16th January 2018, Tuesday

E-budhabar

लहान सहरको विकास पुनरुत्थान गर्नेछु



लहान सहरको विकास पुनरुत्थान गर्नेछु

० मेयरका रूपमा तपाईंको चुनावी एजेन्डा केके छन् ?

– आज यहाँ अनेकथरी उम्मेदवारहरूले यो गरी दिन्छु र त्यो गरी दिन्छु भनेर फुर्ती हाँक्दै छन् । तर, सामाजिक मनोविज्ञानमा भएको नाकारात्मक असर कसैले देखेका छैनन् । लहान नगरको सत्व हराएको छ । सात्तो गएको मानिसजस्तो लहान नगर निष्प्राण भएको छ । हिजो उदयपुर, धनुषा, सप्तरी र सिरहाकै विभिन्न भागबाट मानिसहरू सामान खरिद गर्न लहान बजार आउँथे । तर, आज लहानका मानिसहरू कपडा किन्नसमेत गोलबजार जानुपर्छ । व्यापार किन चौपट भयो लहानको ? कसैले सोचेको छ ? माओवादी द्वन्द्वकालमा लहान बजारमा हमला भयो । एकपटक होइन, दुईपटक हमला भयो । भौतिक संरचनाहरू ध्वस्त पारियो । आज ती ध्वस्त पारिएका संरचनाहरू भग्नावशेष बनेर बजारलाई कुरूप बनाएको छ । चारैतिर सन्देश फैलियो लाहान अशान्त ठाउँ हो । ठुला व्यापारी र पुँजी यहाँबाट पलायन भयो । आफ्नै समाजमा मानिस मानिसबाट डराउनुपर्ने, समुदायहरूबीच अविश्वास, घृणा र द्वेष जन्माउने र डर तथा त्रासका कारण थातथलो छोडेर हिँड्नुपर्ने अवस्था आयो । समाजमा द्वेष र घृणाको बीजारोपण भयो । जसले गर्दा लहान नगरले आफ्नो वैभव गुमायो । व्यापार पतन भयो । सहरको विकास अधोगतितिर गयो । यसलाई फेरि पुनरुत्थान गर्नु छ ।

० किन यहाँका जनताले एमालेलाई नै भोट दिने ?

– रसातलमा पुगेको आर्थिक गतिविधिलाई फेरि उकास्नु छ । सामाजिक सौहार्दतालाई पुनः जीवन्त तुल्याउनु छ । सामाजिक मनोविज्ञानलाई परिवर्तन गर्नु छ । यो काम चानचुने काम होइन । एउटा दुरदर्शी नेतृत्व र शान्तिप्रिय नीति अँगाल्ने राजनीतिक दलबाट मात्र यो कार्य सम्भव हुन सक्छ । कतिपय उम्मेदवार र राजनीतिक दलहरूको चाहना नै छ जितेर कुनै खास समुदायको दबदबा कायम गर्ने । तर, हामी एउटा समुन्नत सहर लहानको स्थापना चाहन्छांै । हामी समाजमा जन्मिएको मनोमालिन्य, घृणा, द्वेष र अविश्वासलाई समाप्त पार्न चाहन्छांै । समुदायहरूबीच हार्दिकता बढाउन चाहन्छौ । यी कार्यहरू उग्रता देखाउनेहरूबाट सम्भव छैन । यसका लागि एमालेले जित्नैपर्छ । नत्र, लहान नगरको सामाजिक शान्ति र सौन्दर्य हराएर जान्छ । मतदाताहरूले यहाँनिर गम्भीरतापूर्वक सोच्न आवश्यक छ । मुनि साह र सरियार चौधरीले जित्यो भने समाजमा अमनचयन, भ्रातृत्व, सदाचार, सहिष्णुता र शान्ति कायम हुनेछ । त्यसैले पनि यहाँका जनताले हामीलाई भारी मतले जिताउनुहुनेछ भन्ने आशा छ ।

० पछिल्लो समय जातीय सद्भाव भड्काउन खोजिँदै छ, यसमा के भनाइ छ ?

– लोकतन्त्रलाई जीवन पद्धति बनाउनेहरूले जातिय कुरालाई महŒव दिनुहुँदैन । जातीय कुरा सामाजिक रहनसहन र सांस्कृतिक जगेर्ना गर्ने कुरामा मात्र सुहाउँछ । लोकतन्त्र राजनीतिक कुरा हो । राजनीतिमा जातीय बाहुल्यले अर्को समुदायलाई प्रताडित गर्छ । जातीय राजनीति विषको वृक्ष हो । लोकतन्त्रमा जातिय नारा ग्राह्य हँुदैन । जातीय नाराले लोकतन्त्र फस्टाउँदैन । कुनै खास जातिको मानिस शासन गर्न जन्मेको हो भन्नेहरू लोकतन्त्रका अनुयायी हुन सक्दैनन् । त्यस्ता छद्मभेषी र आडम्वरीहरूवाट आम मतदाता र जनता सावधान हुनुपर्छ । विविधता नै सुन्दरता हो । समाजमा विभिन्न जातजातिको मानिस मिलेर बसे भने मात्र समाज सुन्दर हुन्छ । सधैंसधैं शासनमा एउटा खास जातिको बाहुल्य समाजका अन्य वर्ग र तहका लागि घातक हुन जान्छ । समाजको विविधतालाई बचाउनु छ । त्यसकारण, नीति प्रधान राजनीतिमा विश्वास गरौं । नीतिवान् र आचरणशील नेतालाई छानौं । राजनीतिमा बाहुबलीहरूलाई परास्त गरौं । नत्र राजनीतिको अपराधिकरण हुन्छ र फेरी समाजले रुनु पर्छ । विचार गरौ एक व्यक्तिको गल्तीले समाजको थोरै भाग नष्ट हुन्छ तर आममानिसहरूबाट भुलचुक भयो भने समाजलाई दीर्घकालीन रूपमा नकारात्मक असर पर्छ ।

० लहानको विकास कसरी हुन सक्छ ?

– विकास राजनीतिक कुरा हो । किनकि, हाम्रो समाज वर्गीय छ । वर्गीय समाजमा विकास पनि वर्गीय हितमा लक्षित हुन्छ । विकासले पनि वर्गको पक्ष लिन्छ । माक्र्सवादी दर्शनले भन्छ निरपेक्ष निष्पक्षता सम्भव हुन्न । नगरपालिकाले गर्ने विकास पनि वर्गीय रूपमा पक्षपाति हुन्छ । मानिस को हो ? भन्दा पनि कुन कित्तामा उभिएको छ भन्ने कुरा राजनीतिमा महŒवपूर्ण हुन्छ । लहान नगरमा रहेका सहरी गरिबहरू, दलितहरू, महिलाहरू र अन्य अल्पसंख्यक वर्गहरूको उत्थानका लागि विकास लक्षित हुनुपर्छ । सामन्त र जातीय दुर्भावनाले भरिएका व्यक्तिहरूबाट गरिब, दलित र अल्पसंख्यकहरूको हितमा वा पक्षमा काम हुन सक्दैन । विकास हुन सक्दैन । २१सौं शताव्दी हो अहिले । अहिले विकासका कुरा सामाजिक न्याय र वातावरणीय न्यायसँग जोडिएको छ । लैंगिक न्यायसँग जोडिएको छ । विकासले सामाजिक न्यायको प्रत्याभूति, वातावरणीय र लंैगिक न्यायको ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने सामान्य अवधारणा पनि थाहा नभएका राजनीतिक दल र तिनका उम्मेदवारहरूले के विकास गर्लान् र ? उनीहरूलाई यति मात्र थाहा छ कि म फलानो समुदायको हुँ, फलानो क्षेत्रको हुँ र म फलानो पार्टीको हुँ, त्यसकारण मैले जित्नुपर्छ । लोकतन्त्रमा यो सर्वथा अनुचित हो ।

० लहानलाई समृद्ध पार्ने के योजना छ ?

–लहान नगरपालिका मेयरमा मुनि साह र उपमेयरमा सरियार चौधरी जित्यो भने एउटा सुरक्षित, सहिष्णु अमनचयनयुक्त समाजको आधारशिला खडा हुनेछ भन्ने जनविश्वास छाएको छ अहिले लहान नगरमा । आफू सरकारमा पुगेका बेला जहिल्यै नि विकासमा पर्याप्त बजेट छुट्ट्याएका, सामाजिक सुरक्षामा गहन योगदान गरेका, वर्गीय आन्दोलनलाई जोड दिएका नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकाहरूले लहान नगरपालिकाको बजेटलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेछ । रोजगारी सिर्जना गर्ने र युवाहरूलाई स्वरोजगारमा लाग्न उत्प्रेरित गर्ने खालको विकास कार्यक्रम ल्याइनेछ । उम्मेदवारहरूले गरिबको हातमा पुँजी पु¥याउँछु । गरिब दलितको थातथलो सुरक्षित बनाउँछु र उठिबासको भयवाट मुक्त बनाउँछु भन्ने घोषणा नै गरिसकेको छ । त्यति मात्र होइन अहिलेको जमानामा अत्यावश्यक सेवामा गनिने गाँस, वास, कपास, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक र बिजुलीलाई हरेक घरको अधिकारका रूपमा कार्यान्वयन गर्छु भनि घोषणापत्र नै सार्वजनिक गरेको छ । सार्वजनिक सेवा केन्द्र र संस्थाहरूको स्तरोन्नति गरी सेवालाई गुणस्तरीय र द्रुत बनाउने उनीहरूको प्रतिबद्धता छ । नगरपालिका व्यक्तिअनुसार होइन विधिअनुसार चल्ने तथा लोकतन्त्रको मान्यताअनुसार पूर्ण पारदर्शी बनाउने लक्ष्यका साथ चुनावी मैदानमा उत्रिएको छ । पछिल्लो समय पानी अभावमा बाँझो रहेका जमिनलाई सिञ्चित गर्न सिँचाइलाई पहिलो प्राथमिकतामा रहने भनि उद्घोष गरेको छ । लहान नगरपालिकालाई पाँच वर्षभित्र उपमहानगरको दर्जामा पु¥याउने भौतिक संरचनाहरूको विकास गरिने योजना सार्वजनिक गरिएको छ । सहरका मानिसहरूले दुर्गन्धमा बस्नुपर्ने बाध्यतालाई समाप्त पारिनेछ । समाजका कमजोर वर्गका लागि सामाजिक न्यायको प्रतयाभूति गर्न वृद्ध, अशक्त तथा वेसाहाराहरूको भत्तामा वृद्धि गरिनेछ । महिला हिंसालाई न्यूनीकरण गर्न विशेष कार्य गरिनेछ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

न्यायाधीशः दाइ कि कमरेड ?

कुनै बेला गोपाल पराजुली नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष थिए । उनले बीएल उत्तीर्ण गरे र वकालत सुरु गरे । यतिसम्म कसैलाई आपत्तिको विषय- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

जसराजको रचना संसार

तीसको दशकका प्रारम्भिक वर्षहरूमा जनसर्जकद्वय रामेश र मञ्जुलले नेपाली प्रगतिशील सांस्कृतिक आन्दोलनमा नौलो तरंग फैलाइरहेका थिए । राजनीतिक वृत्तमा झापा संघर्षले बेग्लै तरंगसमेत- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

परिवेशको जीवन्त बयान

नयाँ भूमिमा पाइला टेक्दा हरेक मानिसमा नौलानौला तरंग र अनुभूति जन्मिनु स्वाभाविकै हो । मानिस, स्वभावैले नयाँ ठाउँमा विचरण गर्न उत्साहित हुन्छन्, नयाँ ठाउँको प्राकृतिक सौन्दर्य,- ...
पूरा पढ्नुहोस्

छोटकरीमा