विज्ञलाई पन्छाएर कार्यकर्तालाई भर्ती
काठमाडौं । सरकारबाट बहिर्गमन हुनै लागेका बेला नेपाली कांग्रेस नेतृत्व सरकारका मन्त्रीहरूले नियम, कानुन मिचेर जथाभावी रूपमा नियुक्ति गर्न थालेका छन् । मन्त्री छाड्ने दिन नजिकिँदै जाँदा आफ्ना कार्यकर्तालाई राजनीतिक नियुक्ति गरेर खुसी पार्ने कार्यमा शेरबहादुर देउवा नेतृत्व सरकारमा मन्त्रीहरूले अग्रसरता देखाएका छन् ।
सोही क्रममा भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितले सुकुम्बासी समस्या समाधान आयोगभन्दा पनि शक्तिशाली ठानिने व्यवस्थित बसोबास आयोगमा कांग्रेसका कार्यकर्ताहरूलाई भर्ती गरेका छन् । विज्ञहरूलाई राख्नुपर्ने सो आयोगमा कांग्रेसका ३२ जिल्लाका कार्यकर्ता अध्यक्षमा नियुक्त भएका छन् । नियुक्त भएकाहरू एक जना पनि विज्ञ नभएको बताइएको छ ।
भूमिसुधारमन्त्री अध्यक्ष रहने सो आयोगका जिल्ला समितिका अध्यक्षहरूले पर्याप्त सेवासुविधा पाउनेछन् । जिल्ला समितिका अध्यक्षहरूले राजपत्रांकित प्रथम श्रेणीसरह पारिश्रमिक उपलब्ध गराइने कुरा नियमावलीमै उल्लेख छ । त्यस्तै, आयोगको काममा खटिँदा जिल्ला समितिका अध्यक्षलाई विशिष्ट श्रेणीका पदाधिकारीसरह भ्रमण तथा दैनिक भत्तासमेत उपलब्ध हुने जनाइएको छ । सरकारले २०७३ सालमा सो आयोग गठन गर्दा ‘अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने र योजनाबद्ध तथा व्यवस्थित बस्ती विकास गर्ने राज्यको नीति एवं आर्थिक वर्ष २०७३÷७४ को बजेट वक्तव्यको बुँदा नं. १६१ अनुरूप मेचीदेखि महाकालीसम्मको सरकारी, सार्वजनिक र गुठी जग्गामा भएका अतिक्रमण रोक्न, अव्यवस्थित बसोबास र सुकुम्बासी समस्याको समाधानका लागि’ भनेर उल्लेख गरिएको थियो ।
अहिले सरकारले २९ जिल्लामा अध्यक्ष नियुक्त गरेको छ । नियुक्त भएका अध्यक्षहरूमा कञ्चनपुरमा पुष्कल चौधरी, कैलालीमा यज्ञराज उपाध्याय, डोटीमा कुमारसिंह टेलर, डडेलधुरामा शेरबहादुर भण्डारी, सुर्खेतमा रामबहादुर सिंह, बर्दियामा रामकुमार थापा, बाँकेमा फुलाराम थारू, दाङमा गंगाराम भट्टराई, कपिलवस्तुमा राजेश आचार्य, रूपन्देहीमा हरिबहादुर आचार्य, परासीमा अर्जुनकुमार पोखरेल, उदयपुरमा वीरेन्द्रकुमार बस्नेत, भोजपुरमा नगेन्द्रबहादुर थापा, सिन्धुलीमा बुद्धिबहादुर तामाङ, सर्लाहीमा कुवेर आचार्य, पर्सामा नवीनकुमार सिंह, चितवनमा जोखाप्रसाद चौधरी, रौतहटमा सुनीलकुमार यादव, सप्तरीमा छेदीलाल चौधरी, महोत्तरीमा नागेश्वर यादव, धनुषामा देवचन्द्र झा, सुनसरीमा सत्यनारायण चौधरी, काभ्रेपलाञ्चोकमा धनबहादुर लामा, तनहुँमा रामचन्द्र अधिकारी, कास्कीमा ऋषिराम काफ्ले, मकवानपुरमामा हरिकृष्ण मैनाली, बारामा यादवकृष्ण चौधरी, सिरहामा धनेश्वर यादव र सिन्धुपाल्चोकमा शम्भुबहादुर तिमल्सिना रहेका छन् ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply