राष्ट्रपतिमा एमालेको उम्मेदवार रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलायो : पृथ्वीसुब्बा गुरुङ

२८ माघ,काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले राष्ट्रपतिमा एमालेका उम्मेद्वारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको बताएका छन् ।
एमाले ताप्लेजुङ–काठमाडौं सम्पर्क मञ्चले आज (शनिबार) काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गुरुङ सरकारलाई समर्थन गरेर कांग्रेसले विभिन्न पदका लागि ढडिया थापेको भन्दै अहिले राष्ट्रपतिमा एमालेका उम्मेदवारलाई रोक्न कांग्रेसले राष्ट्रिय सहमतिको बहस चलाएको आरोप लगाएका हुन् ।
कांग्रेसकै कारण राष्ट्रपति निर्वाचनमा एमालेलाई माओवादीले भोट हाल्छ कि हाल्दैन भन्ने आशंका पैदा भएको उनको भनाइ छ । उपमहासचिव गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर बामपन्थी गठबन्धन बनाउन एमाले सफल भएको भन्दै यसलाई लामो समय कायम राखेर प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने धारणा व्यक्त गरे । दलीय हिसाबमा वर्तमान सरकारमा एमालेले ११ मन्त्रालय पाउनुपर्ने भए पनि गठबन्धनलाई जोगाउनका लािग आफ्नो पार्टी उदार भएर कम मन्त्रालय लिएको स्पष्ट पारे ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply