संसदीय समितिको सभापतिमा को–को ?
काठमाडौं । सभामुख सुवास नेम्वाङले भदौ ४ गतेका लागि व्यवस्थापिका संसद अन्तर्गतका ११ समितिका सभापति चयनको मिति तोकेपछि दलहरुले नाम टुंगो लगाएका छन् । आजबाट प्रक्रिया सुरु हुने भएकाले हिजो साँझसम्म उनीहरुले नाम टुंगो लगाएको स्रोतले बतायो ।
एमाले र कांग्रेसले चार चार, एमाओवादीले दुई, राप्रपा नेपालले एक, मधेसी दलहरुले एक र अन्य साना दलले एक सभापति पाउने गरी सहमति भएको थियो । यसपटक सभापति मौका पाउन लागेकोमा अधिकांश युवा अनुहार छन् ।
स्रोतका अनुसार, कांग्रेसका तर्फबाट संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा यसअघिकै कुलबहादुर गुरुङ, राज्य व्यवस्था समितिको सभापतिमा दिलबहादुर घर्ती, कृषि तथा जलस्रोत समितिको सभापतिमा गगनकुमार थापा र उद्योग समितिको सभापतिमा भीष्मराज आङदम्बे सभापति हुँदैछन् ।
यसैगरी, एमालेका तर्फबाट अर्थ समितिको सभापतिमा प्रकाश ज्वाला, विकास समितिको सभापतिमा रविन्द्र अधिकारी, महिला तथा वालबालिका समितिको सभापतिमा रञ्जुकुमार झा र सुशासन समितिको सभापतिमा शेरधन राईले मौका पाउँदैछन् ।
एमाओवादीले पाएको परराष्ट्र तथा मानवधिकार समितिको सभापतिमा प्रभु साहको नाम तय भएको छ । उसले पाएको सार्वजनिक लेखा समितिमा यसअघि नै जनार्दन शर्मा सभापति भइसकेका छन् । उता राप्रपा नेपालले पाएको समितिमा सुशीलकुमार श्रेष्ठ सभापति बन्दैछन् ।
समितिको सभापति हुन त्यही समितिको सदस्य हुनुपर्ने भएकाले कसैको नाम फेरबदल गर्नुपर्ने भएमा आइतबार साँझसम्मका लागि सभामुख नेम्वाङले समय दिनुभएको थियो । परिवर्तन भएका नौ नाम आजको बैठकमा घोषणा हुने बताइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply