संस्थापन समूहको उम्मेदवारी घोषणा शनिवार
काठमाडौं । नेकपा (एमाले) को संस्थापन समूहले आगामी शनिवार नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासीका रुपमा वरिष्ठ नेता माधवकुमार नेपाललको नाम औपचारिक रुपमा घोषणा गर्ने भएको छ । जेठ १७ गते राजधानीको प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम गरेर उक्त टिम नेताको रुपमा नेपालको नाम औपचारिक रुपमा घोषणा गर्न लागिएको सोमवार सो समूहले गरेको पुर्वाञ्चल भेलामा नेता योगेश भट्टराईले बताउनुभयो । अहिलेसम्म अनौपचारिक रुपमा मात्र नेपालको नाम अध्यक्षका रुपमा अगाडि सारिए पनि अरु पदाधिकारीका बारेमा भने छलफल चलिरहेको बताइएको छ । पार्टीभित्रको अर्को समूहले भने गत हप्ता नै एक होटलमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा केपी ओली, हुादै नभएको बरिष्ठ उपाध्यक्षमा बामदेव गौतम, उपाध्यक्षमा विद्या भण्डारी र महासचिवमा ईश्वर पोखरेलको नाम पनि सार्वजानिक गरिसकेको छ । माधव नेपाललाई अगाडी सारेको समूहले भने अहिले बिकास क्षेत्रस्तरीय भेला मार्फत विचारको बहसलाई तीव्रता दिएको छ । आइतबार पुर्वाञ्चलस्तरीय भेला सम्पन्न भएको छ भने सोमवार सुदुर पश्चिमाञ्चल स्तरीय र मंगलबार मध्यपश्चिमाञ्चलको भेला छन् । त्यस्तै, बुधबार मध्यमाञ्चल, विहिबार जनबर्गीय र मोर्चा संगठन र १६ गते पश्चिमाञ्चलको भेला गर्न लागिएको भट्टराईले बताए । केन्द्रीय सदस्य रामचन्द्र यादवको सभापतित्वमा सम्पन्न पूर्वाञ्चल भेलामा पोलिट्ब्यूरो सदस्यद्वय गंगालाल तुलाधर र प्रकाश ज्वाला, केन्द्रीय सदस्यहरु गणेश काङमाङ, योगेश भट्टराई, जयन्ती राई, जग्गनाथ खतिवडा, परशुराम मेघी गुरुङ, केन्द्रीय सल्लाहकारहरु जीवनकुमारी घिमिरे, लेखनाथ गुरागााई, युवराज कार्की र राममणी पोखरेल, सभासद्हरु रेवतीराज भण्डारी, भवानी खापुङ, आशा यादव, दुलारी देवी यादव, मिना यादव, चन्द्रबहादुर गुरुङ, डम्वरध्वज तुम्बाहाम्फे, प्रभा बज्राचार्य, पीके राई, अनेरास्ववियूका पुर्वअध्यक्ष एवम् पुर्वराजदूत टंक कार्की, पुर्वमन्त्री डम्वरसिंह सम्बाहाम्फे, पूर्वसभासद डेडराज खड्का, उषाकला राई, पुर्वजिविस सभापति परशुराम कार्की, केन्द्रीय लेखा आयोगका सदस्य टंक पनेरु, केन्द्रीय संघीय मामिला विभागका सचिव शिव गुरुङ, सम्पर्क विशेष समन्वय कमिटिका सदस्य नरेन्द्र श्रेष्ठ, राज्य व्यवस्था विभागका खम्ब खत्री, जनसाास्कृतिक महासंघका उपाध्यक्ष माधव प्रधान, राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य मिरा गुरुङलगायतको उपस्थिति थियो । राजेन्द्र राईको संचालनमा सम्पन्न कार्यक्रममा सभासद्का तर्फवाट पिके राईले बोल्नुभएको थियो । प्रमुख अतिथि माधव नेपालले बैचारिक पक्षबारे प्रकाश पार्नुभएको थियो ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply