कमलसँग कस्तो छ गोप्य मन्त्रणा ?

काठमाडौं । दिल्लीबाट फर्किएर अब नाकाबन्दी छिट्टै खुल्छ भन्दै परराष्ट्रमन्त्री कमल थापाले त्रिभुवन विमानस्थलमा हँसिलो मुहारमा प्रतिक्रिया दिएको एक महिना बित्दासमेत कुनै ठोस प्रगति भएन । त्यसबाट असन्तुष्ट भएका मन्त्री थापा आफ्ना पुराना च्यानल प्रयोग गर्दै फेरि धार्मिक यात्रा भन्दै भारत पुगेर आएपछि भने स्थिति केही सहज देखिएको छ ।
प्रकतिपयले मन्त्री थापाले भारत पुगेर सम्झौता गरेर आएको दाबी गरेका छन् भने कतिपयले अरू नै विषयमा थापाले वचन दिएको बताएका छन् । धानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजसमक्ष चारबुँदे ननपेपर पेस गरेको कुरा त सार्वजनिक नै भइसकेको छ । उक्त पत्रमा नयाँ कुरा केही नभएर प्रधानमन्त्री ओलीले बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा पेस गरेकै कुराहरूको अंग्रेजी अनुवाद रहेको थाहा भएको छ ।
तर, राप्रपा नेपालका अध्यक्ष थापासँग भारतीय पक्षले नयाँ कुरा गरेको र त्यसमा सहमति भएको उच्च स्रोतको भनाइ छ । उक्त स्रोतका अनुसार, कांग्रेसको महाधिवेशनसम्म सरकारमै रहने तर भारतीय पक्षले भनेको बेला प्रधानमन्त्री ओलीको साथ छोड्नुपर्ने सर्त भारतीय पक्षबाट आएको छ । स्रोतले भन्यो– ‘सायद त्यही कुरामा भारत आश्वस्त हुन चाहेको थियो । आफूले भनेको बेला सरकार ढलाउन र नयाँ सरकार बनाउन सकिन्छ कि सकिँदैन भन्ने दोधार थियो । थापाले त्यसमा वचन दिएका छन् ।’
प्रधानमन्त्री निर्वाचित हुँदा ओलीले ३ सय ३८ मत ल्याएका थिए । जबकि, राष्ट्रपति निर्वाचनमा आउँदासम्म सत्तारुढ गठबन्धनको उक्त मत घटेर ३ सय २७ मा सीमित भइसकेको छ । कमल थापासँग मात्रै २५ मत छ भने विजय गच्छदारका १३ मत पनि दक्षिणबाट हावा बगेकै दिशामा बगिहाल्छन् भन्नेमा शंका छैन् । अनि सरकारमा उपप्रधानमन्त्रीसमेत माग गरेर मन्त्रीसम्म बन्न नपाएको राप्रपाका ११ मत पनि एमालेलाई भन्दा कांग्रेसका लागि सहज छन् । स्रोतले भन्यो– ‘कांग्रेसमा विवाद हुने होइन र सुशील कोइरालाको साटो शेरबहादुर देउवा उम्मेदवार बन्ने हो भने एक सातामै नयाँ सरकार बन्ने मत तयार भइसकेको छ ।’ तर, प्रधानमन्त्रीमा उम्मेदवार बनेर लज्जास्पद पराजय भोगेका कोइरालाले कुनै हालतमा देउवालाई नमान्ने भएका कारण नयाँ सरकारका लागि कांग्रेसको महाधिवेशनसम्म कुर्ने सोच देखिएको छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply