मैले किन दिएँ उजुरी ?
पशुपति मुरारका
पहिलो पटक धम्की आउँदा मैले त्यति गम्भीर रुपमा लिएको थिइनँ । फेसबुकको मेल बक्समा आएको धम्की चाहिं डरलाग्दो थियो । तर, १५ दिनपछि फेरि त्यही इमेल आएपछि मैले प्रहरीलाई खबर गर्ने निष्कर्ष निकालें । राज्य छ, प्रहरी छ, नियम–कानुन छ, कानुन अनुसार व्यवसाय गरेर बसेको मँन्छे किन डराउने ? अनि मैले प्रहरीमा उजुरी दिएँ ।
बीचमा यत्तिकै बसेको थिएँ । प्रहरीले आफ्नो काम गर्दै थियो । अस्ति एक्कासि एस्एस्पी पुष्कर कार्कीको फोन आयो । ‘मान्छे पत्ता लाग्यो सर’– उहाँले भन्नुभयो– ‘अचम्म नमान्नुहोला, तपाईंले चिनेकै मानिस रहेछ ।’
नाम सुन्नासाथ म पनि छक्क परें । लेखनाथ अधिकारीलाई मैले एकजना भद्र पत्रकारका रुपमा चिनेको थिएँ । केही वर्षअघि हामीले ‘नेपाल समाचारपत्र’मा लगानी गरेका थियौं । त्यतिबेला उनी त्यहीं काम गर्थे । भेट हुँदा पनि धेरै बोल्दैनथे, ‘सर नमस्कार’ भनेर हिंडिहाल्थे । उनी आर्थिक बिटमा काम गर्ने पत्रकार पनि थिएनन्, जोसँग व्यवसायीको अलि बढी घुलमिल हुन्छ । यस काण्डमा उनको कसरी संलग्नता रह्यो होला ? मलाई पत्याउनै मुश्किल पर्यो ।
तर प्रहरीले दह्रो अनुसन्धान गरेको रहेछ । लेखनाथजीले ‘नेपाल समाचारपत्र’ बाहेक एम्नेस्टी इन्टरनेसनमा पनि काम गर्नु हुँदोरहेछ । प्रहरी मलाई मेल पठाउने दुबै कम्प्युटर नै ‘लोकेट’ गरेछ । पक्राउ पर्नासाथ उहाँले पनि त्यो कुरा स्वीकार गर्नुभएछ ।
म आफैं पनि छक्क परेको छु, त्यस्तो भद्र, औसत रुपमा राम्रै कमाइ गर्ने र मलाई चिनेको मान्छेले किन त्यस्तो गर्नुभयो होला ? पछि नेपाल समाचारपत्रको प्रधान सम्पादक पुष्करलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र विष्टका साथै घरपरिवारका मान्छेहरुले पनि कुरा गर्नुभएको थियो । प्रहरीलाई दु:ख दिने र कानुन अनुसार गर्न नदिने कुरा भएन । मैले जे हुन्छ, कानुनले नै गर्छ भनें ।
अहिले विद्युतीय कारोबार ऐनको कुरा भइरहेको छ । इमेल त माध्यम मात्र हो, यसलाई विद्युतीय अपराध मात्र भनेर हुँदैन ।
मलाई जनता नेपाल पार्टीका नाममा १५ पृष्ठको धम्कीपत्र आएको थियो । त्यसमा १४ पृष्ठ जति उक्त पार्टीको गठनको उद्देश्य, त्यसका मान्यता आदि इत्यादिका बारेमा लेखिएको छ भने एक पृष्ठमा धम्की छ । उक्त पत्रमा मेरो विराटनगर र काठमाडौंमा रहेको घर रेकी गरिसकेको छ, ९–१० वटा टेलिफोन ट्यापिङ भइरहेको, कार्यालय र घरको सबै जानकारी रहेको भन्दै २ करोड ५० लाख रुपियाँ नदिए परिवार नै सखाप पारिदिने कुरा उल्लेख छ । त्यस्तो कुरा भएका कारण नै गम्भीर भएर मैले प्रहरीमा उजुरी दिएको हुँ ।
अझ पत्रमा अर्को गम्भीर कुरा पनि उल्लेख छ, जसले प्रहरीलाई थप सशंकित बनाएको छ । त्यहाँ सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको हत्या पनि हामीले नै गरेका हौं भनिएको छ । मैले सुने अनुसार, अहिले प्रहरीको अनुसन्धान त्यतातर्फ पनि सोझिएको छ । अब कहाँ–कहाँ र को–को तानिने हुन्, प्रहरी अनुसन्धानले देखाउला ।
मैले उजुरी दिएपछि कतिपय साथीहरुले किन उजुरी दिएको ? व्यवसाय गर्ने मान्छेले यस्तो नगरे हुन्थ्यो पनि भने । ती मेरा शुभेच्छुकलाई मैले विनम्रतापूर्वक भन्ने गरेको छु– ‘हामी व्यवसायीहरुले हिम्मत नगर्दा आपराधिक क्रियाकलाप फस्टाएको छ । यस्ता काममा प्रहरीको साथ किन नलिने ?’ फेरि म त नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष छु । हाम्रो कर्तंव्य सम्पूर्ण व्यवसायीहरुको हक, हित र सुरक्षामा ध्यान दिनु पनि हो । तसर्थ, म ठान्छु– यस्ता कुराबाट अरु व्यवसायी साथीहरुको पनि मनोबल बढ्छ र अरु अपराधीहरुको मनोबल घट्छ ।
व्यक्तिगत रुपमा लेखनाथजीप्रति मेरो सहानुभूति छ । तर, कानुनले आफ्नो बाटो लिन्छ । उहाँले किन र के कारणले त्यस्तो गर्नुभएको थियो, आफैं स्पष्ट गर्नुहोला । यस विषयमा म धेरै के भनौं र ?
(नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष मुरारकासँगको कुराकानीमा आधारित)
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply