19th September 2017, Tuesday

E-budhabar

३० मेनपावर कम्पनीलाई जरिवाना



काठमाडौं । वैदेशिक रोजगार विभागले फ्री भिसा फ्री टिकटको विवरण नबुझाएको अभियोगमा ३० वटा म्यानपावर कम्पनीलाई ५० हजारदेखि १ लाख रुपैयाँ जरिवानाको कारबाही गरेको छ । विभागका महानिर्देशक विश्वराज पाण्डेको निर्देशनअनुसार ती म्यानपावर कम्पनीलाई जरिवानाको कारबाही गर्ने निर्णय गरिएको हो ।
विभागका निर्देशक एवं प्रवक्ता मोहन अधिकारीका अनुसार एक लाख रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनी १६ वटा र ५० हजारहजार रुपैयाँ जरिवानामा पर्ने म्यानपावर कम्पनी १४ वटा रहेका छन् ।
१ लाख रुपैयाँ जरिवाना गरिएका १६ वटा कम्पनीको सूचीको अग्रपंक्तिमा सिद्धार्थ गौतम ओभरसिज प्रालि रहेको छ । उक्त कम्पनीले गत वर्ष १ हजार ६६ जना कामदार विदेश पठाएको थियो । १ लाख जरिवाना तिर्नुपर्ने सूचीको दोस्रो नम्बरमा युनाइटेड प्लेसमेन्ट इम्प्लाइमेन्ट सर्भिस प्रालि रहेको छ । उक्त म्यानपावर कम्पनीले गत वर्ष ८ सय ९३ जना कामदार वैदेशिक रोजगारीमा पठाएको थियो ।
त्यसैगरी १ लाख जरिवाना तिर्नुपर्ने सो समूहमा पर्ने अन्य म्यानपावर कम्पनीहरूमा क्यापिटल रिकुटमेन्ट सर्भिस प्रालि ८ सय ८ जना, मुनलाइट इन्टरनेसनल प्रालि ४ सय ४४ जना, सन रे ग्लोबल ओभरसिज प्रालि ३ सय ५२ जना, स्के इन्टरप्राइजेज प्रालि (तत्कालीन क्वेस्ट एसिया प्रालि ३ सय ५ जना रहेका छन् । १ लाख जरिवानामा परेका अन्य कम्पनीमा इनोभेटिभ सर्भिसेज प्रालि २ सय ५५ जना, फरदोस इन्टरनेसनल सर्भिस कम्पनी प्रालि २ सय ३४ जना, एसआरएस ओभरसिज सर्भिसेज प्रालि १ सय ८४ जना, रेडरोज इन्टरनेसनल म्यानपावर प्रालि १ सय ५६ जना, हामिदा इन्टरनेसनल प्रालि १ सय १८ जना, सार्प ह्युमन रिसोर्सेज प्रालि १ सय १६ जना, नेपाल रिक्रुटिङ सर्भिसेज प्रालि १ सय १३ जना, कौशिक जनशक्ति इन्टरनेसनल प्रालि ७४ जना, मुस्ताङ ओभरसिज प्रालि ४७ जना, सिनमल गोर्खा इन्टरनेसनल मेनेजमेन्ट सर्भिस प्रालि ४२ जना रहेका छन् ।
५० हजार जरिवानामा पर्ने म्यानपावरहरूमा राइजिङ स्टार ओभरसिज प्रालि ९० जना, बेबी एन्जल इन्टरनेसनल प्रालि २ सय ४७ जना, पिस नेपाल ओभरसिज प्रालि नौजना, जब सिकर म्यानपावर प्रालि १ हजार २ सय ६३ जना, सारथि ओभरसिज रिक्रुटमेन्ट प्रालि ४ सय ५० जना, एसोसिएट्स वेलकम इन्टरनेसनल प्रालि १ सय ४२ जना, रिजा ओभरसिज इम्प्लाइमेन्ट प्रालि १६ जना, एपोलो मेनपावर सर्भिसेज प्रालि १ सय २२ जना, एबीसी ओभरसिज प्रालि ५ सय २७ जना, स्तुपा ओभरसिज सर्भिस प्रालि १ सय ६४ जना, मेरिडियन मेनपावर सर्भिस प्रालि ३ सय २२ जना, श्रीओम महाशक्ति इम्प्लोइमेन्ट प्रालि २ सय २५ जना, ध्वनि इन्टरनेसनल प्रालि (तत्कालीन मनकामना पावर्स नेटवर्क सर्भिस प्रालि) १ सय ९३ जना र एनएसओ कन्सल्ट प्रालि २ सय ९५ जना रहेका छन् ।
विभागले वैदेशिक रोजगार ऐनको दफा ३४ बमोजिम फ्री भिसा फ्री टिकट कार्यान्वयन भएनभएको अनुगमन गर्न भन्दै गत फागुन ३० गते निर्णय गरेर चैत १ गते पहिले सबै म्यानपावर कम्पनीलाई फ्री भिसा फ्री टिकटअनुसार वैदेशिक रोजगारीमा गएका कामदारको विवरण बुझाउन निर्देशन गरेको थियो ।
त्यसमा असहमति जनाउँँदै आएको नेपाल वैदशिक रोजगार व्यवसायी संघको लिखित आग्रहमा पटकपटक विवरण बुझाउने म्याद थप गरेको थियो । पछिल्लोपटक दिइएको तीनदिने समय नघाई बुझाउने म्यानपावरलाई ५० हजार र विवरण नै नबुझाउने म्यानपावरलाई १ लाख रुपैयाँ जरिवाना तोकिएको प्रवक्ता अधिकारीले जानकारी दिए । वैदेशिक रोजगार ऐन २०६४ को दफा ५४ मा विभागको आदेश वा निर्देशन पालना नगरे म्यानपावर कम्पनीलाई सजाय हुने व्यवस्था छ ।
जसअनुसार ऐनमा ऐन र ऐनअन्तर्गत बनेको नियम, आदेश वा निर्देशन पालना नगर्ने इजाजतपत्रवालालाई विभागले पहिलोपटक सचेत गराउने, दोस्रोपटक ५० हजार रुपैयाँ जरिवाना र तेस्रोपटक पनि सोही कसुर दोहो¥याएमा १ लाख रुपैयाँ जरिवाना गरी इजाजतपत्र रद्द गर्न सक्ने व्यवस्था छ ।
इजाजतपत्र रद्द गर्ने विभागको निर्णयउपर चित्त नबुझ्ने पक्षले निर्णय भएको मितिले ३५ दिनभित्र नेपाल सरकारसमक्ष पुनरावेदन गर्न सक्ने व्यवस्था छ । यसमा नेपाल सरकारले गरेको निर्णय अन्तिम हुने र अदालतमा पुनरावेदन नलाग्ने प्रावधान छ ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा