गृहमन्त्रीलाई कुखुराको खोर उपहार
काठमाडौं । मुलुकमा जात, वर्ण र धर्मका आधारमा भेदभाव गर्न नहुने कानुन बनेको र अझ कम्युनिस्टहरूले त यस्ता कुरा नमान्ने परिवेशमा पछिल्लो समय गृह मन्त्रालयअन्तर्गतका सरुवाबढुवाहरूमा भने गृहमन्त्री रामबहादुर थापाको जात र थर मिल्नेहरू हावी भएको देखिएको छ ।
जनजाति पृष्ठभूमिका मन्त्री थापाले पाएसम्म मगर र आफ्नो जात नभेटे जनजातिलाई क्षमताका आधारमा भन्दा पनि जातकै आधारमा मौका दिँदै आएपछि प्रहरीभित्र गुनासो बढेको छ । गृहसचिव प्रेम राईले मन्त्रीको सो अभियानमा पूर्वाग्रहवश साथ दिँदा तिनीहरूले नै बदनामी कमाएका छन् । त्यसको पछिल्लो दृष्टान्तका रूपमा उनीहरूको पावर लगाएर बौद्ध परिसरको डीएसपीका रूपमा कमान्ड सम्हान आएका श्याम राई रंगेहात घुससहित पक्राउ परेर हाल निलम्बनमा समेत परिसकेका छन् । त्यसको अर्को दृष्टान्तका रूपमा सशस्त्र प्रहरी बलअन्तर्गत यूएन पिस किपिङ तालिम केन्द्रको प्रमुखका रूपमा एसएसपी गणेश ठाडा मगर जानुले स्पष्ट हुन्छ । मगर योसमेत चौथोपटक ककनी बसिसकेका छन् । त्यसमध्ये दुईपटक भूमिकासहितको डीएसपी हुँदा बसे भने एकपटक एसएसपी भएर समादेशको हैसियतमा बस्न सफल भए । राशन खरिदलगायत अन्य हिसाबले यो केन्द्र सशस्त्र प्रहरीमा आकर्षक केन्द्र मानिन्छ । पहिले पनि प्रमुख भएर बसिसकेकाले रस बसेका हुँदा ठाडा मगर यसपटक पनि पुनः गृहमन्त्रीसँग जनजातिको साइनो लगाउँदै दोहो¥याएर सोही केन्द्रको प्रमुख हुन सफल भएका छन् । प्रायः एकपटक प्रमुख भएको मान्छेले दोहो¥याएर त्यही केन्द्रको प्रमुख भएको दुर्लभ उदाहरण उनको हकमा लागू भएको छ । मीठो शब्दमा बोल्ने ठाडा मगर कम्मल ओढेर घ्यू खाने प्रवृत्तिको मान्छे भएको उनलाई चिन्नेहरू बताउँछन् । उनको ओहोरदोहोर पछिल्लो समय मन्त्री क्वार्टर पुल्चोकस्थित गृहमन्त्री निवासमा बाक्लो हुन थालेको बताइएको छ । उनले कहिले ककनीको ट्राउट माछा त कहिले स्ट्रबेरी उपहार भन्दै पुल्चोक पठाउने गरेका छन् । अरू त ककनीस्थित तालिम केन्द्रमा रहेको कुखुराको खोरसमेत कुखुरा पाल्न भन्दै गृहमन्त्रीको क्वाटर पुल्चोक पठाइदिएपछि अन्य प्रहरीहरू भने अचम्ममा परेका छन् ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply