स्थायीमा एकका लागि अनेक नाम
काठमाडौं । नेकपा (एमाले) को ६३ सदस्यीय पोलिटब्युरो र २२ सदस्यीय स्थायी समिति सर्वसम्मत्तिबाट चयन भयो । तर, स्थायी समितिमा एक जना थप्नेमा भने नेताहरूबीच किन सहमति हुन नसकेको होला ? यसका पछाडि नेताहरूबीच कसलाई ल्याउने भन्नेमा मत मिल्न सकेको छैन ।
स्रोतका अनुसार, पोलिटब्युरो र स्थायी समिति गठनका लागि वरिष्ठ नेता माधवकुमार नेपालसँग कुरा गर्दा अध्यक्ष केपी ओलीले आफूलाई पोलिटब्युरोमा तीन र स्थायी समितिमा एक बढी सदस्य राख्ने प्रस्ताव गर्नुभएको थियो । यही आधारमा दुई नेताबीच ओली निवास बालकोटमा सहमति पनि कायम भएको थियो । तर, त्यतिबेला स्थायी समितिको आकार २१ सदस्यीय बनाउने सहमति थियो । पछि उपाध्यक्ष वामदेव गौतमले आफ्ना तर्फबाट जुनसुकै हालतमा किरण गुरुङलाई सदस्य बनाउनुपर्ने अडान लिएपछि संख्या थपेर २३ बनाउने पनि सहमति भएको थियो । अहिले स्थायी समितिमा अध्यक्ष ओली पक्षर १२ र वरिष्ठ नेता नेपाल पक्षधर १० सदस्य छन् । दुई नेताबीच भएको सहमतिका आधारमा अब थपिने सदस्यको नाम नेपाल पक्षको हुनुपर्नेछ । अध्यक्ष ओली आफैंले गरेको सहमतिबाट पछि हट्ने पक्षमा पनि हुनुहुन्न । तर, त्यस एक जनामा कसलाई ल्याउनेबारे निष्कर्षमा पुग्न भने नेताहरूलाई निकै सकस परेको छ ।
स्रोतका अनुसार, नेपाल पक्षधर नेताहरूले स्थायी समिति गठन हुनुअघि नै एक जना परेमा सुरेन्द्र पाण्डे र दुई जना परेमा रघु पन्तको नाम टुंगो लगाइसकेका छन् । यही बीचमा व्यापारिक कामका सिलसिलामा बैंकक जानुअघि नै पूर्वअध्यक्ष झलनाथ खनालले अध्यक्ष ओलीलाई भेटेर आफ्ना तर्फबाट एकजना राख्नै पर्ने अडान लिँदै त्यसमा राजेन्द्रप्रसाद पाण्डेको नाम दिनुभएको थियो । ‘सुरेन्द्र पाण्डे मेरो होइन, माधव नेपालको हो । महाधिवेशनअघि देखि नै उनी मसँग छैनन्’ भन्दै खनालले जसरी पनि राजेन्द्रको नाम स्थायीमा राख्नुपर्ने अडान लिनुएको थियो । यता, राजेन्द्रले वरिष्ठ नेता नेपाललाई भेटेर ‘म तपाईंको टिमको उपाध्यक्ष उठेको मान्छे, मलाई जसरी पनि गर्नुपर्छ, वरिष्ठतामा पनि म अघि छु’ भनेपछि नेपाललाई पनि सकस नपर्ने भएन । सबैले अनुमान गरे अनुसार नै वरिष्ठ नेता नेपालले रोज्दा पन्तको नाम लिनु हुने नै भयो । तर, आफ्नै टिमबाट उपाध्यक्ष उठाइएको चार पटक सांसद जितेको र १७ वर्षदेखि केन्द्रीय कमिटीमा रहेको नेताले त्यसो भनेपछि नेपाल पनि चेपुवामा परेको बताइन्छ । पन्त ०५४ को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आउनुभएको हो भने पाण्डे पार्टी विभाजनपछि मनोनीत हुनुभएको हो । दुवै जना मन्त्री भइसकेका र आफ्नो कुरालाई प्रभावकारी रूपमा राख्न सक्ने नेताका रूपमा चिनिनुहुन्छ ।
तराईबाट सत्यनारायण मण्डल स्थायी समितिमा आए पनि उहााको नाम त्यति आमरुपमा चिनिएको छैन । मण्डल पुरानो र इमानदारका नेता भएकोमा मुख्य नेताहरूको दुई मत नभए पनि जे उद्देश्यका लागि स्थायी समितिमा ल्याइएको हो, त्यो पूर्ति हुने अपेक्षा भने उनीहरूले पनि राख्न सकेका छैनन् । यस्तो अवस्थामा थप एक सदस्यमा लालबाबु पण्डित लैजानुपर्ने प्रस्ताव पनि स्थायी समिति उठेको छ । अध्यक्ष ओलीले मन्त्री पनि, स्थायी समितिमा पनि नगरौं भनेर पन्छाए पनि वरिष्ठ नेता नेपालले भने पुरानो र छविका हिसाबले पण्डितलाई स्थायी समितिमा ल्याउँदा पार्टीलाई तराईमा फाइदा हुने तर्क पेस गर्नुभएको थियो ।
अध्यक्ष ओलीले पहिला स्थायी समितिमा रहेकामध्ये एक जना प्रदीप नेपाल मात्र छुटेको भन्दै उहाँलाई ल्याउन कुरा उठाउनुभएको थियो । तर, नेता नेपाल स्वयम्ले आफू स्वाभिमानका साथ बाँच्ने र कुनै हालतमा स्थायी समिति सदस्य नहुने घोषणा फेसबुकबाट गरेपछि त्यो अध्याय पनि सकिएको छ । प्रदीपलाई स्थायीमा ल्याउन विशेषगरी मुकुन्द न्यौपानेले जोड गरिरहनुभएको छ । ‘उहाँलाई हाम्रो टिमबाट उपाध्यक्ष लडायौं, हार्नुभयो । मन्त्री बन्ने रहर थियो । त्यो पनि भएन । सभासद् बनाउन अदालतले दिएन । यस्तो बेलामा स्थायीमा ल्याउनैपर्छ’ भन्दै न्यौपानेले अध्यक्ष ओलीलाई दबाब दिइरहनुभएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply