बहसमा जान सकेनन् ओली

काठमाडौं । एमाले नेता केपी ओलीले सोमबार आफ्नै पार्टीको केन्द्रीय कार्यालयमा आयोजित बहसमा भाग लिन जान सकेनन् । प्रचार उपसमितिले अध्यक्षका आकांक्षीद्वय माधवकुमार नेपाल र ओलीलाई अध्यक्ष झलनाथ खनालसँग राखेर पत्रकार सम्मेलन आयोजना गरिएको थियो ।
अपरान्ह १ बजेका लागि पत्रकारहरुलाई खबर गरिए पनि ओली आउने प्रतीक्षामा कार्यक्रम झन्डै एक घन्टा ढिलो सुरु गरिएको थियो । संसदीय दलको बैठकबाट निस्केर अध्यक्ष खनाल र बरिष्ठ नेता नेपाल बल्खु पुुगे पनि ओली भने गएनन् । स्रोतका अनुुसार, ओलीसँग सल्लाह गरेर नै उनी निकट प्रदीप ज्ञवालीको नेतृत्वमा रहेको प्रचार उपसमितिले उक्त कार्यक्रम आयोजना गरेको थियो । बरिष्ठ नेता नेपाललाई कार्यक्रममा उपस्थित हुन खबर गर्दा ज्ञवालीले ओली आउने पक्का भएकाले मात्र उहाँलाई अनुरोध गरेको जानकारी दिएका थिए ।
पार्टी काममा सक्रिय हुन र सांगठनिक काममा रुचि नभए पनि कुनै बेला ईश्वर पोखरेलबाट मुखको तरबार चलाउने नेताको उपमा पाएका ओली आफ्ना कुरा राख्न आउने अपेक्षा आयोजक पनि गरेका थिए । तर, उनी नआउनुका कारण बारे भने उनीहरुलाई पनि जानकारी भएन । ‘उहाँ आउने भनेरै कन्फर्म गरिएको थियो’– प्रचार विभागका सचिव सूूर्य थापाले इबुधबारसँग भने– ‘तर किन हो, उहाँ आउनुु भएन । बरु, कार्यक्रमको अन्तिमतिर हामीले नबोएका बामदेव गौतम चाहिं किन हो, आउनुुभएको थियो ।’
एमालेले सातौं महािधवेशनपछि ग्रहण गरेका गणतन्त्र, संघीयता, समावेशीकरण जस्ता मुद्दाप्रति असहमत रहँदै आउनुभएका ओली उखान, टुक्का र चुट्किला सुनाएर हँसाउन र अरुलाई गाली गर्नमा माहिर मानिए पनि बैचारिक बहसमा भने त्यति रुचि राख्नुहुन्न ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply