‘कसले भेटेका छैनन् गोप्यमा ?’

काठमाडौं । ‘तपाईंको धेरैतिर अदृश्य लगानी छ, अदृश्य भेटघाट हुन्छन्…..’
यस्तो प्रश्न सुनेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उत्तेजित भएनन् । सायद धेरै पटक सुनिसकेकाले होला, शान्त मुद्रामा उनले चुनौती दिए– ‘मेरो कतै लगानी छ भन्ने प्रमाणित होस्, म त्यसलाई धेरै धन्यवाद दिनेछु । यो बेतुकको कुरा हो ।’ तर, ‘अदृश्य भेटघाट’को प्रसंगमा भने उनी अलि खुलेरै प्रस्तुत भए र त्यसलाई अस्वीकार गरेनन् । ‘यहाँ कसले भेटेको छैन ?’– बेला–बेलामा भारतीय गुप्तचर अधिकारीसँग भेटेर चर्चामा आउने गरेका दाहालले प्रतिप्रश्न गर्दै थपे– ‘नेता भएपछि जोसँग पनि भेट्नुपर्छ, जस्तासँग पनि कुराकानी गर्नुपर्छ ।’ उनले त्यसमा सैद्धान्तिक रङ थप्दै भने– ‘मुख्य कुरा देशको हित अनुकूल कुरा गर्यो कि गरेन भन्ने हो, मैले देशको हितमा कुठाराघात गरेको छैन ।’
‘अरूले देशभित्रै भेट्छन्, तपाईं कहिले दिल्ली, कहिले बैंकक, कहिले सिंगापुर पुग्नुहुन्छ । त्यसैले….’
यस पूरक प्रश्नमा पनि दाहालले खुलेरै भने– ‘मेरो अरूको जस्तो ढाँट्ने बानी छैन । के अरू नेता बाहिर घुमघामका लागि जान्छन् ? उनीहरू पनि भेट्नैका लागि जान्छन्, मैले पनि भेटेको छु ।’
मंगलबार बिहान लाजिम्पाटस्थित आफ्नो निवासमा बुधबारसँग कुरा गर्दा यस्ता केही प्रसंगमा दाहाल खुलेर प्रस्तुत भए । आफ्ना कुरा तर्कका साथ राख्ने र आफैंलाई चित्त बुझ्यो भने ठूलो स्वर निकालेर हाँस्ने दाहालले आफ्नो व्यक्तित्वमा क्षयीकरण भएको कुरा पनि स्वीकार गरे । ‘पक्कै पनि पहिला जस्तो छैन’– उनले भने– ‘कुनै पनि पार्टी र नेताको जीवनमा उतार–चढाव ‘कसले ….
हुन्छ, अहिले मेरो राजनीतिमा चढावको अवस्था छैन, उतारको छ ।’ कुनै बेला दाहालले के भन्छन्, त्यही आधारमा कांग्रेस र एमालेले प्रतिक्रिया दिन्थे । तर, अहिले दाहाल कांग्रेस–एमाले के गर्छन्, त्यस आधारमा प्रतिक्रिया दिने अवस्थामा छन् । ‘किनारा लाग्दा कस्तो महसुस भएको छ ?’ यस प्रश्नलाई भने उनले स्वीकार गरेनन् । उनले तर्क गरे– ‘म किनारा लागेको छु भन्ने कुरा मान्दिनँ । अलिकति भूमिका परिवर्तन भएको पक्कै हो तर पनि राजनीति हामीले उठाएकै मुद्दा वरिपरि घुमिरहेको छ, यस अर्थमा म अहिले पनि विरोध वा समर्थनको केन्द्रमै छु ।’
अहिले दाहाल संकटबाट घेरिएका छन् । एकातिर संविधानसभाको चुनावपछि उनको पार्टीको आकार खुम्चिएको छ र त्यही कारण राष्ट्रिय राजनीतिमा प्रभाव पनि खुम्चिएको छ भने अर्कातिर पार्टीभित्रै बाबुराम भट्टराईले ‘धुरुधुरु रुवाइरहेका’ छन् । ‘बसे सुख न उठे सुख’को अवस्थामा रहेका दाहालले तत्कालै पार्टी विभाजन हुने सम्भावना भने देख्न चाहेका छैनन् । ‘त्यस्तो हुँदैन’– उनले भने– ‘३०/३१ वर्ष सँगै काम गरेका आधारमा म भन्छु, बाबुरामजीले त्यस्तो गर्नुहुने छैन ।’
संघीयतामा ब्याक !
जातीय पहिचानसहितको संघीयता भन्दै कुनै बेला जनजातिलाई आन्दोलन गर्न आग्रह गर्ने दाहाल अब त्यसबाट काम नलाग्ने निष्कर्षका साथ लचिलो देखिनुभएको छ । बुधबारसँग कुरा गर्दै उहाँले भन्नुभयो– ‘अब पहिलाको कुराले हुँदैन । केही न केही कम्प्रोमाइज गर्नुपर्छ । ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने हो भने सहमति हुँदैन । सहमतिका लागि कम्प्रोमाइजमा जानुको विकल्प छैन ।’ जातका आधारमा राज्यको नामकरण गर्नुपर्ने, जातका आधारमा राज्य विभाजन गर्नुपर्ने र जातकै आधारमा निश्चित जातकाले मात्रै मुख्यमन्त्री बन्न पाउने गरी जातीय अग्राधिकारको नारासहित दुई वर्षअघि आन्दोलन चर्काइएपछि संविधान निर्माण गर्न नसकी संविधानसभा विघटन भएको थियो । ०६९ जेठ २ गते दलहरूका बीचमा भएको सहमति पनि उग्रजातिवादी संगठनहरूको विरोधका कारण धरापमा परेको थियो । तर, संविधानसभाको निर्वाचनमा जनताबाट उनीहरू अस्वीकृत हुनुका साथै आफ्नो दल पहिलोबाट तेस्रो भएपछि दाहाललाई पनि पुरानो धारणामा परिमार्जन गर्न बल मिलेको छ । ‘हिजोको तरिकाले सोचेर मात्र हुँदैन’– उहाँले भन्नुभयो– ‘आफ्ना कुरा जनतामा राख्दै सबैका लागि विन–विनको अवस्थामा कम्प्रोमाइज गर्नुपर्छ ।’
कांग्रेस–एमालेले जातीयताका आधारमा नभई ऐतिहासिकता, भौगोलिक अवस्था र जातीय संवेदनशीलतालाई समेत ख्याल गरेर संघीयता निर्माण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । ‘अब माघ ८ गतेभित्र संविधान बन्छ र बनाउनुपर्छ’– पार्टीको आन्तरिक किचलोमा फसिरहनुभएका दाहालले भन्नुभयो– ‘त्यसका लागि सबैले योगदान गर्नुपर्छ ।’
One response to “‘कसले भेटेका छैनन् गोप्यमा ?’”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
यतिबेला नेपालमा प्रभावकारी नेतृत्वकालागि मैदान बिल्कुल खाली छ। जनता आजित, आक्रोशित छन। तर बैकल्पिक नेतृत्वको लक्षणपनि देखिएको छैन। त्यसैले पूरानाको भरगर्न वाध्य छन। नेपाली जनतामा विर्सने बानी बज्ररुपमा विद्यमान छ। उनीहरु अति क्षमाशील पनि छन। नेपाली जनता सांस्कृतिक रुपमा प्रवचनको संस्कारबाट पोषित छन। जनजाति, हिन्दु वा वौद्ध सबै संस्कार /चरित्रमा श्रुति -परम्परा हावी छ। उनीहरुलाई पौरख, बीरता र स्पष्टता मनपर्छ। पौरुषमय स्वर मनपर्छ। ईमान, बहादुरी र स्पष्टता मनपर्छ। यस बिषयमा ठेली लेखेर तर्क स्थापित गर्न सकिन्छ। अहिलेको सन्दर्भमा स्वतन्त्रतापूर्वक, निर्धक्क भएर.आफ्नो विकासगर्ने वातावरण मात्र.बनेपुग्छ। नेपालीलाई बिउपूँजी समेत चाहिन्न। युगौँको कालखण्डमा यस्तो अनुकूलताको ईतिहास कहिल्यैपनि थिएन / पाइन्न।
हाम्रा नेताले कुनै एक दर्शनको पिछलग्गु नबनुन, प्रत्येक दिनका असल समाचारलाई राष्ट्रीय सम्पत्ति बनाउँछु भन्ने अठोट गरुन, सम्पूर्ण ईमानदारिताकासाथ परिस्थितिको विश्लेशण गरुन र जनतालाई मात्र सर्वोपरि राखेर.हिम्मत गरुन; अनि आफ्ना गल्ती सार्वजनिक रुपमा स्वीकार गर्ने साहस जुटाउन। तिनको लोकप्रियता ३ देखि ६ महिनामा चूलिनेछ। १ देखि डेढ वर्षमा उनीहरु.निर्विकल्प राजनेता बन्ने छन। वाधा एउटामात्र.छ “संकुचित बीचार -शंकालु ब्यवहार “।