एमाले महािधवेशन असार १९ मा
काठमाडौं । एमालेले नवौं महाधिवेशनको मिति चौथो पटक सारेर असार १९ देखि २५ गते तय गरेको छ । अध्यक्ष झलनाथ खनालको प्रस्ताव बमोजिम केन्द्रीय कमिटीको जारी बैठकले उक्त निर्णय गरेको हो । यसअघि जेठ २४ का लागि महाधिवेशन तय भएको थियो ।
बैठकले सल्लाहकार र जेष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरुलाई पनि स्वत: प्रतिनिधि बनाउने निधो गरेको छ । उक्त प्रस्तावमा बोल्दै केन्द्रीय सदस्य भानुभक्त ढकालले जनसंगठनका केन्द्रीय अध्यक्ष र पार्टीका जिल्ला अध्यक्षलाई पनि स्वत: प्रतिनिधि बनाउन माग गरेका थिए ।
अध्यक्ष खनालले जेठ ३० गते एकै दिन देशभर प्रतिनिधि छनोट गर्ने प्रस्ताव पनि राखेका थिए । उक्त प्रस्ताव पारित गर्दै बैठकले सदस्यता नवीकरण सम्बन्धी भने पुरानै निर्णयलाई अन्तिम मान्दै म्याद थपेन ।
दस्तावेज मस्यौदालाई अन्तिम रुप दिनका लागि जेठ ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्ने पनि तय भएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply