प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
६ चैत, काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिने विषयमा प्रश्न उठाएका छन्।
पुस १० मा प्रधानमन्त्री भएका प्रचण्डले दोस्रो पटक सोमबार विश्वासको मत लिँदै गर्दा पौडेलले प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री प्रचण्डले संसदमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा बोल्दै उनले सरकार बनेको छोटो समयमै दोस्रोपटक विश्वासको मत लिन लागेकोमा प्रश्न उठाएका हुन्। उनले यस्ता गतिविधिले मुलुकलाई अनिश्चिततातर्फ लैजाने पनि तर्क गरे।
उनले पुस १० को सहमति लत्याएर फेरि पुरानै गठबन्धनमा फकर्नुको कारण के हो भनेर पनि प्रचण्डलाई सोधे।
प्रचण्डले प्रधानमन्त्री हुनकै लागि एमालेलगायत दलको समर्थन लिएपछि छोटो समयमै पुरानै गठबन्धनमा फर्किने प्रचण्डको निर्णयको कारण पनि उनले खोजे।
प्रधानमन्त्रीले गरेको सहमतिको मूल्य हुन्छ कि हुँदैन? एउटा दलसँग गरेको सहमति राष्ट्रिय सहमति हुने अर्को दलसँगको सहमति सहमति नहुने?’, उनले भने, ‘सहमतिको परिभाषा यही हो? पुस १० गते किन बालुवाटारबाट निस्केर बालकोट जानु भयो? दुई महिना नपुग्दै किन पुरानो समीकरणमा जानु भयो यसको जवाफ दिनुपर्छ।’
पौडेलले प्रचण्डलाई विश्वासको मत दिनुपर्ने कुनै आधार र कारण नेखिएको भन्दै सिंगो संसद यसको विपक्षमा उभिनुपर्ने पनि जिकिर गरे।
उनले सिंगो संसदलाई विश्वासको मतसम्बन्धन्धी प्रस्तावको विपक्षमा उभिन पनि आग्रह गरे।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
- राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण : ओली
Leave a Reply