वामदेवले अंग्रेजी नबुझेपछि…..
काठमाडौं । अरूले केही फुक्र्याइदियो भने फुरुंग पर्ने र आफू उभिएको धरातल नै बिर्सिने गृहमन्त्री वामदेव गौतमका कारण गत साता मुलुकले नै लाज मान्नुपर्ने अवस्था देखियो । सार्क गृहमन्त्रीस्तरीय बैठकका लागि काठमाडौंमा आएका पाकिस्तानबाहेक छ मुलुकका गृहमन्त्रीहरूका बीचमा गौतम हाँसोका पात्र बने ।
त्यसको मुख्य कारण थियो, गृहमन्त्री गौतमले प्रयोग गरेको भाषा । होटल ह्यातमा आयोजित उक्त बैठकलाई आयोजकका हैसियतमा गौतमले सम्बोधन गर्नुपर्ने थियो । तर, उनलाई अंग्रेजी फुट्टी नआउने । अनि उनले अंग्रेजी अक्षरको उच्चारण सरकारी स्कुलमा दुई तीन कक्षामा पढ्ने विद्यार्थीले झैं नेपाली अक्षरमा लिएर पढे । उनको भाषण सुन्दा सहभागीहरू लाजले मुख छोपेर हाँसेका थिए । उनी घरिघरि जोसिएर नेपालीमा भाषण गरुँला झैं गरेर बोल्थे भने घरिघरि अर्कै प्रकारको उच्चारण गर्दथे । कार्यक्रममा सहभागी एक उच्च स्रोतले दिएको जानकारी अनुसार, गौतम को–अपरेसन भन्नुपर्ने ठाउँमा कर्पोरेसन भन्दा भाषणको पूरै सार बिग्रिएको थियो ।
पीडीए दुई दिन ढिला
एमाले उपाध्यक्षसमेत रहेका गौतमले अंग्रेजी नबुझेका कारण नेपालको लगानी बोर्ड र भारतीय कम्पनी जीएमआरबीच माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका लागि विद्युत् व्यापार सम्झौता (पीडीए) हुन पनि दुई दिन ढिलो भएको थियो । भएको के रहेछ भने १ सय ५५ पृष्ठ लामो उक्त सम्झौतापत्रमा प्राकृतिक प्रकोपका कारण जलविद्युत् आयोजना बिग्रिएमा नेपालले नै बनाउनुपर्नेछ भन्ने प्रावधान छ भनेर कुनै लालबुझक्कडले गौतमलाई भनिदिएको रहेछ । एक त त्यति लामो दस्तावेज, त्यसमा पनि अंग्रेजीमा भएपछि गौतमले पढ्ने कुरै भएन । त्यसैले के–के न मुद्दा पाइयो भनेझैं गरेर उनी त्यही कुरा सुनाउन हस्याङफस्याङ गर्दै एमाले अध्यक्ष केपी ओलीलाई सुनाउन बालकोट पुगे । तर, जे जस्ता प्रावधान स्वीकार गरेर भए पनि भारतीय कम्पनीसँग उक्त सम्झौता गर्नुपर्छ भन्ने दृढ मान्यतामा रहेका ओलीले गौतमको कुरा हावामा उठाइदिए । कहाँ त्यस्तो प्रावधान हुन्छ ? बन्द, हडताल भएमा मात्रै नेपालले क्षति व्यहोर्नुपर्छ, प्राकृतिक प्रकोप आएमा हामीले पर्दैन भन्दै उनले गौतमलाई भनेका थिए ।
त्यतिबेलासम्म गौतमले एमालेका अरू पदाधिकारीहरूलाई पनि त्यस्तै गलत सूचना प्रचार गरिसकेका रहेछन् । एक पदाधिकारीले भने, हामी सबैका हातमा दस्तावेज थिएन । दस्तावेज भएका र सरकारमा पनि भएका मानिसले नै त्यस्तो भनेपछि पत्याउनैपर्यो । तर, पछि थाहा भयो, दस्तावेजमा त त्यस्तो कुरै रहेनछ ।
एफएमलाई तह लगाउने प्रण
यसैबीच, भारतीय गृहमन्त्री राजनाथ सिंहसमक्ष गृहमन्त्री गौतमले भारतका पक्षमा नरहेका नेपालका एफएमहरूलाई ठीक पार्ने वचन दिएका छन् । भारतीय पक्षले उक्त कुराको प्रचार गर्दै नेपालको गृहमन्त्री गौतमको प्रशंसा गरेको छ । भारतीय पक्षले सीमावर्ती सहरमा आफूलाई अनुकूल पर्ने एफएमहरू बनाए पनि राजधानीबाट प्रसारण हुने एफएमहरूलाई कर्के नजरले हेर्दै आएको छ । खासगरी, उज्यालो एफएमलाई उसले आफूप्रति नकारात्मक रहेको भन्दै गौतमसमक्ष नामै लिएको उच्च स्रोतले जानकारी दिएको छ ।
भारतीयको बढ्तै चाकडी
कुनै बेला भारतलाई हेर्ने दृष्टिकोण मिलेन भन्दै पार्टी नै फुटाउने वामदेव गौतम यतिबेला भारतको बढ्तै चाकडीमा लागेको महसुस स्वयम् मन्त्रीहरूले समेत गरिरहेका छन् । एक मन्त्रीले बुधबारसँग भने– ‘भारतसाग पीडीए गर्नका लागि ऊर्जामन्त्रीभन्दा बढी सक्रिय वामदेवजी भएको पाइयो । यसको कारण बुझ्न सकिएको छैन ।’
स्रोतका अनुसार, उपप्रधानमन्त्री हुनुभन्दा पहिला नै गौतम र भारतीय पक्षबीच विभिन्न विषयमा गम्भीर कुराकानी भइसकेकाले भारतका पक्षमा आउने जुनसुकै कुराको पनि गौतमले पक्ष लिने गरेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply