एमाले अध्यक्ष ‘तालिममा भाग लिन’ चीन जाँदै !
काठमाडौँ । एमाले अध्यक्ष झलनाथ खनाल महाधिवेशन सार्ने निर्णय गर्दै १० दिन लामो भ्रमणका लागि आज चीन जाँदै हुनुहुन्छ । तर, त्यहाँ उहाँले कुन तहको कुन नेतालाई भेट्नुहुनेछ भन्ने अझै तय छैन ।
स्रोतका अनुसार, अध्यक्ष खनाललाई चिनियाँ कम्युनिस्ट पार्टीले त्यहाँ आफ्ना कार्यकर्तालाई दिने तालिम अवलोकन गर्न र त्यसमा सहभागी बनाएर अन्तरक्रिया गर्नका लागि निम्ता दिएको हो । यसअघि पनि युवराज ज्ञवाली र शंकर पोखरेलको नेतृत्वमा एमालेबाट र शक्ति बस्नेत र राम कार्कीको नेतृत्वमा एमाओवादीबाट यस्तै टोलीले भाग लिइसकेका छन् ।
सोमबार केन्द्रीय कमिटीको बैठकमा बोल्दै केन्द्रीय सदस्य भानुभक्त ढकालले भने, ‘अध्यक्ष कमरेड महाधिवेशन सारेर चीन जाँद हुनुहुन्छ । त्यहाँका कम्युनिस्ट पार्टीका महासचिव सी जिङपिङसँग भेट होस् । तर, त्यहाँ गएर तालिममा भाग लिएर आउने काम चाहिँ नहोस् ।’ महाचिव ईश्वर पोखरेलले खनालको भ्रमणप्रति असन्तुष्टि राख्दै बैठकमा अध्यक्षले चीनसँगको सम्बन्ध सुध्रिन्छ भनेर निकै जोड दिइएपछि भन्दै व्यंग्य गरेका थिएन ।
आज अपरान्ह ४:१० बजे काठमाडौँबाट कुन्मिङतर्फ उड्ने अध्यक्ष खनालको टोली १९ सदस्यीय छ । टोलीमा पहिला तय भएका सचिव विष्णु पौडेल संविधानसभाको विवाद निक्र्यौल समितिको सभापति भएपछि व्यस्तताका कारण समावेश हुनुभएको छैन । टोली तीन दिन बेइजिङमा बस्नेछ । टोली जेठ २ गते स्वदेश फर्किनेछ ।
अध्यक्ष खनालको टोलीमा पोलिट्ब्युरो सदस्य बेदुराम भुसाल, केन्द्रीय सदस्य परशु मेघी गुरुङ, एकबहादुर राना, गरिमा शाह, शघुघ्न महतो, चन्द्रबहादुर शाही, पर्सा जिल्ला अध्यक्ष चिरञ्जीवी आचार्य, स्यांजा जिल्ला अध्यक्ष पद्मा अर्याल, किसान महासंघका उपमहासचिव बलराम बाँस्कोटा, केन्द्रीय सल्लाहकार कमिटी सदस्य शेषमणि आचार्य, संघीय मामिला विभागका सचिव शिव गुरुङ, विदेश विभाग सदस्य तथा खनाल प्रधानमन्त्री हुँदाका विदेश मामिला सल्लाहकार मिलन तुलाधर, खनालका स्वकीय सचिव दीपक अमात्य, केन्द्रीय कार्यालयकी उपसचिव मीना ज्ञवाली, धनकुटाका भीम राई, इलामका दीपक थेवे र नेपाल एफएमका स्टेशन म्यानेजर सुवास खतिवडा छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply