एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
१६ मंसीर, काठमाडौं । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ । हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो ।
आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ । स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुनेछ । दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । हिजो ७० किलोमिटर यात्रा गरेको थियो ।
मध्यपहाडको विकास र समद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका संकल्प यात्रा गरेको हो । मंसिर ६ गतेको केन्द्रिीय कमिटीले यस सम्बन्धी सम्पूर्ण कार्ययोजना पास गरेको थियो ।
यही यात्रा मार्फत एमालेले मध्यपहाडमा आफ्नो बर्चश्वलाई थप बलियो बनाउने नीति लिएको छ । जसका लागि यस क्षेत्रमा भइरहेको तिव्र बाह्य बसाँइसराइ,पूर्वाधारको समस्या,कृषी र पर्यटनको प्रर्वद्धन र पहाडलाई विकासका नमुना कसरी बनाउने भनेर बहस गरिने जनाएको छ । मंसिर १४ गतेबाट सुरु भएको यो यात्रा मंसिर २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply