ओलीलाई लिन साढे ३ बजे एम्बुलेन्स आउँदै
अपडेट
बैशाख १७ गते विहान ११:१५ बजे, काठमाडौं । शिक्षण अस्पतालमा आइतबार रातीदेखि उपचाररत एमाले नेता केपी ओलीलाई थप उपचारका लागि थाइल्यान्डको बैंकक लैजान आज अपरान्ह ३:३० बजे एअर एम्बुलेन्स आउँदैछ ।
मृगौला प्रत्यारोपणका कारण प्रतिरोधी क्षमतामा कमी भएका कारण ओली पछिल्लो सयम संक्रमणको शिकार बन्दै आउनुभएको छ । उहाँसँगै ब्रेकफास्ट खाएर बाहिरिनुभएका एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार, ओलीका साथमा उपचारमा संलग्न डा. दीव्या शाह र ओलीका सहयोगी राजेश शाक्य जानुहुनेछ । ओलीकी श्रीमती राधिका शाक्य चाहिं थाइ एअरको नियमित उडानबाट बैंकक जानुहुनेछ । ओलीको बैंककस्थित बुमरुमगाड अस्पतालमा उपचार हुनेछ ।
एम्बुलेन्सका लागि नेपाल सरकारले रकम तिरेको छ । करिब ४० लाख रुपियाँ लाग्ने परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले बताउनुभयो । यसपटक ओलीको उपचार खर्च सरकाले बेहोर्दैछ । ओलीलाई बैंककमा दुई साता बस्नुपर्ने चिकित्सकले सुझाएका छन् ।
ओलीलाई भेट्नै बरिष्ठ नेता माधवकुमार नेपाल विहानै अस्पताल पुग्नुभएको थियो । साथै, सभामुख सुवास नेम्वाङले पनि उहाँलाई भेट्नुभएको छ ।
बैशाख १७, विहान ७ बजे
काठमाडौं । नेकपा (एमाले) नेता केपी ओलीको स्वास्थमा सुधार नआएपछि थप उपचारका लागि आज एयर एम्वुन्लेस मार्फत बैंकक लगिने भएको छ । उहाँको उपचारका लाग्ने सबै खर्र्च सरकारले व्यहोर्ने गरि परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको बुझिएको छ ।
एयर एम्बुलेन्सका लागि पहिल्यै करिव ४० लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने भएकाले त्यसको बन्दोबस्त गर्न लागिरहेको परराष्ट्र मन्त्री महेन्द्र पाण्डले बताए । ईबुधवारसँगको कुराकानीमा मन्त्री पाण्डेले भने –‘हाम्रो थाइलैण्डस्थित नियोगमा पैसा छ कि छैन भन्ने बुझ्दैछौ , यदि रहेछ भने त्यहिवाट र रहेनछ भने यहाँवाट पैसा जम्मा गदैछौं ।’ प्रकृया लाग्ने भएकाले एयर एम्वुलेन्स कति बेला आउँछ भन्ने टुंगो लागिसकेको छैन ।
लगातार वान्ता आउने, ज्वरो आउनेक्रम नरोकिए पछि गत आाइतवार राती ११ बजे उहाँलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । चिकित्सकहरुले उहाँलाई म्यानेन्जाइटिस र फंगल्सको संक्रमण भएको बताएका थिए । सोमवारबाट वान्ता आउनेक्रम रोकिएपनि हिजो साझँसम्म परिक्षणका सबै रिर्पोट आई सकेको थिएन । राती सबै रिर्पोट आएपछि उहााको उपचारमा संलग्न चिकित्सक डा शशी शर्माको टिमले उहाँलाई म्यानेन्जाइटिस नै भएको तर यहाँ उपचार गाहे भएकाले बाहिर लैजान सल्लाह दिएका थिए । चिकित्सककै सल्लाह अनुरुप बैंकक लान लागिएको बुझिएको छ । यसअघि उहाँको उपचार दिल्लीमा गरिने गरिएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply