पाँच वर्ष मौन बसेपछि अर्को चुनाव जितिएला ?
० संसदमा तपाईको प्रस्तुति सुनेर मान्छेले तपाँइ सत्तापक्षको सांसद हो कि प्रतिपक्षको भन्दै आश्चर्य व्यक्त गर्छन नि ?
म सत्ता पक्षको सांसद हुँ नी । सत्ता पक्षको भन्दा पनि अझ झन् पार्टीलाई सबैभन्दा बढी माया गर्ने मान्छे ।
० तर अहिले प्रतिपक्षी सांसदहरु बरु चुप लागेर बसेको बेला तपाँइको प्रस्तुती हेर्दा त प्रतिपक्षको जस्तो भुमिका देखियो भन्छन् ?
जस्तो के–के कुरा, सुनौं त ?
० केही दिन अघि सरकारको विरोध कडै ढंगले गर्नुभयो नी ?
होइन, चिनीको मुल्य तस्करहरुले बढाए त्यसलाई नियन्त्रण गर भन्दा सत्तापक्ष भइन्छ की प्रतिपक्ष ? त्यो पार्टी र सरकारलाई राम्रो गर्नका लागि भनिएको हो । आवश्यकता अनुसार मात्रै वन कटानी गर, मनपरी कटानी नगर भन्दाखेरी तयो सत्तापक्ष हुन्छ की प्रतिपक्ष हुन्छ । हामीले त जनतालाई राम्रो डेलिभरी दिने भन्ने स्थितिमा जहाँ जहाँ अलि अलि त्रुटी हुन थाल्छ, त्यसलाई देखाइ दिने र उजागर गरिदिने काम सत्तापक्षको हो । सरकारले त्रुटी ग¥यो, पार्टीले त्रुटी ग¥यो भने सिङ्गो पार्टी र सरकारलाई समस्या हुन्छ । पार्टीलाई र सरकारलाई माया गर्ने मान्छेले देखिएका त्रुटीहरु औंल्याइदिनुपर्छ । औंल्याउने मान्छे इमान्दार हुन्छ । बिग्रीँदैछ, डुब्दैछ भन्ने देख्दादेख्दै नभन्ने मान्छे चाँही पार्टीको अहितकारी हुन्छ । त्यो मान्छे पार्टी र सरकारको पक्षमा हुँदैन भन्ने मेरो मान्यता हो ।
० पार्टीभित्र सचेत गराउने त एउटा कुरा भयो, सदनमै आएर सरकारलाई खुइल्याँउदा चाँही पार्टी पनि कमजोर हुदैन र ?
‘खुइल्याउने’ भन्ने तपाँइको भाषा हो । सांसदले बोल्ने ठाँउ सदन हो । सरकारको विषयमा संसदमा बोल्ने हो । पार्टीको विषयमा बोल्ने होइन । हाम्रो पार्टीमा यस्तो छ वा नेकपामा यो भयो भनेर सदनमा बोल्यो भने त्यो मिल्दैन । तर जनताका आशासंग गाँसिएका कुरा बोल्ने ठाँउ संसद हो । सांसदले बोल्ने ठाँउ नै संसद हो । सांसदहरुले स्वभावैले जे मागे पनि सरकारसंगै माग्ने हो । तपाँइले स्वच्छ हावा माग्नेदेखि लिएर बाटो, पुल, सडक, खानेपानी, दमकल जे माग्नुहुन्छ, त्यो सरकारसंगै माग्ने हो । यदी हामीले बोलेका कुराहरु सबै सरकारसंग माग्ने वित्तिकै सरकारको विरोध गरेको हुने भयो भने सत्तापक्षका सांसदहरुले पाँच वर्ष मौन धारण गरेर बस्नुपर्ने हुन्छ ।
० तपाँइले उठाउनै पर्ने ठानेका विषयहरु पहिले एकैचोटी बाहिर भन्दा पनि पार्टी भित्र उठाए हुँदैन र ?
तपाँइको कुरा मैले मानेँ भन्या । संसद बैठकमा सत्तापक्षीय सांसदले केही पनि नबोल्ने ? किनभने पार्टीमा गएर भनेपछि हुने भएपछि त हाजिर गर्ने, हिँड्ने । त्यहाँ किन बोल्न जरुरी छ र ? हामीले बोल्ने भनेको पहिरो गयो, पहिरो नियन्त्रण गर । खोलाले जमिन काट्यो, जमिन जोगाउ । मान्छे विरामी प¥यो, दुर्घटनामा प¥यो, तुरुन्त उपचार गर । आगलागी भयो, दमकल छिटो पठाउ । यहाँ खानेपानी छैन, खानेपानी ले भनेर सांसद अर्थात जनताको प्रतिनिधीले माग्ने त्यही नै हो । ति मागहरु भनेको स्वत सरकारसंग गाँसिन्छ । अनि सरकारसंग नगाँसिएको कुरा के छ ?मैले सास फेर्दाखेरी वायु प्रदुषण भयो भने त्यो नियन्त्रण गर भन्न पनि सरकारसंग भन्न प¥यो त । यस्तो विषय देखाउनुस् मलाई जो सरकारसंग गाँसिदैन । त्यसकारण फरक चाँहि के हो भन्दा सांसदको नाताले सरकारको ध्यानाकर्षण गराउन सदनमा बोल्ने हो अनि पार्टी नेताको नाताले पार्टी बैठकमा बोल्ने हो । तर पार्टीका बैठकमा चाँही हामीले सरकारका पनि कुरा गर्न पाँउछौं । यो सरकार नेपाल कम्युनिष्ट पार्टीको सरकार हो ।
० यो सरकारको कार्यशैलि कस्तो लागिरहेको छ, तपाईहरुको कुरा सुन्दा तअ सफलताको दिशातिरै उन्मुख भएको हो जस्तो छ ?
म त सरकार असफल होइन सफलताकै दिशातिर गइरहेको देख्छु । धेरै काम गर्दाखेरी अलि अलि त्रुटी हुन्छ । तर त्यो त्रुटी चाँही चाँडो भन्दा चाँडो सच्याइयोस् । दशैंको मुखमा आइएको छ । कालोबजारी नहोस् । विभिन्न अपराधका घटनाहरु हुन्छन् । त्यो अपराधको घटना नियन्त्रण गर्न भनेर सरकारले इकाइहरु बनाएको छ । तर कारणवश काँही काँही त्रुटी भएको छ । त्यो त्रुटी चाँडो भन्दा चाँडो सच्याइयोस् भनेर जनप्रतिनीधीहरुले आफ्नो कुरा त खवरदारी त गर्नैपर्छ नी । संसदमा सत्तापक्षको सांसदले एक शव्द नबोलीकन पाँच वर्ष बितायो भने अनि त्यो जिल्लामा गएर भोली त्यो पार्टीले चुनाव कसरी लड्न सक्छ ?
० जम्मा छ महिनाका बीचमा सरकारले केही राम्रा कामहरु पनि गरेको छ, तर प्रचारमा चाँही नराम्रा कामहरु मात्र लगिदिए, यसलाई मात्र एजेन्डा बनाए भन्ने आरोप छ नी ?
त्यो तपाँइ संचार माध्यमले राम्रो कामको प्रचार गर्नुप¥यो । हामीले पनि गरिरहेका छौं । चिनसंग सम्वन्ध विकास भएका कुराहरु, काठमाडौंसम्म रेल ल्याउनका लागि प्रारम्भीक चरणका काम भएका कुराहरु, अब बजेट बल्ल जाँदैछ । बजेटबाट विकास निर्माणका कामहरु सुरु हुँदैछ त्यो कुराहरु र सामान्यतया हाम्रो समाजका सामाजिक प्रवृति के हुन्छ भने राम्रो कुरो गर्ने त हामीले जिम्मेवारी नै लिएर आएको हो नी । मैले काँही ानेपानी योजना लगिद्यिए भने मेरो जयजयकार किन गर्नुपथ्यो, त्यो त मेरो कर्तव्य हो नी । सरकारले गर्ने काम, माननीयले गर्ने काम कर्तव्य निर्वाह गरेको कुरा कुनै अनौठो कुरा नै होइन । त्यो गर्छु भनेर नै हामी आएको हो । तर समस्या कहाँनेर हुन्छ भन्दा जुन चिज गर्छु भनेर आको, त्यो नभयो भने चाँही समस्या हुन्छ । जुन जुन निकायले जे–जे काम गर्नुपर्ने थियो, त्यो गरेन भने समस्या हुन्छ । रक्षक भक्षक भयो भने समस्या हुन्छ । अनि राणाकाल र शाहकाल जस्तो जयजयकार मात्रै आशा गर्ने हो भने त्यो संभव छैन । किनभने हामीले राम्रो काम गर्ने त हामीले जिम्मेवारी नै लिएर आएका हौं नी । यो भन्दा अगाडिका सरकारले, पार्टीहरुले गरेनन्, नेकपाले गर्छ भनेर हामीले त जिम्मै लिएर आएका हौं । राम्रो काम गरेकोमा २४ सै घण्टा जयजयकार हुँदैन । नराम्रो काम हाँही भएको छ भने त्यसको लागि मिडीयाले पनि बोल्छ । जनप्रतनीधीले पनि बोल्छन् । यो त सामान्य प्रक्रिया हो नी ।
० सरकारको कामको बारेमा संसदमा पार्टीका वरिष्ठ नेता माधव नेपालले बोल्दा त्यो ठूलो मुद्धा बन्यो नि ?
त्यो दिन म संसदमा नै थिँए । उहाँले पार्टीको कुरा केही पनि गर्नुभएको छैन । बाटो खाल्टाखुल्टी छन्, पुर्नुप¥यो, कालोबजारी रोक्नुप¥यो, भ्रष्टाचार नियन्त्रण गर्न अझ प्रभावकारीढंगले जानुप¥यो लगायतका कुरा गर्नुभयो । नेताले बोल्दा के बोल्ने त ? चीनसंग सम्झौता भएका,। मौलिक ऐन कानुन बोलेको लगायतका कुरा राम्रो भएको छ, धन्यवाद दिन्छु भन्नुभएको छ ।
० वरिष्ठ नेताले सरकारविरुद्ध आलोचना संसदमा गएर गर्दा सरकारविरुद्ध उत्रिएको अर्थमा बुझ्न थालियो नी ?
मैले कुरै बुझिन भन्या । नेपाल अधिराज्यमा हुने हरेक घटनाहरु स्वभावैले सरकारसंग गाँसिन्छन् । जनप्रतिनधीले त्यो चिज बोल्नुपर्छ । मैले बाढी पहिरोले अति ग्रस्त भएको ठाँउमा गएर देखेर आँए भने तुरुन्त एम्बुलेन्स लगेर, हेकिप्टर उडाएर जसरी हुन्छ विरामीको उपचार गर भनेर भन्नुपर्ने हुन्छ । त्यो भयो भने नै विरोध गर्ने हो त । त्यो होसीयारी दिइराखेको हो । एउटा जनप्रतिनिधीको कर्तव्य निर्वाह गरेको हो त्यो ।
० संसदको विभिन्न समिति बने, सांसदहरु मन्त्री बने , तपाँइ कतै अटाउनु भएन नि ?
म संसदको सबैभन्दा सिनीयर संसद मध्येको हुँ । म चार पटक जितेको मान्छे । सभापतिमा मेरो कुनै आशा र अभिलाषा छँदै थिएन । म सभापति यसअघि नै दुइचोटी भइसकें । म बेरुजु फस्र्यौट समितिको सभापति पनि भएर बसें र संसदको समितिको पनि सभापति भैसकें । शिक्षा, स्वास्थ्य, जनसंख्या तथा श्रम समितिको सभापति भएर पनि मैले काम गरिसकेको हुँ । त्यसकारणले मेरो सभापतिमा रुचि होइन । बाँकी रह्यो मन्त्रीको कुरा । मन्त्रीको कुरा त पार्टीले मुल्याङ्कन गरेर गर्ने कुरा हो । मुल्याङ्कन गर्दै होला । यो मन्त्रीमण्डल बनेको त पाँच वर्षकै लागि होइन नी । पुर्नगठन होला । त्यसमा पक्कै पनि पार्टीले एउटा नीति र विधी तय गर्ला । च्याप्प, च्याप्पसमातेर त नियुक्ति गर्ने होइन होला । त्यसका पछाडि पनि आधारहरु होला । जुनियर र सिनियरको कुरा आउला ।
० विधि र नीतिको कुरा गर्दा नेकपाको प्रदेशको जिम्मेवारी दिने क्रममा मापदण्ड एकाथरी बनाइयो, तर त्यही मापदण्ड मिचेर जिम्मेवारी बाँडियो भनिन्छ नि ?
मैले त्यही भन्दै छु त । जव विधी अनुसार चल्यो भने विवाद हुँदैन । विधी अनुसार नचल्ने वित्रिकै विवाद हुन्छ । सांसदहरु जिल्ला कमिटीके अध्यक्ष नबस्ने, किन नबस्ने भन्दा दोहोरो जिम्मेवारी नदिने भनियो । अहिले प्रदेश इन्चार्ज तोक्दाखेरी दोहोरो जिम्मेवारी तोकियो । यसै कारणले एउटा विधी बनाइदिइ सकेपछि सबैले त्यो पालना गर्ने हो भने विवादै हुँदैन नी । एउटाको लागि एकाथरी मापदण्ड अनि अर्बोको लागि अर्कोथरी मापदण्ड तयार गरेपछि न विवाद हुने हो ।
० अहिले चाँही तपाँइहरुको पार्टीमा व्यक्ति हेरेर मापदण्ड तय गर्न थालिएको हो ?
त्यसो पनि भन्दिन म । बनाएको विधी काँही काँही उल्लंघन भएका छन् । त्यो सुधारर्न योग्य छ भने सुधार गर्नुप¥यो, होइन भने थप गल्ति गर्नु भएन ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply