एमालेमा पदाधिकारीको जिम्मेवारी ‘मोटामोटी’ तय
काठमाडौं । गत शनिबार सम्पन्न नेकपा (एमाले) को केन्द्रीय कमिटीको दोस्रो बैठकले केन्द्रीय पदाधिकारी र सदस्यहरूको कार्यविभाजन गर्न नसके पनि नेताहरूबीच पदाधिकारीको जिम्मेवारीका बारेमा मोटामोटी सहमति भएको छ ।
सोही अनुसार, केही नेताहरूले अनौपचारिक रूपमा कामको जिम्मेवारी समेत सम्हालिसकेका छन् । अध्यक्ष केपी ओलीले कार्यविभाजनको प्रस्ताव तय गर्ने जिम्मा महासचिव ईश्वर पोखरेल र उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाललाई दिनुभएको छ । तीन जनाबीच पटक–पटक बैठक बसेर जिम्मेवारी कसरी दिने भन्नेबारेमा छलफल भइरहेको छ । ‘हामीले जिम्मेवारी तोक्दा मोडालिटीका बारेमा छलफल गरिहेको छौं’– उपमहासचिव भुसालले भन्नुभयो– ‘भूगोल, विभाग र फाँट गरी केन्द्रीय नेतृत्वलाई विन्यास गर्नेछौं ।’ स्रोतका अनुसार, १ सय ६१ सदस्यीय केन्द्रीय कमिटीका ६० प्रतिशत सदस्य भूगोलमा खटिनेछन् भने २० प्रतिशतले विभाग र बाँकी २० प्रतिशतले फाँटको जिम्मेवारी पाउनेछन् ।
अध्यक्ष र महासचिवलाई खास कुनै तोकेर जिम्मेवारी दिनुपर्ने छैन भने बाँकीलाई रुचि, क्षमता र सन्तुलनका आधारमा जिम्मेवारी दिइनेछ । पाँच उपाध्यक्षलाई पाँच विकास क्षेत्रको कामको अनुगमन गर्ने जिम्मेवारी दिइनेछ । जस अनुसार, विद्या भण्डारीले पूर्वाञ्चल, अष्टलक्ष्मी शाक्यले मध्यमाञ्चल, वामदेव गौतमले पश्चिमाञ्चल, युवराज ज्ञवालीले मध्यपश्चिमाञ्चल र भीम रावलले सुदूरपश्चिमाञ्चलको जिम्मेवारी पाउनेछन् । पाँच सचिवका लागि विधानमै पाँच विभागको किटानी भए पनि दुई उपमहासचिवका लागि भने के जिम्मेवारी दिने भन्ने किटान छैन । एक सचिवले भने– ‘दुवै जना कार्यविभाजनसम्बन्धी छलफल गर्ने टिममा भएकाले आफूलाई उपयुक्त लाग्ने जिम्मेवारी लिनुहुन्छ होला ।’ उपमहासचिव पौडेलले के जिम्मा लिने भन्ने तय नभए पनि अर्का उपमहासचिव भुसालले भने पार्टी स्कुल विभाग लिने सम्भवना छ ।
पाँच सचिवमध्ये यसअघि पाँच वर्ष प्रचार विभाग प्रमुख भएर सफलतापूर्वक काम गर्नुभएका प्रदीप ज्ञवालीलाई यस पटक देशभरिको पार्टी कामको संयोजन गर्ने केन्द्रीय सचिवालय सचिव बनाइनेछ भने कार्यालय सचिवका रूपमा यसअघि कार्यरत पृथ्वीसुब्बा गुरुङलाई संगठन विभाग प्रमुख बनाइनेछ । यसैगरी, सञ्चार क्षेत्रमा व्यक्तिगत रूपमा समेत राम्रो प्रभाव राख्ने योगेश भट्टराईलाई प्रचार विभाग प्रमुख र दुई कार्यालय युवासंघको सफलतापूर्वक नेतृत्व गर्नुभएका गोकर्ण विष्टलाई मोर्चा प्रमुख बनाउने सम्भावना छ । अर्का सचिव भीम आचार्य भने मन्त्री भएका कारण अहिले कार्यविभाजनमा पर्ने छैनन् । विधान व्यवस्था भएको राज्य व्यवस्था विभाग अहिलेलाई छुट्याउने तर अहिले सचिवालयले नै समन्वय गर्ने सम्भावना रहेको एक सचिवले बुधबारलाई बताए ।
पोलिटब्युरो कस्तो बन्छ भन्ने कुराले जिम्मेवारी तय हुने भएकाले अरूका हकमा एमालेमा छलफल नै सुरु भएको छैन । एक केन्द्रीय सदस्यका अनुसार, सहमतिका आधारमा विधानले अन्तिम रूप पाएमा एउटा संरचना बन्नेछ भने अल्पमत–बहुमतका आधारमा तय भएमा फरक रूप लिनेछ । केपी ओली पक्षले पहिलो पटक केन्द्रीय कमिटीमा आएकाहरूलाई पनि पोलिटब्युरो सदस्य बन्न दिनुपर्ने अडान राखेको छ भने माधव नेपाल पक्षले महाधिवेशनको निर्णयविपरीत जान नसकिने अडान लिएको छ । केन्द्रीय कमिटीमा बहुमतमा रहेको ओली पक्षले काउन्टरमा विधानमा पदाधिकारी स्वत: पोलिटब्युरो र स्थायी समितिमा रहने प्रावधान नरहेको तर्क गर्दै चुनावमा जानुपर्ने तर्क गरेको छ ।
‘सामान्यत: कुन सिद्धान्तमा जाने भन्नेमै छलफल बाँकी छ’– महासचिव पोखरेलले भन्नुभयो– ‘भूगोलबाट निर्वाचितलाई भूगोलकै जिम्मा दिने वा सिनियर साथी त्यहाँ भए उसलाई जिम्मेवारी दिने, प्रत्येक अञ्चलमा पोलिटब्युरो सदस्यलाई इन्चार्ज बनाउने, विभागमा प्रमुख–उपप्रमुख राख्ने जस्ता विषयमा छलफल भइरहेको छ ।’ सचिवालाय बैठक बसेर कार्ययोजना र कार्यविभाजनका बारेमा ठोस योजना बनाउने उहाँले बताउनुभयो ।
One response to “एमालेमा पदाधिकारीको जिम्मेवारी ‘मोटामोटी’ तय”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
नेपाल मा धेरै रास्ताबादी देश सेवक र जनसेवक नेता हरु को पहचान उनका बिचार नीति र भावना के रैछ,र लोकतान्त्रा देश मा नीति नियाम अनि कानुन् कस्तो हो र कस्तो हुनु पर्छ-अनि नेता जी हरुका बिचार नीति नियाम अनि जनाता ले के पाया र के हरायो भन्नि बिसया लै ७१ पर्सेन्ट जनाता ले बुझे अब कुनै पनि जनाता ले हाम्रो पार्टी ठिक हाम्रै नेता ठिक भन्नि पक्छ मा र तो भन्दा ता नीति नियाम र कानुन ठिक हुन्छ ,भन्नि कुरा को धेरै आनुभबि भै सके,यसै गरि अब जनाता ले हाम्रो -तेरो -ना भनेर र कुनै पार्टी न भनेर इमान्दार रास्टाबादी नेता को आनुभब र पहचान गर्ना सके भने देश को उन्नति ले छिटै फड्को मारनी मेरो दाबि,