले बताए ।
अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि मोरङ क्षेत्र नं ३ का सांसद डा शर्मा तथा प्रदेशमन्त्री जीवन आचार्यलगायतले पहल गरेको र प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री दुवै सकारात्मक भएपछि मन्त्रिपरिषदबाट निर्णय भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगरप्रमुख शिवप्रसाद ढकालको भनाइ छ ।
सांसद डा शर्माले चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका थिए । उनले कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न नपाइने बताए। ‘त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो, उनले भने ।
उनले विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा सघनरूपमा छलफल भइ मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको उल्लेख गरे । अब कुनै पनि बहानामा अस्पताल सञ्चालनरोकिने छैन, शर्माले भने, अस्पताल पूर्णरूपमा सञ्चालन भएसँगै मेडिकल कलेज सुरु गर्न अब कुनै अप्ठ्यारो हुँदैन ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति कोइरालाले आगामी वर्षदेखि मेडिकल कलेज सञ्चालन र भर्ना प्रक्रिया सुरु हुने जानकारी दिए । ‘मन्त्रिपरिषद्ले कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग स्वीकृति दिएको छ’ उपकुलपति कोइरालाले भने, अब बाँकी काम विश्वविद्यालयले अगाडि बढाउने हो ।
उनका अनुसार मन्त्रिपरिषद्ले कोसी अस्पताल प्रयोग स्वीकृति दिएसँगै विश्वविद्यालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा मन्त्रालयबीच त्रिपक्षीय समझादारीमा हस्ताक्षर हुनेछ । सम्झौतासहितको सम्पूर्ण प्रतिवेदन चिकित्सा शिक्षा आयोगमा विश्वविद्यालयले पेस गर्नेछ । विश्वविद्यालयले पेस गरेको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा आयोगले कोटासहित मेडिकल कलेज सञ्चालनको अनुमति दिएपछि भर्नाको प्रक्रिया प्रारम्भ हुनेछ ।
विश्वविद्यालयका उपकुलपति कोइरालाले विश्वविद्यालयले थप केही आवश्यक सुधार गरी गोठगाउँ अस्पताल सञ्चालन गरिरहेको बताए । उनले स्थानीय समाजलाई अस्पताल तथा मेडिकल कलेजसँग जोडेर गोठगाउँमा विश्वविद्यालय भएको अनुभूति दिलाउन सफल भएको उल्लेख गरे । कोइरालाले भने, ‘अब नयाँ प्रक्रियाबाट काम अघि बढेर तीन सय शय्याको अस्पतालसमेत सञ्चालन हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
विश्वविद्यालयका अस्पताल निर्देशक डाक्टर डा विपेश आचार्यले हाल अस्पतालले १२ जना विशेषज्ञ डाक्टरसहित करिब ८५ जना जनशक्तिबाट स्वास्थ्य सेवा दिइरहेको उल्लेख गरे । ‘हामीले २०७७ साल कात्तिकमा पूर्वाञ्चल विश्वविद्यालयको प्रधान कार्यालय गोठगाउँमा सरेपछि यहाँ अस्पताल छ, भन्नेसम्म बनाएका हौँ । हाल दैनिक न्यूनतम तीन सय ५० देखि चार सय जनासम्म बिरामीले अस्पतालबाट सेवा लिइरहेका छन्, उनले भने ।
स्थापनाकालमा सात सय शय्याको अनुमति लिएको पनि घटाएर तीन सय शय्याको अस्पताल सञ्चालन गर्ने निर्णय भएको हो । विसं २०६५ मा ५० शय्याको अस्पताल सुरु गरेको विश्वविद्यालयले हाल गोठगाउँमा आकस्मिक सेवासहित ३० शय्याको अस्पताल सञ्चालन गरिरहेको छ । अस्पतालमा आकस्मिक सेवा भए पनि हाल बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुँदै आएको छ ।
विश्वविद्यालयमा हाल चिकित्सा शास्त्रअन्तर्गत बिएस्सी नर्सिङ, पिबिएन, बिपिएच, बी फार्मेसी, बिएस्सी एमएलटी, एमपिएच र एम फार्मेसी गरी सात विषयमा पढाइ सञ्चालन भइरहेको छ । अहिले विश्वविद्यालयमा विभिन्न विषयमा गरी करिब सात सय विद्यार्थीहरू अध्ययानरत छन् ।
पूर्वाञ्चल विश्वविद्यालयले २०६१ सालमा रू ३० करोड लगानी गरी निर्माण गरेका भवनहरू कुनै समय काँसघारीले छोपिएका थिए । यतिबेला विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुने विषयले स्थानीय मात्र होइन विश्वविद्यालय प्रशासन पनि उत्साहित भएको विश्वविद्यालयका सिनेटसभा सदस्य लोकप्रसाद सङ्ग्रौलाले उल्लेख गरे ।
पूर्वाञ्चल विश्वविद्यालयको भवन २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले शिलान्यास गर्नुभएको थियो । नेपाल सरकारले विश्वविद्यालयलाई भोगचलन गर्न दिएको आठ सय पाँच बिघा जग्गामध्ये ८५ बिघा जमिनमा विश्वविद्यालयले घेराबार गरेको छ ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply