माधव नेपालको स्वास्थ्यमा सुधार

जेठ १, काठमाडौ । बीर अस्पतालमा उपचाररत एमाले बरिष्ठ नेता माधवकुमार नेपालको स्वास्थ्यमा सुधार आएको छ । ज्वरो र रुघाखोकी लागेपछि हिजो साँझ उपचारका लागि अस्पताल भर्ना हुनुभएका नेपालको छातीका संक्रमण देखिएपछि चिकित्सकको सल्लाहमा अस्पतालमै भर्ना गरेर उपचार शुरु गरिएको हो ।
डा. ए.ई. अन्सारीको नेतृत्वमा डा. मधुरदेव भट्टराई, डा. वीरेन्द्रबहादुर सिंह, डा. भुपेन्द्र बस्नेत, डा. गणेश गुरुङ र डा. सञ्जय ठाकुरको टोली उहाँको उपचारमा संलग्न छ । ‘हामीले छातीको एक्स रे, पिसाब, रगतलगायत धेरै कुराको परीक्षण गर्दा निमोनियाको समस्या देखियो’– ईबुधवारसित डा. अन्सारीले भने– ‘हिजो साँझ ५ बजेवाट नियमोनियाको एन्टिबायोटिक शुरु गरेका थियौं, एन्टिबायोटिक चलाएको ७२ घण्टामा यसमा पुर्ण सुधार आउँछ ।’ आज बिहानसम्ममा आफूहरुले अपेक्षा गरे भन्दा बढी सुधार देखिइसकेको डा. अन्सारीले बताए । चीसो, बाहिरको खानेकुरा र धूलोका कारण यस्तो भएको हुनसक्ने चिकित्सकले बताएका छन् ।
हिजो दिउँसो स्वास्थ्य जाँच गर्नका लागि पहिला झैँ बरिष्ठ नेता नेपाल चावहिलस्थित हेल्पिङ ह्यान्ड्स अस्पताल पुग्नुभएको थियो । त्यहाँका डा. गुप्तबहादुर श्रेष्ठले दिएको सल्लाह अनुसार उहाँ वीर अस्पताल पुग्नुभएको थियो ।
पूर्वप्रधानमन्त्री नेपाललाई ‘हाइ डिपिसेन्सी युनिट’ मा राखिएको छ । डा. अन्सारीले भने–‘बाहिर आईसियूमा राखिएको भनेर प्रचार भएको छ, तर यो आईसियू होइन । जनरलभन्दा माथि र आईसियुभन्दा मुनिको ‘सेमी आइसियु’ युनिट हो ।’ यही रफ्तारमा सुधार आएमा बढीमा तीन दिन यही वार्ड राखेर क्याबिनमा सारिने र क्याविनमा पनि तीन दिन जति बस्नु पर्ने डा. अन्सारीले बताए ।
नेता नेपाललाई भेट्न एमाले नेता–कार्यकर्ताको हिजैदेखि भीड लागेको छ । उपाध्यक्ष तथा गृहमन्त्री बामदेव गौतम, महासचिव ईश्वर पोखरेल, सभामुख सुवास नेम्वाङ, स्वास्थ्यमन्त्री खगराज अधिकारी, सामान्य प्रशासनमन्त्री लालाबाबु पण्डित, मुख्य सचिब लिलामणी पौड्याल, एमाले पोलिट्व्यूरो सदस्य मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्यहरु कृष्णगोपाल श्रेष्ठ, योगेश भट्टराईलगायतका नेताहरु बिहानै नेता नेपाललाई भेट्न पुगेका थिए । भीडभाड हुँदा संक्रमण बढ्न सक्ने भएकाले अस्पताल प्रशासनले भेटघाटमा कडाइ गरेको छ । बाहिरै सूचना टाँसेर बिरामीको स्वास्थ्यलाई ध्यानमा राखेर भेटघाट नगरिदिन र बाहिर राखिएको आगन्तुक पुस्तिकाका नाम लेखिदिन अनुरोध गरिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply