सञ्चारमन्त्रीको मोबाइल ‘वान वे’
काठमाडौं । सञ्चार मन्त्रीकै मोवाईल ‘वान वे’ भनेको सुन्दा अचम्म लाग्ला । तर भयो यस्तै । त्यो पनि नेपाल टेलिकमको वार्षिकोत्सवकै दिन । त्यसमाथि पनि टेलिकमकै प्रबन्धक निर्देशकलाई फोन गर्न लाग्दा ।
घटना हिजो मंगलबारको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ११ बजे टेलिकमको १५औं वार्षिकोत्सवका उद्घाटन गर्ने कार्यक्रम थियो । अलिक बिसन्चो भएपछि निवासमै आराम गरेका उनी हिँड्दा तोकिएको समयभन्दा केही ढिला भइसकेको थियो । कार्यक्रममा आउन केही समय ढिला हुने जानकारी गराउन उनले नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई फोन लगाउन खोजे तर मोबाइलमा पैसा सकिएर ‘वान वे’ भइसकेको रहेछ । हतार हतार गर्दै कार्यक्रमस्थल पुगेका मन्त्री बाँस्कोटाले केही समय ढिला भएको माफी माग्दै भने, ‘हिजो टेलिकमलाई काम नगरेर बिगार्नेे तपाईंहरू नै हो, अब यसलाई सपार्ने पनि तपाईंहरूले नै हो ।’ हिँड्ने बेलामा फोन गर्न लाग्दा पैसा सकिएको प्रसंग सुनाउँदै उनले भने, ‘मलाई एक रुपैयाँ भ्रष्टाचार गर्नु पनि छैन, यहाँ कसैले त्यस्तो गर्छ भने म छाड्दा पनि छाड्दिनँ ।’ आफूले टेलिकमबाट एक पैसा खानुनपरेको भन्दै उनले आफ्नो एक मात्र स्वार्थ टेलिकमलाई नम्बर १ सेवाप्रदाय संस्था बनाउने मात्र रहेको बताए ।
यसैबीच, टेलिकमले १५औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । जसअनुसार माघ २२ देखि फागुन २२ सम्म एनटी मोबाइल एप डाउनलोड र रजिस्ट्रेसनमा निःशुल्क १ सय एमबी डाटा उपलब्ध गराउने भएको छ । त्यस्तै, पोस्ट पेडका ग्राहकलाई ९ सयको रिचार्जको प्याकेजमा प्रतिमहिना ३.३ जीबी डाटा र ५ सयको रिचार्जमा फ्री रिसोर्स उपलब्ध गराउने घोषणा गरेको छ । त्यस्तै, माघ २३ देखि फागुन ८ सम्म रजिस्टर हुने नयाँ पोस्टपेड ग्राहकलाई तीन महिनासम्म प्रतिमहिना १ जीबी अलटाइम डाटा र १ सय मिनेटसम्म भ्वाइस बोनस दिने घोषणा गरेको छ ।
टुरिस्ट प्याकेजअन्तर्गत ५ सय रुपैयाँमा ५ जीबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाइस कल, ५० वटा एसएमएस र १ सयको अन्तर्राष्ट्रिय कलसमेत गर्न सकिने टेलिकमले जनाएको छ । त्यसैगरी १ हजारमा १० जीबी डाटा, नेपाल टेलिकमको नेटवर्कमा १ सय मिनेट भ्वाइस कल, १ सयवटा एसएमसए र २ सयको अन्तर्राष्ट्रिय कल गर्न सकिने व्यवस्था गरेको छ । माघ २२ देखि ९० दिनसम्म दैनिक, साप्ताहिक तथा मासिक चाइना कल प्याकेजमा ३५ रुपैयाँमा १० मिनेट, १ सय ५० रुपैयाँमा ४५ मिनेट र ५ सय रुपैयाँमा १ सय ६५ मिनेट भ्वाइस कल दिने टेलिकमले बताएको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply