मैले यसकारण एमाले मन पराएँ

पारिवारिक रुपले व्यवसायमा संलग्न रहे पनि राजनीतिप्रति मैले सधैँ चासो राख्दै आएको छु । अघिल्लो संविधानसभामा म सद्भावना पार्टी (आनन्दीदेवी)का तर्फबाट सदस्य थिएँ । पछि कुरा मिलेन र नव नेपाल निर्माण पार्टी गठन गरेँ । यसबीचमा राजनीतिका बारेमा अझ बढी बुझ्ने अवसर प्राप्त भयो । एउटा सचेत नागरिकका रुपमा मुलुकको राजनीतिमा केही योगदान दिनुपर्छ भन्ने लागेकाले अझ बढी सक्रिय हुने हिसावले मैले एमाले रोजेको हुँ ।
आर्थिक एजेन्डा सबभन्दा राम्रो
अहिले नेपालमा रहेका पार्टीहरुमध्ये नेकपा (एमाले) ले अघि सारेका एजेन्डाहरु सबभन्दा राम्रा छन् । आर्थिक विकास र मुलुकको समृद्धिका लागि एमालेले जुन दृष्टिकोण अघि सारेको छ, त्यसबाट म प्रभावित बनेको छु । अबको एजेन्डा आर्थिक क्रान्ति हुनुपर्छ र आर्थिक क्रान्तिबिना मुलुकले काँचुली फेर्न सक्दैन । एमालेले आफ्नो घोषणापत्रमार्फत अघि सारेका खासगरी आर्थिक धारणाहरुरु सामयिक र दीर्घकालीन रुपमा समेत मुलुकलाई अग्रगतितर्फ लैजान सक्षम छन् ।
घोषणापत्रमा कहिल्यै बन्द–हडताल नगर्ने एमालेले जुन घोषणा गरेको छ, त्यसबाट पनि मुलुकको समृद्धिका बारेमा यसको सोच कस्तो छ भन्ने बुझ्न सकिन्छ । आर्थिक रुपान्तरणका लागि यसलाई कार्यान्वयन गर्नुपर्छ भन्ने कुरामा एमाले नेतृत्व दृढ देखिन्छ ।
जुझारु नेताहरुको पंक्ति
एमालेमा मलाई अर्को मन परेको कुरा नेताहरुको पंक्ति हो । जति पनि एमालेका नेताहरु मैले देखेँ, भेटेँ र संगत गरेँ, उहाँहरुमा मुलुकका लागि केही गर्ने सोच छ । त्यसका लागि भिजन छ । मुलुकको विकास र प्रगतिका लागि उहाँहरु प्रतिबद्ध देख्छु । त्यसका साथै आफ्नो अडान र एजेन्डामा बस्ने कुरामा पनि एमालेका नेताहरु अघि हुनुहुन्छ । सानोतिनो कुराका लागि कसैसँग सम्झौता गरिहाल्ने प्रवृत्ति उहाँहरुमा देखिँदैन । मलाई यो पक्ष धेरै मन परेको छ । नेताहरुको त्यही अडान र इमानदारीले एमालेलाई अरु पार्टी भन्दा बेग्लै बनाएको छ भन्ने मलाई लागेको छ ।
संविधान ल्याउनका लागि एमालेका नेताहरुले जुन तत्परता देखाउनुभएको छ, त्यो अरुले पनि देखाएको भए अघिल्लै संविधानसभाबाट संविधान आउने थियो । अहिले पनि समयमै संविधान बनाउन यस पार्टीका नेताहरुले लगातार जोड दिइरहनुभएको छ । समयमै संविधान निर्माण भयो भने मुलुकमा समृद्धिको ढोका खुल्छ भन्ने एमालेको धारणा सराहनीय छ ।
पार्टी एकीकरणको निर्णय
हामीले आर्थिक एजेन्डालाई केन्द्रमा राखेर नव नेपाल निर्माण पार्टी गठन गरेका थियौँ । तर, मुलुकको परिवर्तनका लागि सानो पार्टीबाट होइन, ठूलो पार्टीबाट सम्भव छ भन्ने लागेर हामी एमालेसँग ए्रकीकरण गर्ने निष्कर्षमा पुगेका हौँ । त्यसका लागि केपी ओली, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका नेताहरुसँग कुराकानी भयो । बेलाबेलामा उहाँहरुलाई भेट्न जाँदा र आर्थिक विकासको कुरा गर्दा उहाँहरुले अलग पार्टीमा किन बस्नुहुन्छ, जब हाम्रा सोचहरु मिल्छन् भने सँगै काम गरौँ भनेर प्रोत्साहित गर्नुहुन्थ्यो । त्यो कुरा हामीलाई पनि ठीकै लाग्यो र अहिले हामी एमालेसँग एकीकरण गर्ने निष्कर्षमा पुगेका छौँ ।
पार्टीसँग कुनै माग छैन
हामी कुनै चीज पाउँला वा यो चीज चाहियो भनेर एमालेमा जान लागेका होइनौँ । हाम्रा पक्कै पनि आर्थिक विकासका सरोकारहरु छन् । एमाले आर्थिक विकासमा केन्द्रित हुन चाहन्छ । यस दिशामा पक्कै पनि हामी जस्ता उद्यमीहरुको योगदान रहन्छ । युवाहरु विदेश पलायन भइरहेका छन्, मुलुकको पुँजी पलायन भइरहेको छ, बेरोजगारी बढिरहेको छ, उद्योगहरुको अवस्था ठीक छैन, कृषिको आधुनिकीकरण हुन सकेको छैन, विदेशी पुँजी भित्रिन सकेको छैन । यस्तो अवस्थामा सुधार ल्याउन एमालेले जब काम गर्छ, तब हाम्रो भूमिका पनि आउँछ । यसबाहेक अरु कुनै विशेष माग छैन । पार्टीले जे भन्छ, जे आदे् दिन्छ, त्यही गर्ने हो ।
(आइतबारबाट एमाले बन्न लाग्नुभएका टीएम दुगड ग्रुपका उद्योगपति तथा पूर्वसभासद् मोती दुगडसँगको कुराकानीमा आधारित)
मोती दुगड
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply