मनमोहन अस्पतालाई राष्ट्रियकरण गर्न नदिने पनि गोविन्द केसी नै हुन्
डा.वंशिधर मिश्र, पुर्व स्वास्थ्य राज्यमन्त्री एवं केन्द्रीय सदस्य, नेकपा० डा.गोबिन्द केसीको अनसनलाई तपाँइले यसलाई कुन रुपमा लिनुभएको छ ?
गोविन्द केसीको अनसन अहिले विलकुल आवश्यकता नभएको र औचित्यहिन, पुरै आग्रह र हठपुर्ण अवस्थाको अनसन हो । उहाँले १५ औं अनसन गरिहनुपर्ने कुनै आवश्यकता थिएन । चिकित्सा क्षेत्रको शिक्षामा सुधार ल्याउने उहाँको यदी मनसाय हो भने प्रसस्त सुधारहरु भएका छन् ।
० तर तपाँइले त्यसो भनेपनि परिणाममा त त्यस्तो देखिन्न नी ?
खासै पहिलेको जस्तो अवस्था यो बीचमा अब चिकित्सा क्षेत्रको शिक्षामा छैन । विभिन्न क्षेत्रबाट उहाँलगायतका व्यक्तिहरुले माग गरे अनुसार यस क्षेत्रमा तत्कालिन अवस्थामा रहेका विकृती–विसंगतीहरुलाइ सम्वोधन गर्नका लागि के गर्न सकिन्छ भनेर माथेमा कार्यदल बन्यो । त्यही कार्यदलको प्रतिवेदन अनुसार काम भइरहेको छ ।
० त्यो कार्यदलको प्रतिवेदनलाई तोमोड गरेर विद्ययेक ल्याउने तयारी भएको आरोप डा केसिको छ नि ?
त्यसको मुल कार्य भनेको एउटा शक्तिशाली चिकित्सा शिक्षा आयोग बन्नुपर्छ जसले अहिले भइराखेको संयन्त्रले भन्दा बढी प्रभावकारी रुपमा काम गरेर चिकित्सा क्ष्ेत्र सम्वन्धी सबै काम हेर्ने भन्ने हो । सोही आयोगले गुणस्तर, सम्वन्धन दिने, सम्वन्धन खारेज, त्यसका मापदण्ड निर्धारण, नीति बनाउने , देशमा एउटै प्रवेश परिक्षाको मापदण्ड कायम गर्ने लगायतका विषयहरु सम्वन्धमा उचित निर्णय गर्नुपर्छ भन्ने छ । ति सबै कुराहरुलाई राखेर सरकारले त्यही भावना अनुरुप नै एउटा फेरी कार्यदल बनाएको थियो । त्यो कार्यदलले बनाएको विद्येयकलाई नै सरकारले संसदमा अहिले पेश गरेको छ । बीचमा गोबिन्द केसीजीकै हठले गर्दा यो विद्येयक पास हुनबाट वञ्चित रह्यो । यो कुरा धेरैलाई शायद जानकारी छैन ।
कार्यदलले बनाएपछि २०७३ सालमै यो विद्येयक पेश भएको थियो । त्यसमा २०७४ मा व्यापक छलफल भएको थियो । संविधानसभाको म्याद सकिनुभन्दा अगाडि यो पारित गर्ने सम्पुर्ण तयारी भएर समितिमा व्यापक छलफल भएपछि गोबिन्द केसीजीकै मान्छेहरु समेतको सहमतिमा त्यो बेलाका राजनीतिक दलका नेताहरु तत्कालिन शिक्षामनत्री गोपालमान श्रेष्ठ, अहिलेका शिक्षामन्त्री गिरीराजमणी पोखरेल लगायत सबै संगको एउटा सहमतिमा त्यो विद्येयक टुङ्गो लागिसकेको अवस्था थियो । त्यसमा मनसायपत्र नदिने भन्ने मात्र थियो, यो १० वर्षका कुराहरु थिएनन् । ति कुराहरुमा उहाँ त्यतीबेला सहमत हुनुहुन्थ्यो । तर अहिले उहाँ त्यसबाट फिर्ता हुनुभएको छ र अर्कै अडान राख्नुभएको छ । त्यतिबेला सहमति भइसकेको कुरामा पनि अन्त्यमा आएर सरले मानेनन् भनेर उनका वार्ताकारहरुले सन्देश ल्याए । माथेमा आयोगको प्रतिवेदन भनेर प्रश्तावनामा उल्लेख गर्नुपर्ने लगायतका कुराहरु उठाउनुभएको थियो त्यो बेला । त्यो अडानले हुनलागेको प्रगतिशील कदम रोकियो । ठुलो सेटव्याक भयो । त्यही पास हुन नसकेपछि त्यसलाई अध्यादेशको रुपमा त्यो विद्येयक नै ल्याउनुपर्नेमा अध्यादेशमै जालझेल गरियो ।
० कस्तो खालको जालझेल भयो ?
त्यो अध्यादेशमा संविधान विरोधी कयौं कुराहरु राखियो । व्यवहारमा पनि लागु गर्दा कठिनाइ हुने कयौं कुराहरु राखियो । छात्रवृतिका सवालमा सरकारी छात्रवृतिमा पढ्नेहरुले पाँच वर्ष सेवा गर्नुपर्ने भनेर जुन ल्याए । त्यस्तै १० वर्ष अब काठमाडौंमा प्रतिष्ठान समेत सरकारले र अन्यले पनि खोल्न नपाउने भनेर जुन प्रावधान राखेका छन् । त्यस्तै अन्य पनि छन् । त्यो अध्यादेशको भावना अनुसार अहिले विद्येयक बनाउने हो भने यो मुलुकमा काँही पनि मेडीकल शिक्षा हुन सक्दैन । उहाँ उपत्यकामा होइन बाहिर हुनुपर्छ भन्नुहुन्छ । बाहिर त सरकारले आफ्नो नीति तथा कार्यक्रममा पारेको छ । बाहिर किन हुन सक्दैन भने कुनै पनि विश्वविद्यालयले पाँचवटा भन्दा बढी सम्वन्धन दिन नसक्ने र पहिल्यै पाँचभन्दा बढी भैसक्यो । त्यसो भएकाले उहाँले अहिले जुन कुराहरु उठाउनु भएको छ, त्यो अनावश्यकहठ २–४ वटा कुरामा राख्नुभएको छ ।
० उहाँ पुर्ववत अडानबाट पछि हट्नुको कारण चाँही के थियो त ?
त्यसको पछाडि उहाँलाई राजनीतिक व्याकअप भो । उहाँलाई प्रयोग गरेर राजनीति गर्ने साथीहरुले बलियो गरी उहाँलाइृ उपयोग गर्नुभयो । त्यसपछि उहाँ हौसिनुभयो । अध्यादेशमा जे पायो त्यही लेखेकामा केसीजीले कमा, फुलिस्टप पनि हटाउन मिल्दैन भनेपछि समस्या भएको हो । अर्थात उहाँलाई नराम्ररी उपयोग गर्दै राजनीतिक दल खासगरी विपक्षी दलहरुले समर्थन गरेको देखिन्छ ।
० तर उहाँ त स्वार्थ केही नभएको सादगी र त्यागी भन्ने चर्चा छ बजारमा ?
उहाँ कत्तिको स्वार्थ नभएको व्यक्ति हो भनेर एकपटक राम्ररी बुझेर मात्र उहाँप्रति धारण बनाउन म नम्र निवेदन गर्दछु । म गोबिन्दजीको बारेमा २–४ वटा तथ्य राख्न चाहन्छु । यो देशमा नेपाली काँग्रेस समर्थकहरुले १४ वटा मेडीकल कलेज खोलिरहँदाखेरी गोबिन्द केसीजी यही देशमा हुनुहुन्थ्यो तर कुनै अनसन गर्नु भएन । जुनबेला अराजकता व्यापक थियो, जथाभावी भइराखेको थियो, त्यो बेला उहाँको कुनै अनसन भएन । जब मनमोहन अधिकारीको नाममा २६ सय व्यक्तिहरु जम्मा भएर सहकारीको माध्यमबाट देशको सेवा गर्नुपर्छ भनेर जव अन्तिम चरणमा पुग्यो । विधी सबै पु¥याइयो । त्रिभुवन विश्वविद्यालयले आफैं सुचना निकाल्यो की पुर्वाधार पुगेका कलेजहरुले सम्वन्धनका लागि दरखास्त हाल्नुहोला भनेर । त्यसरी दरखास्त हालेर नेपाल मेडीकल काउन्सिलका टोलीले प्रारम्भीक निरीक्षण गरेर, त्यसपछि विश्वविद्यालयका टोलीले निरीक्षण गरेर सबै पुर्वाधार पुरा भइसकेपछि मात्र उहाँलाई लाग्यो की नेपालमा एउटा राम्रो खालको मेडीकल कलेज खुल्नेभयो । यो काँग्रेसको रहेन । बल्ल मात्र उहाँले देख्न थाल्नुभयो की विकृती भयो । त्यहाँसम्म विकृतीको कुरा गरेको त ठिकै हो, उहाँलाई आफैंले भनेको मान्छे डिन चाहियो, आफैंले भनेको मान्छे डाइरेक्टर चाहियो । त्यो गरेर उहाँले लगातार अनसन बस्न थाल्नुभयो । उहाँको त नियमित अनसन बस्ने वानी रहेछ ।
उहाँसंग वंगलादेशमा अध्ययन गरेका केही विद्यार्थीहरुले बताएका छन् । यो नेपालको एउटा पत्रिकामा निस्किएको थियो । उहाँ त्यतीबेला फेल हुनुभएको थियो । तर उहाँ त्यसमा अनसन बसिदिनुभयो । पछि उहाँको अनसनकै कारण उहाँलाई पास गराउनु परेछ । यस्ता त कति छन् कति ।
० अरु पनि छन् र यस्ता उदाहरण ?
उहाँले नेपाल सरकार अन्तर्गत वीर अस्पतालमा काम थाल्नुभएको थियो । उहाँ सरकारी छात्रवृतिमा पढ्न वंगलादेश जानुभएको थियो । पढेर आइसकेपछि उहाँलाई छात्रवृतिमा पढ्नुभएको मान्छे अञ्चलतिर पनि गएर सेवा गरिदिनुस् भनियो । तर उहाँले जान इन्कार गर्नुभयो । उहाँले देशका कुना काप्चालाई बडो माया देखाउनुहुन्छ । बरु राजीनामा गरिदिनुभयो र त्रिवि शिक्षण अस्पतालतिर जागिरे बन्नुभयो । तर सरकारबाट उहाँले लिएको छात्रवृति फिर्ता गर्नुभएन । पढेर आएपछि सरकारमा सेवा नगरेमा वा अर्को सेवा परिवर्तन गरेमा नैतिकताको आधारमा त्यो पैसा फिर्ता गर्नुपर्छ । अरुको जन्ममितिको बारेमा अनसन बस्ने उहाँले आफ्नो पनि उमेर हेरफेर गर्नुभएको छ । पहिले पहिले उहाँ बसेको अवधीको पनि तलव लिने गर्नुभएको थियो । नेपाल सरकारको अनुदान प्राप्त संस्था त्रिभुवन विश्वविद्यालय हो, त्ययसको एउटा प्राध्यापक हो । उहाँले अनसन बसेको बेलामा काम गर्नुभएको छैन । तर त्यसको तलब बुझेको पाइन्छ । यो सबै सन्दर्भमा आएका उहाँका सबै मागहरु हेर्दै जानुभयो भने समयअनुकुल आफुले परिवर्तन गर्दै अनसन बसिहाल्ने प्रवृती देखिन्छ । आफुलाई ठुलो खालको चर्चा मिलोस्, ठुलो मान्छे बन्न पाइयोस् भने अनसन बस्नु नै उहाँको व्यवहार रहेको छ ।
० तर उहाँको अनसनको कारण देश नै विभक्त भैसक्यो, सबै पक्ष सडकमा आइसक्यो, अझै यसलाई नजरअन्दाज गरिरहने ?
यो देशको दुर्भाग्य हो । यहाँका कतिपय वुद्धिजीवीहरु तथ्य नहेरीकन, भावनामा बगेर अगाडी बढ्नुहुन्छ । त्यसैले यो दुखद अवस्था आएको छ । मेरो विनम्र निवेदन छ गोविन्द केसीका माग, उहााको त्यो मागको चरित्र र उहाँको आफ्नो पोजिशन हेर्नुस् । उहाँ त्रिवीका प्राध्यापक छन् । पढाउने उहााको दायित्व हुन जान्छ । तर उहाँ आफ्नो कर्तव्य भुलेर अन्यत्र हिँडेको गतिवीधीले राष्ट्रलाई नोक्सान मात्र पु¥याँउछ । फाइदा पु¥याउदैन । उहाँले उठाएको कुरा सरकारले मानिसकेको अवस्था छ । गुणस्तरयुक्त होस् भन्नेकुरालाई अनसन बसिरहनु पर्दैन नी । अहिले जो वुद्धिजीवीहरुले यो कुरा उठाइरहनु भएको छ, त्यो उहाँहरुले उठाइहे हुन्छ । सरकारसंग आएर कुरा गरे हुन्छ । तर गोविद्य केसीको जुन निशेधको हठ छ, त्यसले यो मुलुकमा कुनै हालतामा पनि मेडीकल कलेजहरु नाखोलोस् भन्ने बुझिन्छ । काठमाडौंमा त सरकारले पनि नखोलोस् । बाहिर पनि अरु कसैले नखोलोस् भन्ने खालले नेपालभरीकै लागि निशेध गर्ने र प्रकारान्तरले भएका मेडिकल कलेजहरुले मात्र हालिमुहाली गरिरहुन्, र अर्को विदेशबाट पनि नेपालमा पढ्न आउने जुन संभावना छ, त्यो टरोस्, नेपालका विद्यार्थी नै उल्टै जाअन् र त्यो संख्या नै बढिरहोस् भन्ने सोच छ । यतातिर हाम्रा वुद्धिजीवीहरु, पुर्व प्रधानन्यायाधिशज्युहरुको विचार नपुगेको हो की । कुनै इस्यु नपाएको हो की । यसलाइ गम्भिर भई एकचोटी छातीमा हात राखेर नेपाली जनताको लागि सोच्नुभयो भने राम्रो हुन्छ ।
० मनमोहन शिक्षण अस्पताललाई पनि राष्ट्रियकरण गर्ने भनेर एकताका तपाँइकै पार्टीका नेताहरुले भन्नुभएको थियो, यसो गर्दा चाहि के आपत्ति ?
मनमोहन मेमोरियल मेडीकल कलेजलाई हामीले नै विद्येयक ल्याएर पाटनको जस्तो स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाएर सरकारलाई सुम्पीदिने भनेर सोचेका थियौं । त्यसमा पनि गोबिन्द केसीजीले अनसन बसेर किटानीका साथ त्यो विद्येयक फिर्ता गर्नुस् भन्नुभयो । उहाँले बबाल मच्चाएको हुनाले त्यतीबेला सरकार पछि हट्यो । नभए मनमोहन अस्पतालले के बिगारेको थियो त ? नाफा रहित लेखेकै थियो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको मोडेलमा आइसकेकै थियो । गोबिन्द केसीका समर्थकहरुले हस्पिटल अध्ययन गरिसकेका थिए । तर पनि उहाँलाई मान्य भएन । कहाँनेर समस्या हो ? पछि सरकारले खरीद गर्ने ढंगले एक विज्ञहरुको कार्यदल बनाएर मनमोहन कलेज लगायत अन्य कलेजहरु खरिद गरेर चलाउने बारेमा अध्धयन ग¥यो । त्यसले एक महिना लगाएर प्रतिवेदन दियो र संविधानको धारा नै कोट गरेर भन्यो की खरीद गर्नु उचित हुँदैन । राज्यले बनाएको संविधानले गैरसरकारी क्षेत्रमा मान्छेले कलेज खोल्ने लगायतका विभिन्न व्यवसाय खोल्न सक्छन् । तसर्थ संविधानसंग यो मेल खाँदैन भनिदियो । राष्ट्रिय स्वास्थ् नीतिसंग पनि त्यो मेल नखाने प्रतिवेदन आयो । त्यसका वावजुद पनि सरकारले लिन चाहन्छ भने अहिले कुनै कानुन छैन । कानुन बनाएर लिन सक्छ । हामीले त अहिले पनि ठिक छ लैजानुस् भनेका छौं । वीर अस्पतालले खरीद गर्ने र त्यसमा नाम मनमोहन अधिकारीको पनि जोड्ने भनेर प्रस्ताव आयो । त्यो पनि हामीले मानेका हौं । तर गगन थापा स्वास्थ्यमन्त्री भएपछि हामीले यो कुरा क्यावीेटबाट पास गराएर आउनुस् भन्यौं उहाँले पास गराउन सकेनन् । यिनै व्यक्तिहरु आज सडकमा कराउँदैछन् । त्यसैले मनमोहन मेमोरीयल मेडीकल कलेजलाई कसरी हुन्छ, कुनै पनि रुपमा आउन नदिने षड्यन्त्रमा लाग्नुभएको भनेर मैले बुझेको छु । त्यो उचित होइन । मापदण्ड पुरा गरेको छैन भने भन्नुहोस, हाम्रो चुनौती छ, अन्यथा सम्वन्धन दिनुहोस् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply