दुईबीच तीन चरणमा के–के भयो ?
काठमाडौं । ‘तपाईं र म मिल्यौं भने केही पनि समस्या छैन । जेएनको हालत देखिहाल्नुभएको छ, वामदेवको के कुरा भयो र ?’
घरमै बोलाएर एमाले अध्यक्ष केपी ओलीले यस्ता मीठा कुरा गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले के नाइनास्ती भन्नु ? घरमै बोलाएको छ, अनेकथरी परिकार तयार पारेको छ, फेरि छेउमै श्रीमती राधिका शाक्य राखेर कुरा गरेको छ । चित्त नबुझेका कुरा मनमा राख्दै नेपालले जवाफ फर्काए– ‘आज खाना खाऔं, विस्तारमा कुरा अर्को दिन गरौंला । मैले मिलेर नजाने कहाँ भनेको छु र ?’ अघिल्लो साता गौशालास्थित पशुपति भिजन होटलमै गरेका कुराकानीभन्दा विषय अघि नबढेपछि दुई नेता राति नौ बजे फेरि पशुपति भिजनमै भेट्ने गरी छुट्टिएका थिए ।
गत साता नेपाललाई पार्टीभित्रका समस्या समाधान गर्ने गरी डिनरका लागि बोलाएका ओलीले आफ्ना पुरानै गन्थन दोहोर्याए– ‘मलाई तपाईंले कहिल्यै पनि विश्वास गर्नुभएन, जहिले पनि शंकाको घेरामा राख्नुभयो ।’ त्यस रात दुई नेताबीच कहाँबाट समस्या सिर्जना भयो र दरार उत्पन्न भयो भन्नेबारेमा लामो छलफल भएको थियो । ओलीको गुनासो थियो– ‘मैले जहिले पनि तपाईंलाई सघाएँ, तपाईंले सघाउनुभएन । ०५६ सालमा मनमोहन अधिकारीको निधन भएपछि मैले संसदीय दलको नेता हुन्छु भन्दा तपाईंले मान्नुभएन । तपाईं महासचिव हुनुहुन्थ्यो । ‘पावर सेयरिङ’ गर्नै चाहनुभएन ।’ नेपालले जवाफ दिए– ‘पार्टीको महासचिव चुनाव जितेर आएको छ । अनि ऊ दोस्रो नम्बरमा बस्छ ? मैले पद्धतिको कुरा गरेको हुँ ।’ नेपालले पनि आफू महासचिव बन्दादेखि नै ओलीले असहयोग गरेको फेहरिस्त सुनाए । ‘०५० सालमा एउटा जटिल अवस्थामा महासचिव बनें । त्यसलगत्तै भानुभक्त ढकालहरूलाई लिएर इलाम पुगेको बेला तपाईंले ‘उहाँलाई दुई–चार दिनका दुई
लागि बनाएको हो, छिट्टै हटाइन्छ’ भन्नुभयो । सुरुदेखि नै मलाई तपाईंको सहयोग रहेन ।’
दुई नेताबीच अर्का नेता वामदेव गौतमका बारेमा पनि निकैबेर कुराकानी भएको थियो । किन हो, ओली अहिले वामदेवप्रति निकै असन्तुष्ट रहेछन् । उनले वामदेवको चर्को आलोचना मात्र गरेनन्, विगतमा उनकै कारण पार्टी विभाजन भएको सन्दर्भसमेत स्मरण गराए । ‘उनलाई उपमहासचिव बनाउनु नै गल्ती थियो । तपाईं र मिलेर उपमहासचिवबाट हटाउन ढिलो भएकाले उनको फूर्ति बढेको हो ।’ झलनाथले दीपक अमात्यलाई मन्त्री बनाउन आफूलाई दबाब दिनुले उनको वास्तविकता सबैका सामु उजागार भएको पनि ओलीले भन्न भ्याए ।
मंगलबार साँझ पशुपति भिजनमा भएको छलफलमा पनि दुई नेताका बीच यस्तै गन्थनहरू नै धेरै भए । ‘मिलेर जानुपर्छ, मलाई सघाउनुपर्यो, मैले धेरै चलाउने होइन, तपाईंको स्वास्थ्य पनि ठीक छ, सबै कार्यकर्तालाई तपाईंले समान व्यवहार गर्नुपर्यो’ भनेर पटक–पटक ओलीले नेपाललाई सम्झाउन खोजे पनि पार्टीभित्रको खास विवादका बारेमा उनले मुख नै खोलेनन् । एकतर्फी रूपमा जिल्ला अधिवेशनहरूमा हस्तक्षेप, विधान प्रकाशन, सभासद् मनोनयन, मन्त्री बर्खास्तगी र नियुक्ति, समितिका सभापतिहरूको चयन जस्ता कुरामा दुई नेताबीच ठोस कुरा भएन । उनले ती सबै विषयमा राख्दै आएका अडानहरू नै दोहोर्याएका थिए । ‘संसदीय समितिका सभापतिहरूको नाम वास्तवमा मलाई राजेन्द्र पाण्डेले दिएका हुन् । सभासद्मा पनि मैले आफ्नो मानिस कोही राखेको छैन । ईश्वर पोखरेलले मन गरेपछि मीरा ध्वजूलाई राख्नै पर्यो । अग्नि खरेलले छ महिनादेखि किचकिच गरेर बस्न–खान दिएका थिएनन् । अरू त्यस्तो विवादित मानिस को छ र ?’
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply