बल्खुको त्यो दिन, यो दिन !

‘कहिलेकाही घरमा ठाकठुक पर्दा बरालिएर घर फर्किए जस्तै हो’, गुरुंगले सम्झे, ‘हामीले त्यतिबेला सात बुँदे मागपत्र पेस गरेका थियौँ र यही हलमा नेताहरुसँग वार्ता गरेका थियौँ ।’ गुरुंगले त्यतिबेला एमालेले एकल जातिका नामबाट प्रदेशको नाम राख्नेबाहेक उनीहरुका सबै माग पूरा गरेको भने। ‘तर, साथीहरुले मान्नुभएन र नयाँ पार्टी गठन गर्नुभयो’, त्यतिबेला ककसका संयोजक समेत रहेका गुरुंगले भने, ‘आज फेरि एमालेमा आउँदा खुसी लागेको छ ।’
त्यतिबेला सँगै मुद्दा उठाए पनि अन्तिममा गुरुंगका साथै किरण गुरुंग, दलबहादुर रानालगायतका नेताहरु एमालेमै बसेका थिए । तीमध्येका राना मन्त्री छन् भने पृथ्वी सुब्बा गुरुंग हालै सम्पन्न महाधिवेशनबाट सचिव निर्वाचित भएका छन् ।
अशोक राईले नेतृत्व गरेको संघीय समाजवादीका बरिष्ठ उपाध्यक्ष छोडेर मीना गुरुंग, चन्द्रलाल केपछाकीलगायत ३५ जना कार्यकर्तासहित फर्किएका सुब्बालाई एमाले अध्यक्ष केपी ओली, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवालीलगायतले स्वागत गरेका थिए ।
नवौं महाधिवेशनले समावेशीकरणका पक्षमा धेरै काम गरेको र आफूहरुले उठाएका मागहरु व्यवहारमै पूरा भएको भन्दै पोलिट्ब्युरोका पूर्वसदस्य सुब्बाले खुसी प्रकट गरे । ‘अहिले नेतृत्वमा सबै जातजातिका मानिसहरु आएका छन्’, उनले भने, ‘पहिला नै यति गरिदिएको भए हामी जाने नै थिएनौं नि ।’ सुब्बाले १९ महिना आफू नयाँ पार्टीमा रहँदा कुनै एक दिन पनि हार्दिकता र आत्मीयता महसुस नभएको तर आज बल्खु फर्किनासाथ पुराना साथीहरुले हार्दिक रुपमा स्वागत गरेकोमा खुसी प्रकट गरे । साहित्यकारसमेत रहेका सुब्बाले भावुक हुँदै भने, ‘५७ वर्षको भएँ । एमालेको विधान अनुसार ७० वर्षसम्म काम गर्न पाइन्छ । बाँकी १३ वर्ष र त्यसपछि पनि इमानदार कार्यकर्ताका रुपमा एमालेमै रहिरहनेछु ।’ आफू अरुजस्तो भित्र एउटा र बाहिर अर्को कुरा गर्ने मानिस नभएको उल्लेख गर्दै उनले भने, ‘हामी सशर्त एमालेमा फर्किएका छौं । हाम्र्रो योग्यता, क्षमतालाई सदुपयोग गर्ने गरी जिम्मेवारी पाउने सर्तसहित फिर्ता भएका छौँ ।’ स्रोतका अनुसार, उनलाई पोलिट्ब्युरो सदस्य बनाउने बचन नेताहरुले दिएका छन् ।
तेह्रथुमबाट दुई पटक प्रतिनिधिसभा सदस्य निर्वाचित सुब्बाकी बहिनी डा. शिवमाया तुम्बाहाम्फे हालै सम्पन्न एमालेको महाविधेशनबाट केन्द्रीय सदस्य चुनिएकी छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply