माधव नेपाल उत्साहित

काठमाडौं । देशभर प्रतिनिधि चयन सकिएपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपाल उत्साहित देखिनुएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरेर उहाँले आफ्नो पक्षमा बहुसंख्यक प्रतिनिधि आइसकेकाले अब सबैलाई मिलाएर लैजाने दायित्व थपिएको बताउनुुभयो ।
पत्रकार सम्मेलनमा बरिष्ठ नेता नेपालले आफ्नो नीतिले अनुमोदन प्राप्त गरेको उल्लेख गर्दै भन्नुुभयो– ‘यस महाधिवेशनका सन्दर्भमा हामीले केही महत्वपूर्ण सैद्धान्तिक विषयहरू उठाएका थियौँ, जसलाई केन्द्रीय कमिटीले स्वीकार गरेर आधिकारिक रुपमा दस्तावेजका रुपमा अघि सारेको छ । प्रतिनिधि छनोटका क्रममा हाम्रा तिनै विचारमा आधारित भएर बहुसङ्ख्यक प्रतिनिधिहरू चयन हुनुभएको छ, जसबाट हामी उत्साहित भएका छौँ । अग्रगामी नीति, सन्तुलित नेतृत्व र एकताबद्ध पार्टीका पक्षमा अभिव्यक्त यस मतले हामीलाई थप जिम्मेवार र गम्भीर बनाएको छ । यसबेला म जोड दिन चाहान्छु– पार्टीमा सबैलाई योग्यता, क्षमता र आवश्यकता अनुसार समेटेर अघि बढ्ने कुरामा म हिजो जति प्रतिबद्ध थिएँ, आज पनि त्यत्तिकै छु र भोलि पनि रहिरहनेछु । सबैलाई यथोचित व्यवस्थापन गरेर अघि बढ्ने कुरामा विश्वस्त रहन म सबैलाई अनुरोध गर्दछु ।’
आफूले पार्टीमा सबैलाई मिलाएर लैजाने उल्लेख गर्दै नेता नेपालले भने– ‘नेपालमा कम्युनिस्ट आन्दोलनको स्थापना र त्यसलाई पुनर्गठित गरी आजको नेकपा (एमाले) का रुपमा विकास गर्नका लागि तीन पुस्ताको श्रम र पसिना खर्च भएको छ । कमरेड पुष्पलालको नेतृत्वमा पार्टी स्थापना गर्ने बेलाको पुस्ता आज पनि हाम्रो सल्लाहकार पुस्ताका रुपमा छ भने झापा आन्दोलनको पृष्ठभूमिमा को–अर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) को स्थापना गर्ने पुस्ता नेकपा (एमाले) को नेतृत्वमा छ । साथै, ०३६ र ०४६ सालको आन्दोलनबाट हुर्किएको पुस्ता पार्टीको ठूलो ऊर्जा र भविष्यका रुपमा खडा छ । त्यसैले आज यस विन्दुमा तीनै पुस्तालाई संयोजन, समन्वय र सक्रिय बनाउने उद्देश्यसहित हामीले पुरानो पुस्ताको विश्वास र नयाँ पुस्ताको भरोषाका साथ नेकपा (एमाले) लाई अघि बढाउने अभियान थालेका छौँ । यस अभियानमा हाम्रा प्रतिनिधिहरूको पूर्ण साथ, समर्थन र सहयोग रहने छ भन्नेमा म विश्वस्त छु ।’
बरिष्ठ नेता नेपालको भनाइ छ– ‘नेकपा(एमाले)का अगाडि अनेकौं चुनौतीका साथै राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने सम्भावना र अनेकौं अवसरहरु छन् । तिनलाई राष्ट्र र जनताका हितमा उपयोग गर्न एकतावद्ध, सुसंगठित, गतिशील र चुनौतीहरुलाई सामना गर्दै अघि बढ्न सक्ने नेतृत्व आजको आवश्यकता हो । उग्रवामपन्थ, यथास्थितिवाद र अराजक प्रवृतिका विरुद्ध संघर्ष गर्दै राष्ट्रलाई एकताबद्ध बनाएर समृद्धि र विकासको बाटोमा अघि बढाउने कार्यको नेतृत्व नेकपा(एमाले) ले मात्र गर्न सक्छ । यो महाधिवेशनले यी महत्वपूूर्ण विषयहरुमा आफ्नो ध्यान केन्द्रित गर्नेछ र सम्पूूर्ण प्रतिनिधिहरुले आफ्नो विवेकको सही प्रयोग गर्नुहुने अपेक्षा गरेको छु ।’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply