सांसद यस्तै काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको लिएर लखेट्छन् : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले सांसदहरु काठमाडौँमुखी भएर बस्न नहुने बताएकी छन् । आज (बिहीबार) संसद भवनमा आयोजित प्रतिनिधि सभाका सदस्यहरुको लागि दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सांसदहरु यस्तै काठमाडौँमुखी भए गाउँ जाँदा नागरिकले राँको बालेर लखेट्ने बताएकी हुन् ।
‘हामी काठमाडौँ केन्द्रित मात्रै भएर बस्ने हो भने हामीलाई गाउँमा जाँदा नागरिकले राँको बालेर खेदाउँछन् । सांसदहरु काठमाडौँ मात्र केन्द्रित हुनु हुँदैन । सांसदहरुले स्थलगत अवलोकन गरेर नागरिकका समस्यालाई उठाउनु पर्छ ’ उनले भनिन् ।
यस्तै उनले अवलोकनका क्रममा उपसभामुख पदलाई हेप्ने गरेको पाएको बताएकी छन् । उनले उपसभामुखलाई उप÷चुप जस्ता वाक्यांशहरु प्रयोग गरेर हेप्ने गरेको बताइन् । आफू उपसभामुख भइसकेपछि केही जिल्ला भ्रमण गर्दा यस्तो पाइएको उनले बताइन् ।
उनले भनिन्, मैले केही गाउँको अवलोक गरें । उपसभामुखलाई उप, चुप भन्ने गरेको पाएँ । मैले यसमा उप अब उपर अर्थात् माथि जाने हो भनेर आएकी छु । उपसभामुख रानाले सांसदहरुले स्थलगत अवलोकन गरेर गाउँघरका समस्यालाई संसदमा उठाउनु पर्ने बताएकी छन् ।
सम्बन्धित समाचार
-
एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
-
राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
-
सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
-
एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
-
लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
-
नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
-
देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
-
उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
-
प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
-
प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
-
प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
-
यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply