हाइकमाण्ड बैठकमा बिहेको चर्चा
काठमाडौं । नारायणकाजी श्रेष्ठ नेकपाका प्रवक्ता । कोमल ओली नेकपाबाटै राष्ट्रिय सभाकी सांसद । एउटै पार्टीमा रहेका श्रेष्ठ र ओली दुवै अविवाहित । यी दुई अविवाहितको प्रसंगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको पछिल्लो बैठक कुनै पनि एजेन्डामा छलफलै नगरी अर्कोपटक बस्नेगरी स्थगित भएको थाहा भएको छ ।
गत ८ गते प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको केन्द्रीय सचिवालय ‘हाई कमान्ड’को बैठकमा प्रदेश कमिटीको पूर्णतापछि केन्द्रीय सदस्यहरूको कार्य विभाजनसम्बन्धी एजेन्डा छलफलका लागि राखिएको थियो । तर, त्यस एजेण्डामा छलफल प्रवेशै नगरी बैठकको ध्यान एकाएक एउटा फोटोतिर मोडियो ।
श्रेष्ठ र कोमल एउटै मञ्चमा सँगै रहेको एउटा पत्रिकामा प्रकाशित फोटो हेर्दै अध्यक्ष ओलीले ‘अविवाहित जोडीलाई कस्तो सुहाएको’ भन्दै ठट्टा गर्न सुरु गरेपछि बैठकको माहोला हाँसोठट्टातर्फ मोडियो । त्यसो त प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेलदेखि सबै नेताले त्यही फोटोको प्रसंगमा धेरै ठट्टा गर्न भ्याए । यतिसम्म कि अविवाहित ‘काजी’लाई साँच्चै कुमारचाहिँ हो कि होइन भन्नेदेखि कोमलसँगको चिनजानबारे समेत नेताहरूले जिज्ञासा राखे । ‘त्यही एउटा तस्बिरका कारणले बैठकको एजेन्डामा छलफल गर्ने स्थिति नै बनेन, चियाको चुस्कीसँगै रमाइलो ठट्टामै एक घण्टा कसरी बित्यो पत्तो पनि भएन,’ एक सचिवालय सदस्यले बुधबारसँग भने, ‘कार्यविभाजन पहिले कि पोलिटब्युरो पहिले गठन गर्ने मत बाझिने गरी सामान्य छलफल भएको थियो तर दुई अध्यक्षले पहिले कार्यविभाजनको गृहकार्य गरेपछि बैठक पुनः बस्ने गरी रमाइलो मुडमा अन्ततः बैठक टुंगियो ।’
९ गते गृहकार्य गरेर ११ गते बस्ने गरी बैठक टुंगिए पनि गृहकार्य नपुगेको भन्दै त्यस दिनको बैठक पनि सारिएको थियो । बैठक पुनः बस्ने भनिए पनि प्रस्तावित एक दर्जन एजेन्डामा भने सचिवालयमा गतिका साथ गम्भीर छलफल भएको छैन ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply