सडक दुर्घटना कम गर्न ‘रोड सेफ्टी’ काउन्सिल बनाऔं : भट्टराई

३ फागुन, काठमाडौं । सत्तारूढ नेकपा (एमाले) का सांसद योगेश भट्टराईले सडक दुर्घटनामा परी नेपालमा धेरै युवाले ज्यान गुमाउँदै गएको बताएका छन् । आज (बुधबार) को प्रतिनिधिसभा बैठकमा उनले विश्वमा सडक दुर्घटना कम गर्न विभिन्न काम गरिएको बताएका छन् । उनले नेपालमा भने दुर्घटना बर्षेनी बढिरहेको भन्दै संसदको ध्यानाकर्षण गराए ।
उनले नेपालमा वार्षिक चार हजारभन्दा बढी मानिसको मृत्यु सडक दुर्घटनामा परेर हुने गरेको तथ्यांक प्रस्तुत गरेका छन् ।
‘नेपाल प्रहरीले पनि तीन हजार बढी भएको तथ्यांक देखाउँछ । यसबाट वार्षिक ३ प्रतिशत जीडीपी गुमाएको तथ्यांक छ । यो डरलाग्दो तथ्यांक छ । दुईपांग्रे सवारी चालकको मृत्यु ५० प्रतिशत छ । सडक दुर्घटनाबाट युवा उमेर समूहका मृत्यु हुने गरेको छ, उनले भने ।
संयुक्त राष्ट्रसंघ ‘रोड सेफ्टी’ र मृत्युदर घटाउन लागिपरेको भए पनि नेपालमा बढिरहेको उनले उल्लेख गरे । उनले रोड सेफ्टिी ऐन ल्याउने र रोड सेफ्टी काउन्सिल बनाउन ढिला गर्न नहुनेमा जोड दिए । आज हामी सडक विभागले सडक बनाएर उसैले क्वालिटी जाँच्छ, यातायात विभागले लाइसेन्स दिएर उसैले जाँच गर्छ । यो व्यवस्था विश्वमा छैन । रोड सेफ्टी काउन्सिल बनाउनु पर्छ भनेर हामीले भनिरहेका छौँ, उनले भने, नियमको संशोधन गर्ने, रोड सेफ्टी ऐन ल्याउने, काउन्सिल बनाउनेलगायत काम गर्नुपर्छ ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply