कांग्रेस नेताका नाममा मनपरी पैसा
काठमाडौं । ठाउँ पायो भने नेपाली कांग्रेसले कतिसम्म नग्नता प्रदर्शन गर्दो रहेछ भन्ने कुरा यो वर्ष शान्ति तथा पुनर्निर्माण मन्त्रालयले विनियोजन गरेको बजेट हेर्यो भने छर्लंग हुन्छ । सो मन्त्रालयअन्र्तगत विनियोजन गरिएको रकम कांग्रेस नेताका नाममा देशभर खोलिएका सबै विद्यालय तथा संघसंस्थालाई मनपरी बाँडिएको छ । नेताका नाममा कनिका छरेजस्तो पैसा छरेका कारण उपलब्धिपूर्ण कुनै काम नहुने प्रस्ट छ ।
कांग्रेसको भागमा परेको शान्ति मन्त्रालयको जिम्मेवारी अहिले कानुनमन्त्री नरहरि आचार्यले सम्हालेका छन् । बजेटमा पुष्पलालको नामसम्म लिन नचाहने कांग्रेसले आफ्नो मन्त्रालयअन्तर्गतका विकासका कार्यक्रममा नांगो ढंगले कांग्रेसी रबैया प्रस्तुत गरेका छन् । उक्त मन्त्रालयअन्तर्गतका शान्तिका लागि विकास कार्यक्रमअन्तर्गतको रकम कांग्रेसका बीपी कोइराला, सुवर्णशमशेर, गिरिजाप्रसाद कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, नोना कोइराला, महेन्द्रनारायण निधि, कृष्णप्रसाद भट्टराई, बलबहादुर राईलगायतका सबै कांग्रेस नेताका नामका कार्यक्रमलाई दिइएको छ । ती नेताहरूको नाममा मात्र १ करोड ८३ लाखभन्दा बढी रकम विनियोजन गरिएको छ ।
बीपीका नाममा ४८ कार्यक्रमलाई ८३ लाख
बीपीका नामका मात्र देशभर ४८ वटा कार्यक्रमलाई झन्डै ८३ लाख रकम दिइएको छ । जसमा बीपीका नामका १७ वटा स्मृति भवन र ७ वटा विद्यालय छन् भने अरू पार्क, खेल मैदान, प्रतिष्ठान आदि छन् । उनका नामका बीपी उपकार कोषको सरचना बुधबारे, झापालाई २ लाख ५८ हजार, बीपी प्रावि भवन निर्माण, मोरङलाई २ लाख १५ हजार, बीपी प्रावि भवन निर्माण, मोरङलाई २ लाख ५०, बीपी स्मृति भवन, सिजुवा–८, मोरङलाई १ लाख ७० हजार, बीपी कोइराला सामुदायिक भवन, टंकी सिनुवारी, मोरङलाई १ लाख, बीपी कोइराला सामुदायिक भवन, टंकी सिनुवारी–५लाई १ लाख, बीपी स्मृति भवन, दिक्तेल, खोटाङलाई २ लाख ६७ हजार, बीपी पुस्तकालय भवन निर्माण, चिउरीडाँडा, खोटाङलाई १ लाख १० हजार, बीपी कोइरालाको शालिक निर्माण, चिसापानी, खोटाङलाई १ लाख १० हजार, बीपी स्मारक ज्ञानकुञ्ज प्रावि भवन निर्माण, महोत्तरीलाई १ लाख १० हजार, बीपी स्मृति भवन निर्माण मलंगवा, सर्लाहीलाई १ लाख १० हजार, बीपी स्मृति प्रावि भवन निर्माण, मेलम्ची, सिन्धुपाल्चोकलाई १ लाख, बीपी स्मृति भवन, नुवाकोटलाई १ लाख ७० हजार, बीपी स्मृति प्रावि, विदुर, नुवाकोटलाई १ लाख रुपियाँ दिइएको छ ।
त्यस्तै, बीपी संग्रहालय, गोकर्णेश्वर, काठमाडौंलाई १ लाख ७० हजार, बीपी पार्क निर्माण, कदमाहचोक, सप्तरीलाई १ लाख, बीपी खेल मैदान निर्माण, काठमाडौंलाई २ लाख ५८ हजार, बीपी बाटिका ललितपुर, सानेपालाई ३ लाख १ हजार, बीपी अध्ययन केन्द्र सामुदायिक भवननिर्माण, बोडे, भक्तपुरलाई २ लाख १५ हजार, बीपी अध्ययन केन्द्र भवन निर्माण, अनन्तलिंगेश्वर नगरपालिका, भक्तपुरलाई १ लाख १० हजार, बीपीको शालिक पुनर्निर्माण, गौर, रौतहटलाई १ लाख १० हजार, बीपी प्रावि घरादी, नवलपरासीलाई २ लाख ३७ हजार, बीपी स्मृति सामुदायिक भवन, शिवमन्दिर, नवलपरासीलाई २ लाख १५ हजार, बीपी गणेशमान स्मृति भवन, करैया रुपन्देहीलाई २ लाख १५ हजार, बीपी स्मृति भवन, पुतली बजार स्याङ्जालाई २ लाख १५ हजार, बीपी स्मृति प्रतिष्ठान भवन, व्यास, तनहुँलाई २ लाख १५ हजार, बीपी विचार समाज भवन, घाँसीकुवा, तनहुँलाई २ लाख १५ हजार, बीपी स्मृति भवन निर्माण, पुर्कोट, तनहुँलाई २ लाख ५८ हजार, बीपी स्मृति भवन, व्यासनपालाई २ लाख ५८ हजार, बीपी स्मृति युवा भवन निर्माण, महादेवटार गोरखालाई २ लाख १५ हजार, बीपी स्मृति भवन, मनाङलाई १ लाख ७० हजार, बीपी स्मृति भवन, निर्माण मनाङलाई १ लाख १० हजार, बीपी स्मृति भवन, हल निर्माण, बेंशीसहर, लमजुङलाई १ लाख १० हजार, बीपी स्मृति पुस्तकालय, लामाचौर, कास्कीलाई २ लाख १५ हजार, बीपी बाटिका, लेखनाथ नपा, कास्कीलाई २ लाख १५ हजार, बीपी स्मृति भवन, लामाचौर, कास्कीलाई १ लाख १० हजार, बीपी चिन्तन प्रतिष्ठान भवन निर्माण, पर्वतलाई १ लाख, बीपी स्मृति भवन निर्माण, बेनी, म्याग्दीलाई ३ लाख ४४ हजार, बीपी स्मृति भवन निर्माण, हुम्लालाई १ लाख ७० हजार, बीपी पुस्तकालय भवन निर्माण, बीपी चिन्तन प्रतिष्ठान, रोल्पालाई १ लाख, बीपी प्रावि चामुण्डा, दैलेखलाई २ लाख १५ हजार, बीपी स्मृति भवन निर्माण, लम्की चुहा, कैलालीलाई २ लाख १५ हजार, बीपी स्मृति भवन निर्माण, धनगढी, कैलालीलाई १ लाख, बीपी स्मृति भवन निर्माण, भजनी, त्रिशक्ति नगरपालिका, कैलालीलाई १ लाख, बीपी स्मृति भवन निर्माण, मंगलसेन, अछामलाई २ लाख १५ हजार र विशेश्वरप्रसाद निमावि, बाजुरालाई २ लाख १५ हजार रकम दिइएको छ ।
सुवर्णका नाममा ५४ लाख ३६ हजार
कांग्रेसकै अर्का नेता सुवर्णशमशेरका नामका १३ कार्यक्रमलाई ५४ लाख ३६ हजार रुपियाँ दिइएको छ । सुवर्णशमशेर स्मृति भवन निर्माण, मझौलिया, सिरहालाई १ लाख, सुवर्णशमशेर स्मृति भवन निर्माण, मिथिलेश्वर, धनुषालाई २ लाख ६७ हजार, सुवर्णशमशेर अध्ययन प्रतिष्ठान, चुनिखेल, काठमाडौंलाई ८ लाख ५९ हजार दिइएको छ ।
सुवर्णशमशेर अध्ययन प्रतिष्ठान चुनिखेल, काठमाडौंलाई ४ लाख ३० हजार, सुवर्ण स्मृति पार्क, धापासी, काठमाडौंलाई २ लाख १५ हजार, सुवर्णशमशेर खेल मैदान, चुनखेल, काठमाडौंलाई ६ लाख ८० हजार, सुवर्ण स्मृति शान्ति पार्क धापासी, काठमाडौंलाई २ लाख २७ हजार, सुवर्णशमशेर पार्क निर्माण, मनहरा काठमाडौंलाई १ लाख १० हजार, सुवर्णशमशेर क्रिकेट रंगशाला, काठमाडौंलाई १७ लाख १७ हजार, सुवर्णशमशेर मुहान पोखरी पार्क निर्माण, नगरकोटलाई १ लाख, सुवर्णशमशेर गेट निर्माण, मठिया, रौतहटलाई १ लाख, सुवर्ण स्मृति सामुदायिक भवन, पिप्ले, चितवनलाई २ लाख १५ हजार, सुुवर्ण स्मृति शान्ति पार्क बेलटार, तनहुँलाई ३ लाख ११ हजार र सुवर्णशमशेर स्मृति भवन, कञ्चनपुरलाई २ लाख १५ हजार रकम दिइएको छ ।
गिरिजाका नाममा १२ लाख ४० हजार
कांग्रेसकै अर्का नेता गिरिजा प्रसाद कोइरालाका नामका ८ संघसंस्थालाई १२ लाख ४० हजार रकम शान्ति मन्त्रालयले छुट्याएको छ । जसमा, गिरिजाप्रसाद कोइराला स्मृति प्रतिष्ठान भवन निर्माण, दोखु ताप्लेजुङलाई १ लाख ९४ हजार, स्व गिरिजाप्रसाद कोइराला स्मृति भवन निर्माण, सुनसरीलाई १ लाख, गिरिजाप्रसाद कोइराला स्मृति सामुदायिक भवन, इटहरा–४ मोरङलाई १ लाख, गिरिजाप्रसाद कोइराला स्मृति प्रवेशद्वार निर्माण, दिक्तेल, खोटाङलाई १ लाख, जीपी कोइराला फाउन्डेसन भवन निर्माण, सिरहालाई २ लाख १५ हजार, जीपी स्मृति भवन निर्माण, पर्सालाई २ लाख १५ हजार, जीपी स्मृति भवन, सिमिकोट, हुम्लालाई २ लाख १५ हजार र गिरिजा स्मृति वृद्धाश्रम भवन निर्माण, रोल्पालाई १ लाख रुपियाँ छुट्याइएको छ ।
गणेशमानका नाममा १२ लाख
गणेशमान सिंहका नाममा शान्ति मन्त्रालयले १२ लाख भन्दा बढी रकम छुट्याएको छ । गणेशमान स्मृति भवन, म्यागलुङ, तेह्रथुमलाई १ लाख, गणेशमान–रामराजा स्मृति सभाकक्ष निर्माण, सप्तरीलाई २ लाख ६७ हजार, गणेशमान सिंह बह्ुमुखी क्याम्पस भवन निर्माण, काठमाडौंलाई १ लाख १० हजार, गणेशमान सिंह शान्ति प्रतिष्ठान, लामाटार, ललितपुरलाई २ लाख ६७ हजार, गणेशमान स्मृति सभाकक्ष निर्माण, व्यास नपा, तनहुँलाई २ लाख ५८ हजार, गणेशमान सिंह स्मृति पौवा, कास्कीलाई १ लाख, गणेशमान स्मृति भवन निर्माण, बाबियाचौर, सुर्खेतलाई १ लाख छुट्याइएको छ ।
निधि र नोनाका नाममा पनि
महेन्द्रनारायण निधिका नामका तीन संस्थालाई करिब ६ लाख रुपियाँ विनियोजन गरिएको छ । महेन्द्रनारायण निधि शान्ति बाटिका निर्माण, सखुवा, रौतहटलाई २ लाख ८४ हजार, महेन्द्रनारायण निधि स्मृति पार्क, धनुषालाई २ लाख १५ हजार र महेन्द्रनारायण निधि शान्ति बाटिका निर्माण, रौतहटलाई १ लाख दिइएको छ भने नोना कोइरालाका नामका मोरङमा स्थापित क्याम्पसलाई ४ लाख २० हजार र उनकै नामको विराटनगरको सामुदायिक भवनलाई १ लाख दिइएको छ ।
कृष्णप्रसादको उपेक्षा
यति गर्दा पनि कांग्रेसका संस्थापक कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको भने उपेक्षा गरिएको छ । भट्टराईको नाममा शेरबहादुर देउवाको गृह जिल्लामा रहेका संस्थाले मात्र रकम पाएका छन् । कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवन, डडेल्धुरालाई २ लाख ३७ र कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठान भवन निर्माण, अमरगढी, डडेल्धुरालाई १ लाख छुट्याइएको छ । त्यसबाहेक, कांग्रेस नेताका नाममा बलबहादुर राई स्मृति सामुदायिक भवन निर्माण, मोली, ओखलढुंगालाई १ लाख, मंगलादेवी भवन निर्माण, धापासी, काठमाडौंलाई २ लाख ६७ हजार तथा शैलजा आचार्य स्मृति भवन, काठमाडौंलाई २ लाख ६७ हजार र शैलेजा आचार्य स्मृति प्रतिष्ठान भवन निर्माण, काठमाडौंलाई न १ लाख १० हजार रकम शान्तिका लागि विकास कार्यक्रमअन्तर्गत छुट्याइएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply