न्यायाधीशको दौडमा प्रधानन्यायाधीशको ‘ब्रेक’
काठमाडौं । सर्वोच्च अदालतको रिक्त चार न्यायाधीश नियुक्तिमा ‘घले दौड’ चलिरहँदा प्रधानन्यायाधीश गोपाल पराजुलीको पछिल्लो अभिव्यक्तिले आकांक्षीहरूमा झट्का लागेको छ । प्रधानन्यायाधीश पराजुलीले रिक्त पदमा बाहिरिएकालाई नभएर उच्च अदालतमा काम गरिरहेका वरिष्ठ न्यायाधीशहरूमध्येबाटै नियुक्ति गर्ने अभिव्यक्ति दिएपछि दाबेदारहरूलाई झट्का लागेको हो । उनीहरूको आकांक्षा अब लगभग ‘ब्रेक’ लागेको अदालतहरूमा चर्चा चल्न थालेको छ ।
तत्कालीन प्रधानन्यायाधीश कल्याण श्रेष्ठले अवकाश लिएदेखि नै सर्वोच्चमा न्यायाधीश पद रिक्त हुन सुरु भए पनि बीचमा नियुक्ति नहुँदा पछिल्लो पटक चारजनाको पद रिक्त भएको थियो । डेढ वर्षको रिक्तताले निरन्तरता पाउँदै जाँदा गत तीन महिनाअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश लिइन् । त्यसपछि क्रमशः जगदीश शर्मा पौडेल र देवेन्द्र गोपाल श्रेष्ठले पनि अवकाश पाउँदा सर्वोच्चमा चार न्यायाधीश पद रिक्त हुन पुग्यो । पराजुली प्रधानन्यायाधीशमा नियुक्त हुनेबित्तिकै रिक्त न्यायाधीशमा आकांक्षीमध्ये कतिपयले विभिन्न ‘च्यानल’मार्फत लबिइङ थालेका थिए । तत्कालीन महान्यायाधिवक्ता हरिकृष्ण कार्की न्यायाधीश बनेको नजिरका आधारमा निवर्तमान महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले ‘सेटिङ’ मिलाउने प्रयास थालेका थिए । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आकांक्षा प्रकट गरिसकेको थिए । त्यस्तै, कांग्रेसको कोटामा प्रधानन्यायाधीश पराजुलीनिकट भएको दाबी गर्ने अधिवक्ताहरू यदुनाथ खनाल र गोपाल घिमिरेले पनि त्यसका लागि लबिइङ थाल्दै आएका थिए । तर उनीहरूको भने खासै योग्यता नपुगेको बताइन्छ । उता, एमालेनिकट परिचित पूर्वमहान्यायाधिवक्ता हरि फुयाँलले पनि आफू उपयुक्त दाबेदार पात्र भएको अधिवक्तासमेत रहेका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, पूर्वकानुनमन्त्री अग्नि खरेलसम्म कुरा पु¥याइसकेको चर्चा चल्दै आएको थियो । यद्यपि, एमालेनिकट भनेर चिनिए पनि संवैधानिक कानुनका ज्ञाता तथा व्यावसायिक रूपमा अब्बल मानिने वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीको नाम पनि न्यायाधीशका रूपमा न्यायिक क्षेत्रमा चर्चा चल्दै आएको थियो । सर्वोच्चभित्रै हालै गठन भएको संवैधानिक इजलासका लागि उपयुक्त विज्ञ पात्रका रूपमा ज्ञवालीको नाम खासखुस चर्चामा आए पनि उनले खासै चासको साथ लबिइङ भने नगरेको बताइन्छ । अहिलेसम्म संविधान र कानुनसँग सम्बन्धित २७ वटा पुस्तक लेखिसकेका ज्ञवालीका नौवटा पुस्तक नेपाल ल क्याम्पसमा अध्यापन हुने गर्छ भने तीनवटा पुस्तक ३१ मुलुकमा, फेडालिजम इन द वल्र्ड नामक पुस्तक १२ मुलुकमा पढाइ हुने भएकाले उनलाई पनि सम्भावित विज्ञ पात्रका रूपमा हेरिन्थ्यो ।
तर यी सबै पृष्ठभूमिबीच प्रधानन्यायाधीश पराजुलीले राजनीतिक हस्तक्षेपको दागबाट मुक्त हुन उच्च अदालतका न्यायाधीशमध्येबाट नियुक्ति गर्ने बताएका छन् । न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले नियुक्ति गर्ने व्यवस्था रहे पनि सर्वोच्चमा बाहिर या भित्रबाट कति प्रतिशत नियुक्त गर्ने संवैधानिक व्यवस्था छैन । संविधानमा योग्यता मात्र तोकिएको र प्रधानन्यायाधीशले भित्रबाटै नियुक्ति गर्ने चाहना व्यक्त गरिसकेकाले ‘घले दौड’मा लागेकाहरू भने निराश बनेको बताइन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply