अर्जुनको प्रभावमा यस्तो निर्णय ?
काठमाडौं । दुई आवासीय राजदूतको मर्यादा मन्त्री सो–सरहको बनाउने सरकारको निर्णय विवादमा परेको छ । नेपालका तर्फबाट अमेरिकाका लागि आवासीय राजदूत अर्जुनकुमार कार्की तथा भारतका लागि नियुक्त निलम्बर आचार्यलाई सरकारले मन्त्री सो सरहको मर्यादा दिने निर्णय गरेको थियो । तर, कुनै मापदण्ड र आधारबिना दुई मुलुकका राजदूतलाई मात्र त्यस्तो निर्णय गरिएपछि उक्त निर्णय विवादमा परेको हो ।
भारत र अमेरिकाका लागि नियुक्त राजदूतलाई त्यस्तो मर्यादाक्रममा राख्दा चीनका लागि नियुक्त राजदूतलाई किन गरिएन ? प्रश्न उठ्नु स्वभाविक पनि छ । आचार्य पूर्वमन्त्री, पूर्व सांसद मात्र होइन, ०४७ को संविधानको मस्यौदाकारसमेत भएकाले उनका लागि सो मर्यादा दिनु एक हिसाबले ठीकै मान्न सकिए पनि यसअघि कहीँ कतै राजनीतिक नियुक्ति नपाएका, राजकीय मामिलाको जिम्मेवारी नसम्हालेका, लामो समय आइएनजिओमा संलग्न भएर राजनीतिक पहुँचमा पुगेका कार्कीलाई त्यति ठूलो मर्यादा दिनुलाई कुटनीतिक वृत्तमा आश्चर्यका रुपमा लिइएको छ । अमेरिकी राजदूत कार्कीले दुई देशसँगको सम्बन्धमा खासै उल्लेखनीय काम गर्न सकेका छैनन् । आइएनजिओमा रहँदा अमेरिका र पश्चिमा राष्ट्रहरुलाई राष्ट्रहितबिरोधी सूचना दिने गरेको आरोप लाग्दै आएका उनै कार्कीलाई राजनीतिक रुपमा स्थापित गर्न खोजिएको अर्थका रुपमा टिप्पणी गर्न थालिएको छ ।
६ महिनाअघि प्रधानमन्त्री ओलीले अमेरिका भ्रमण गरेका थिए । त्यतिबेला दुई÷तीन दिनसम्म प्रधानमन्त्री ओलीको भ्रमण लम्ब्याएर खासै सम्बन्ध नभएको कोस्टारिका घुमाउने काम कार्कीकै तारतम्यमा भएको थियो । त्यतिबेलादेखि नै प्रधानमन्त्रीलाई प्रभावमा राख्न सफल कार्की थप महत्वपूर्ण सफलताको प्रतिक्षामा थिए । तर, जब आचार्यलाई सरकारले भारतका लागि राजदूत नियुक्त ग¥यो, त्यसपछि उनलाई मन्त्री सो सरहको मर्यादा दिनैपर्ने बाध्यतामा सरकार पुग्यो । ठीक यहीबेला कार्कीले प्रधानमन्त्री ओलीलाई प्रभावमा पारेर आफ्नो मर्यादा मन्त्री सरह बनाएको चर्चा चलेको छ । कुटनीतिक वृत्तमा यसको खासै अर्थ हुँदैन । किनभने एउटा मुलुकको राजदूतले गर्ने काममा सम्बन्धित मुलुकमा खासै अर्थ राख्दैन । नेपालमा आक्कलझुक्कल आउने क्रममा कुनै समारोहमा सहभागी हुँदा नाम अघि बोलाइनेबाहेक त्यसले खास अर्थ पनि राख्दैन । तर, कार्की भने अहिलेकै पोजिनसनलाई प्रयोग गरेर गृह जिल्ला संखुवासभामा राजनीति गर्ने दाऊमा रहेको बताइन्छ । आईएनजिओबाटै अकूत सम्पत्ति कमाइसकेका कार्कीले मन्त्री सो सरहको मर्यादा जिल्लामा पार्टीमा स्थापित हुनकै लागि प्रयोग गर्न सक्ने चर्चा चलेको छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply