माधव नेपालले सोधे– ‘मिल्ने कि भिड्ने ?’

काठमाडौं । आफूसँग सल्लाह नै नगरी अध्यक्ष केपी ओलीले एकतर्फी आठ सभासद् सिफारिश गरेपछि आक्रोशित बनेको एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले मिलेर जाने वा भिडेर जाने भन्ने निष्कर्षमा पुग्न ओली पक्षलाई चुनौती दिनुभएको छ । सोमबार सिंहदरबारमा आयोजित पदाधिकारी बैठकको सुरुमै नेपालले सोध्नुभयो– ‘तपाईंहरुको मन के छ ? म त्यही अनुसार जान तयार छु ।’
अध्यक्षमा पराजित भएपछि आफूले निरन्तर अध्यक्षलाई सघाएर जाने मनसाय राखेको, त्यही अनुुसार अभिव्यक्ति दिएको र काम गरेको भए पनि अध्यक्षबाट एकलौटी रुपमा अघि बढ्न खोजिएकाले त्यो सह्य नहुने उहाँको भनाइ थियो । विहान ११ बजे संसदीय दलको कार्यालयमा भावी संविधानमा न्यायपालिकाका विषयमा छलफल गर्न कार्यबाहक अध्यक्ष वामदेव गौतमले बोलाएको बैठकको सुरुमै नेपालले भन्नुभयो– ‘पार्टीभित्रको शक्ति सन्तुलनको ख्याल गर्ने होइन र पेवा झैं गरेर व्यक्तिगत रुपमा पार्टी चलाउने हो भने त्यसबाट उत्पन्न हुने दुर्घटना बेहोर्न तयार हुनुपर्छ ।’ आठ सभासद्, यसअघि संसदीय समितिका सभापति चयन र ७२ जिल्लामा सुकुम्बासी समस्या समाधान आयोग गठन गर्दा उपेक्षा गरिएको नेपालको भनाइ थियो । ‘स्थायी कमिटी गठन गरौं भन्दा गरिएन । मलाई शंका थियो, व्यक्तिगत रुपमा चल्नका लागि त्यसो गरिएको रहेछ । अहिले विधान तोडमोड गरेर अर्कै खालको स्थायी समिति बनाउने खेल भइरहेको छ । स्थायी समितिमा पदाधिकारीलाई नराख्ने गरी छलफल चल्दैछ भन्ने सुन्दैछु । यस्तो कुरा म कदापि हुन दिन्न’ – उहाँको भनाइ थियो– ‘पार्टी सिस्टमबाट चल्नुपर्छ तर गुटका आधारमा चलेको छ ।’ झलनाथ खनालका पालामा पहिलो बैठकबाटै स्थायी कमिटी बने पनि अहिले नियतबश कमिटीविहीन बनाएर व्यक्तिगत रुपमा चल्न खोजिएको उहाँले बताउनुभयो ।
बरिष्ठ नेता नेपालले आफ्ना कुरा पार्टीभित्र सुनुवाइ नहुने हो पनि सार्वजनिक रुपमा बोल्न बाध्य हुने जानकारी पनि बैठकमा दिनुभएको थियो ।
बैठकमा कार्यबाहक अध्यक्ष गौतमले केपी आएपछि सबै कुरा गरौंला, अहिले सार्वजनिक रुपमा नबोल्नूहोस् भन्ने आग्रह गर्नुभएको थियो ।
2 responses to “माधव नेपालले सोधे– ‘मिल्ने कि भिड्ने ?’”
Leave a Reply Cancel reply
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
नेपाल मा धेरै रास्ताबादी देश सेवक र जनसेवक नेता हरु को पहचान उनका बिचार नीति र भावना के रैछ,र लोकतान्त्रा देश मा नीति नियाम अनि कानुन् कस्तो हो र कस्तो हुनु पर्छ-अनि नेता जी हरुका बिचार नीति नियाम अनि जनाता ले के पाया र के हरायो भन्नि बिसया लै ७१ पर्सेन्ट जनाता ले बुझे अब कुनै पनि जनाता ले हाम्रो पार्टी ठिक हाम्रै नेता ठिक भन्नि पक्छ मा र तो भन्दा ता नीति नियाम र कानुन ठिक हुन्छ ,भन्नि कुरा को धेरै आनुभबि भै सके,यसै गरि अब जनाता ले हाम्रो -तेरो -ना भनेर र कुनै पार्टी न भनेर इमान्दार रास्टाबादी नेता को आनुभब र पहचान गर्ना सके भने देश को उन्नति ले छिटै फड्को मारनी मेरो दाबि,
Yasta kuraharu garda sunda manai katakka kudin6 Aba bhide pani judhe pani Sinhadurbarma photo jhundi halyo, paxiko pidiko lagi keko matlab hun6 ra netahrulai ??? 9th mahadhibeshanma ni bhidekai ho aba feri kina bhidnu paryo ??? aakhir 8 jana pani ta UML kai hun jasto lag6 yasari bakheda kina ra ???