रास्वपालाई सरकारमा फर्काउने कोशिस जारी छ : उपमहासचिव ज्ञवाली

काठमाडौँ । सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा फर्काउने कोशिस जारी रहेको बताएका छन् ।
आज बिहीवार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्दै उपमहासचिव ज्ञवालीले पूर्व सहमतिअनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनु पर्नेमा जोड दिए । उनले भने, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छोड्ने परिस्थिति हुनु निश्चय नै दुःखद विषय हो । यसमा समीक्षा हुँदै गर्ला । त्यो पार्टीका सभापति रवि लामिछानेजीले नागरिकता पुनः प्राप्तिको सन्दर्भमा केही प्रक्रियागत त्रुटि गर्नुभएको कारणले उहाँको पद रिक्त हुन गयो । त्यसले उत्पन्न भएको समस्या देखिन्छ ।
उनले भने, तर हामीले पुस १० गते यो नयाँ कोर्स निर्माण गरिरहँदा र पछि मन्त्रीमण्डल विस्तार गरिरहँदा जुन ढङ्गले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसाबले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपथ्र्यो भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भए पनि उहाँहरूलाई सरकारमा होल्ड गरिराख्नुपथ्र्यो । व्यक्ति कसलाई पठाउनु हुन्थ्यो, त्यो उहाँहरूको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरू बाहिरिनु भएको छ । तर बाहिरिए पनि सरकारलाई उहाँहरूको समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरूलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने कोशिस जारी छ ।
उपमहासचिव ज्ञवालीले जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोशिस जारी भएको उनले बताएका छन् । फरक–फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिन सक्ने भन्दै ती असमझदारीलाई समाधान गर्न सकिनेमा उनले विश्वास व्यक्त गरे । उपमहासचिव ज्ञवालीले वर्तमान सत्तारूढ गठबन्धनलाई टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको पनि स्पष्ट पारे । एमालेले गठबन्धन टिकाउने सङ्कल्प गरेको पनि उनले उल्लेख गरे ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply