महाधिवेशन कब्जा गर्ने ओलीको गोप्य रणनीति
१८ असार, काठमाडौं । भोलीवाट शुरु हुने नेकपा एमालेको नवौं महाधिवेशनमा आफ्नो पक्षका प्रतिनिधी कम आएपछि अध्यक्षका प्रत्यासी केपी आली समूहले महाधिवेशन स्थल नै कब्जा गर्ने गोप्य रणनीति बनाएको छ । हिजो अल्फाबिटा कम्प्लेक्समा भएको ओली पक्षका स्वंयसेवकहरुको भेलामा युुवा संघका अध्यक्ष महेश बस्नेतद्वारा दिएको प्रशिक्षणमा महाधिवेशन कब्जाका लागि स्वयंसेवकहरुलाई निम्न रणनीतिबारे जानकारी गराईएको स्रोतले जनाएको छ ।
१. मूल गेटमा ३०० जना आफ्नो पक्षका स्वयम्सेवकहरु तयार गरिने, उनीहरुलाई पिउने पानी, खाजा, आवास सहित आवश्यक सबै कुराको व्यवस्था मिलाइने, रातीमा पनि स्वयम्सेवकहरुको पालो मिलाएर उक्त क्षेत्रको अबलोकन गरिने
२. मूल गेटमा रहने स्वयम्सेवकहरुले आफ्नो पक्षको नेता आउदा हौस्याउने, नारा लगाउने र भित्र पठाउने काम गर्ने तथा अर्को पक्षको नेता आउँदा खिस्याउन, हास्ने र उडाउने प्रकृतिका काम गर्ने
३. मूल गेटमा के.पी. पक्षका कलाकारहरुको टोली निर्माण गरी के.पी. ओलीलाई अध्यक्ष बनाऔँ भनेर बाजा गाजा तथा नाच गान गर्ने
४. २२ वा २३ गते नेतृत्व निर्माणको प्रक्रिया शुरु भएपछि के.पी. ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउन माग राख्दै १०–१० जनाको टोली बनाएर अनशन÷धर्ना बस्ने
५. महाधिवेशनको भित्र रहेका वा आधिकारिक स्वयम्सेवकहरुको भूमिका महत्वपूर्ण रहेको छ, हाम्रै पहलमा भोटिङ्ग मेशिनको प्रयोग गरिएको छ, यो हाम्रो अनुकुल छ
६. महाधिवेशनका आधिकारिक स्वयंसेवकले आफ्नो पक्षका अध्यक्ष देखि केन्द्रिय सदस्य र निकायका पदाधिकारीहरुसम्मको नाम कण्ठस्त गर्ने, कुनै पनि प्रतिनिधि मतदान गर्न अलमलमा परेमा तत्काल सहयोग गर्न जाने र उनीहरुले जे भने पनि आफ्नो पक्षमा मतदान गराउने, सुरक्षकर्मी सहयोगी हुनेछन्
७. शक्ति र पैसा दुबैको पूर्ण प्रयोग गर्ने, प्रत्येक प्रतिनिधिलाई पक्ष वा विपक्षमा दृढ, पदको प्रलोभनमा पर्न सक्ने, पैसाको प्रलोभनमा पर्नसक्ने, अन्य कुनै आश्वासनमा पर्नसक्ने भनेर जिल्ला जिल्लाको सूचि तयार भैरहेको छ, जे जे प्रयोग गर्न परे पनि गरिन्छ, यहाँहरुले पनि यसमा केही सूूचना छ भने पनि दिनुहोला, हामी ५०० भोट जित्दैछौँ, उच्च मनोवल सहित अगाडि बढौँ
८. हाम्रो विशेष कुरा यहाँ भन्न मिल्दैन रमेश पौडेल र महेश बर्तौलाले यहाँहरुको कान कानमा भन्नुहुनेछ
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply